प्रज्वल पाैडेल । चैत्र २६, रामेछाप | आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि रामेछापमा उम्मेदवार घाेषणा गर्ने क्रम सुरु भएको छ । जिल्लामा क्रियाशिल राजनीति"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रज्वल पाैडेल । चैत्र २६, रामेछाप | आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि रामेछापमा उम्मेदवार घाेषणा गर्ने क्रम सुरु भएको छ । जिल्लामा क्रियाशिल राजनीति"/>
२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

रामेछापमा एमालेबाट ५ जना र माअाेवादी केन्द्रबाट २ जनाकाे उम्मेदवार घाेषणा

२०७३, २६ चैत्र शनिबार १७:१०

प्रज्वल पाैडेल । चैत्र २६, रामेछाप | आगामी बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि रामेछापमा उम्मेदवार घाेषणा गर्ने क्रम सुरु भएको छ । जिल्लामा क्रियाशिल राजनीतिक दलले उम्मेद्वारी घोषणाको कामलाई तिव्रता दिएका छन्। 

नेकपा एमालेले मन्थली नगरपालिकाबाट वडा भेला सँगै सर्वसम्मत रूपमा वडाअध्यक्षकाे उम्मेदवारी घाेषणा गर्न थालेकाे छ । शनिबारसम्म एमालेले ५ वटा वडाका वडा अध्यक्षकाे उम्मेद्वार घाेषणा गरेकाे जनाएकाे छ । जिल्लाकाे अाँखामा परेकाे मन्थली नगपालिका वडा १,२ र ३ साथै २ गाउपालिकाकाे वडा अध्यक्ष समेत एमालेले घाेषणा गरिसकेकाे छ । युवा उम्मेदवारलाई प्राथमिकता दिदै वडा भेलाले एमालेकाे तर्फबाट मन्थली नगरपालीका वडा नं १ मा उज्वल सुवेदी, वडा नं २ मा सुरेन्द्र बहादुर कार्की र वडा नं ३ मा याम बहादुर थापालाई सर्वसम्मत उम्मेद्वार घोषणा गरेको एमाले रामेछाप प्रचारविभाग प्रमुख प्रकाशकुमार कार्कीले बताउनुभयाे ।

त्यसैगरी जिल्लाकाे उमाकुण्ड गाउँपालिकाको वडा नं ७ भुजीमा एमालेको तर्फबाट रुद्रकुमार नेवार र गोकुलगंगा गाउँपालिका वडा नं १ चुचुरेमा खगेन्द्रबहादुर खड्कालाई एमालेले उम्मेदवार बनाएको कार्कीले जानकारी दिनुभयाे ।



एमाले उम्मेदवारहरु |

मन्थली नपा वडा नं १ का ३२ बर्षिय युवा नेता सुवेदीविद्यार्थीकाल देखि नै राजनीतिमा सक्रिय रूपमा लागि परेका व्यक्ति हुन् । मन्थली क्याम्पसका स्ववियु सभापति, अनेरास्ववियु जिल्ला कमिटी सदस्य, कोषाध्यक्ष हुँदै अनेरास्ववियु केन्द्रिय सदस्यकाे जिम्मेवारी सम्हालेका सुवेदी हाल नेकपा एमाले रामेछाप जिल्ला सल्लाहकार सदस्य समेत रहेका छन् । जिल्लाकाे मुटुमा रहेकाे वडालाई अाफूले नमुना वडा बनाउने उनले उद्घाेेष गरेका छन् । वडा तथा जिल्लाबासीकाे हितमा सुरूवात देखिनै काम गर्दै अाएकाले अाफ्नाे विजयी सुनिश्चित रहेकाे बताउदै सुवेदीले पार्टीले युवा पुस्तालाइ दिएकाे जिम्मेवारी सफलतापुर्वक पूरा गर्ने दावी गरेका छन् ।

यस्तै  विभिन्न सामाजिक काममा क्रियाशिल वडा नं २ का सुरेन्द्र बहादुर कार्कीले पुराना पुस्तालाई समेत खुसि पारेर सर्वसम्मत वडा अध्यक्षको टिकट प्राप्त गरेका हुन । आगामी निर्वाचनमा युवा पुस्ताले जिम्मेवारी सम्हाल्ने चर्चा चलिरहँदा २७ बर्षिय कार्की वडा अध्यक्षको उम्मेद्वारमा निर्विरोध चयन भएपछि यसलाई युवाहरुले अबसर र चुनौति दुवैका रुपमा लिएका छन । पूर्व वडा कमिटी संयोजक समेत रहेका कार्कीले बिकास निर्माण, सडक, शिक्षा, स्वास्थ्य, लगायतका मुलभूत बिषय सहितको घोषणापत्र तयार गर्ने र कार्यान्वयन गरेरै छाड्ने प्रतिवद्धता जनाउँदै आफ्नो जित सुनिश्चत भएको दावी पनि गरेका छन । नेपाल कर्मश क्याम्पसबाट स्नातक तह उत्तिर्ण गरेका उनले युवा संघबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन ।

तश्विरमा: माओवादी उम्मेदवारहरु |

यता वडा नं ३ का विगत देखि नै पार्टी राजनीतिमा सक्रिय थापाले गाउँको बिकास निर्माणमा आफूले उल्लेख्य योगदान गरेको भन्दै आफू बिजयी हुने दावी गरेका छन । ४९ बर्षिय थापाले २०६१ साल देखि १३ बर्ष साविकको कठजोर गाउँ कमिटी अध्यक्ष समेत सम्हालिसक्नु भएको छ । २०३७ सालबाट बिद्यार्थी राजनीतिबाट एमालेमा होमिएका थापा पार्टी सदस्यता लिएको ३७ बर्ष पुगिसक्दा पनि हालसम्म उत्तिकै सक्रिय रहेका छन । 

यसअघि नै नेकपा माओवादी केन्द्रले सर्वसम्मत रूपमा मन्थली नगरपालीका वडा नं १ मा नारायणदास श्रेष्ठलाई वडा अध्यक्ष र गोकुलगङ्गा गाउँपालीकाको प्रमुखमा प्रेम कार्की सेवकलाई उम्मेद्वार घोषणा गरेकाे छ ।जिल्लामा उम्मेदवार घाेषणा गर्ने नेकपा माअाेवादी केन्द्र पहिलाे, नेकपा एमाले दाेस्राे दल बनेकाे छ । एमाले,माअाेवादी केन्द्रले उम्मेदवार घाेषणा गरेपनि जिल्लामा नेपाली काङ्ग्रेसले भने हालसम्म कुनै पनि उम्मेद्वारको घाेषणा गरेकाे छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार