२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

म्याग्दी - MGD

गाउँपालिकाको केन्द्र विवाद सहमतिमा टुङ्गो लगाइयो

२६ चैत्र २०७३, शनिबार ०६:०१

चैत २६, म्याग्दी । धौलागिरि गाउँपालिकाको केन्द्रका विषयमा उत्पन्न विवाद शुक्रबार तीनबँुदे सहमतिमा टुङ्गिएको छ । 

राजपत्रमा उल्लेख भएअनुसार तत्काललाई गाउँपालिकाको केन्द्र मुनाबाट सञ्चालन गर्ने र जनप्रतिनिधि निर्वाचित भएपछि सर्वपक्षीय भेला गरी समृद्ध धौलागिरिको खाका कोर्ने विषयमा छलफलसँगै सर्वसहमतिमा उपयुक्त ठाउँमा केन्द्र कायम गर्ने सहमति भएको छ । 

यसैगरी वडा कार्यालयसँग समन्वय गरी गाउँपालिकाले सबै वडामा घुम्ती सेवा दिने र निर्वाचन अधिकृतको कार्यालय मुनाबाहेकको ठाउँमा राख्न सम्भव भए नभएका विषयमा अध्ययन गर्न पहल गर्ने सहमति भएको छ । 

जिल्ला समन्वय समितिका पहलमा सांसदत्रय नवराज शर्मा, नरदेवी पुन र रेशमबहादुर बानियाँ, राजनीतिक दलका जिल्लास्तरीय, ताकम र मुनाका प्रतिनिधिको उपस्थितिमा दुई दिनसम्म भएको छलफलपछि सहमति कायम भएको हो । केन्द्रको विवाद समाधान भएपछि गाउँपालिका कार्यान्वयन र निर्वाचनको सहज वातावरण बनेको स्थानीय विकास अधिकारी प्रेमराज गिरीले बताउनुभयो । 

तत्काललाई अस्थायी केन्द्रबाटै गाउँपालिकाको कार्य सञ्चालन हुने र पछि अल्पमत, बहुमत नभनीकन सर्वसहमतिमा उपयुक्त ठाउँमा केन्द्र राख्ने गरी समझदारी बनेको स्थानीय विकास अधिकारी गिरीले जानकारी दिनुभयो । 

स्थानीय तह पुनःसंरचनाका लागि गठित तत्कालीन जिल्ला प्राविधिक सहयोग समितिले धौलागिरि गाउँपालिकाको केन्द्र ताकम÷मुना सिफारिस गरेको थियो । 

राज्य पुनःसंरचना आयोगको सिफारिसमा साबिक मुना गाविसको कार्यालयलाई गाउँपालिकाको अस्थायी केन्द्र कायम गरिएपछि ताकमका बासिन्दाले पूर्वाधारको उपलब्धता, भौगोलिक सुगमता, बस्ती विकासको सम्भावना, विपद्को जोखिम नभएको लगायत कारणले ताकममा केन्द्र बनाउनुपर्ने माग राख्दै आन्दोलन गरेका थिए । 

सहमतिपछि यही चैत २९ गते मुनामा औपचारिक कार्यक्रम गरेर गाउँपालिकाको केन्द्र उद्घाटन गर्ने तयारी भएको कार्यकारी अधिकृत कृष्णप्रसाद गौतमले बताउनुभयो । साबिकका गुर्जा, लुलाङ, मुदी, मुना, ताकम, मराङ र मल्कवाङ गाविस समावेश भएको धौलागिरि गाउँपालिकामा पर्यटन, कृषि, जलविद्युत्, पशुपालन र जडीबुटीमा प्रचुर सम्भावना छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य