राजेन्द्र ठगुन्ना/चैत २६, डडेल्धुरा । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै गन्यापधुरा गाउपालिका वडा नं. ३ का स्वतन्त्र युवाहरुको शनिबार भेला सम्पन्न भएको छ । Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

राजेन्द्र ठगुन्ना/चैत २६, डडेल्धुरा । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै गन्यापधुरा गाउपालिका वडा नं. ३ का स्वतन्त्र युवाहरुको शनिबार भेला सम्पन्न भएको छ ।

३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

युवाको पक्षमा काम गर्न सक्ने उमेदबारको पक्षमा लाग्न गन्यापधुराका युवाको आग्रह

२६ चैत्र २०७३, शनिबार १५:०१


राजेन्द्र ठगुन्ना/चैत २६, डडेल्धुरा । स्थानीय निर्वाचनलाई मध्यनजर गर्दै गन्यापधुरा गाउपालिका वडा नं. ३ का स्वतन्त्र युवाहरुको शनिबार भेला सम्पन्न भएको छ ।

स्वतन्त्र युवाहरुको भेलाले पार्टी भन्दा पनि युवाहरुको पक्षमा काम गर्न सक्ने र युवा रोजगारीको व्यवस्थापन गर्न सक्ने सक्षम उम्मेदवारलाई जिताउने करिव १ सय जना स्वतन्त्र युवाहरुले प्रतिवद्धता व्यक्त गरेका छन् ।

विगतका निर्वाचनहरुमा विभिन्न पार्टीका नेताहरुले युवाहरुलाई विभिन्न आश्वासन दिएर प्रयोग गरेको र निर्वाचित भए पश्चात युवाहरुको व्यवास्ता गरेको र यो निर्वाचनमा त्यसो हुन नदिनका लागी वडा नं. ३ का सम्पूर्ण स्वतन्त्र युवाहरुको भेलाको आयोजना गरिएको स्वतन्त्र युवा सुरेन्द्र देउवाले बताए ।

आफुलाई आवश्यक पर्दा युवाहरुको प्रयोग गर्ने तर अवसर आउदा आफ्ना नातेदारहरुलाई दिने केही पार्टीका नेताहरुको परिपाटी अन्त्य गरि युवाहरुको पक्षमा र सक्षम समाज निर्माण गर्न सक्ने उम्मेदवारलाई सहयोग गर्ने शेर विष्टले बताए ।

स्थानीयस्तरमै स्वरोजगारीका प्रचुर सम्भावना हुदा हुदै पनि राज्यको निति प्रभावकारी नहुदा लाखौ युवाहरु तेश्रो मुलुक गएर मजदुरी गर्न बाध्य रहेका युवा समाज सेवी गजेन्द्र शाहीले बताउनु भयो । 

उहाँले भन्नु भयो– राज्यदले प्रदेश नं. ७ मा रहेका पश्चिमसेती परियोजना र पञ्चेश्वर प्राधिकरणलाई मात्रै संचालनमा ल्याउने हो भने कुनै पनि युवा बेरोजगार बस्नु पर्ने थिएन तर राज्य संचालनमा पुगेका यस क्षेत्रका नेताहरुले चासो नदिदा यो समस्या उत्पन्न भएको हो । 

समाज विकासको मेरुदण्ड भनेको युवा शक्ति भएकाले युवाहरुले एकताबद्ध भएर लाग्नु पर्ने र स्थानीय निर्वाचनमा युवाको भावनालाई सम्मान गर्न सक्ने उम्मेदवारलाई विजयी गराउनकालागी समेत युवाहरुले लाग्नु पर्ने शाहीले बताउनुभयो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन नासाको पहिलो मेडिकल निकासीमा चार अन्तरिक्ष यात्री पृथ्वी फर्कँदै ठगी अभियोगमा पाँच जना पक्राउ राष्ट्रिय एकता कायम गर्नुपर्नेमा संयोजक दाहालको जोड ट्रक पल्टिँदा पाँचको मृत्यु,तीन जना घाइते सुनचाँदीको मूल्यमा सामान्य गिरावट कसैको शिर निहुरिन दिने छैन, कांग्रेसको शान राख्छुः नवनिर्वाचित सभापति थापा ‘सडकमा छाडिएको कुकुर अमेरिका पुग्यो’ बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ