२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट बेलकोट गढि नगरपालिकामा बद्री मुढभरी मेयर पदको मैदानमा

२०७३, २७ चैत्र आईतवार ०९:५१

चैत २७, नुवाकोट | स्थानीय निकाय निर्वाचनको मिति साँघुरिँदै गर्दा यसको व्यापकता भने फराकिलो हुँदै छ । स्थानीय निकायमा युवाहरुको भूमिकालाई लिएर बहस तथा दावेदारी शुरु भएको छ । फलानो गाविसको अध्यक्ष वा यतिवर्ष पार्टीमा काम गरेर बुढ्यौली लागेकोले स्थानीय निकाय प्रमुखको दावी गर्नेहरु सङै नयाँ जोश जाँगरहरुले युवाहरु को माहोल देखीन थालेको छ ।

यस्तै नुवाकोटको बेलकोटगढी नगरपालिका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा नेविसंघका पुर्ब केन्द्रीय सदस्य बद्री मुढभरीले विकास, विचार र युवाको अवधारणसहित स्थानीय निकाय निर्वाचनमा आफूलाई मेयर पदका लागि दावी प्रस्तुत गरेका छन् । उमेरले ३० को हाराहारीमा रहेका मुढभरी कुमरीका निवासी हुन् । बिद्यार्थी राजनीतिमा लामो समय काम गरेका उनी २०६२ सालको ग्रामीण आदर्श  क्याम्पस नेपालटारको स्ववियु सभापतिमा निर्वाचीत भएका थिए । उनीसँग नेपाल विद्यार्थी संघको केन्द्रीय समीतीमा रहेर  काम गरेको लामो अनुभव समेत रहेको छ । यससँगै शिक्षा शांस्त्र संकाय ब्यबस्थापनमा स्नातकोत्तर गरेका उनी ०५७ सालको स्ववियु निर्वाचनमा राजधानीको मनोहर क्याम्पसको सचीवको उम्मेदवार बनेका उनि २०५३ सालदेखिनै बिद्ध्यार्थी राजनीतिमा संलग्न छन् । मुढभरी अन्य प्रतिस्पर्धामा रहेका उम्मेदवार भन्दा  गतिशील इमान्दार र बौद्धिक  नेताको रुपमा पर्दछन् ।

माथिको तश्विरमा बद्री मुढभरी (दायाँतर्फ)

विकासे गतिबिधिमात्र हैन सामाज सेवा क्षेत्रको सक्रियतामा बद्री प्रभावशाली मानिन्छन् । स्थानीय विभिन्न सामाजिक संस्थामा कृयाशिल भएर काम गरेको अनुभव छ उनीसँग ।

पढे लेखेका र विकासको योजना बनाउन सक्ने युवालाई मेयर टिकट दिनु पर्ने धारणा राख्ने मुढभरीले मेयरको दावी गरेसँगै बेलकोटगढीमा मेयर दावी गर्नेहरुको संख्यामात्र बढेको छैन उम्मेदवार चयनमा दवाव पनि बढेको छ । मुढभरीको मेयर दावीसँगै पढेलेखेका तथा विकासे गतिबिधिमा सक्रियलाई मेयरको टिकट दिनुपर्ने दवाब नेपाली काग्रेसको क्षेत्र तथा जिल्लामा पनि बढेको छ । 

बेलकोट गढी नगरपालिका मा  नेपाली कागेस को जीतका लागि बद्री मुढभरी सबैभन्दा महत्वपूर्ण पात्र हुन् भनेर चारैतिर चर्चा चलिरहेको बेला बद्री को उम्मेदवारी ले अन्य दल लाई पनि उनलाइ टक्कर दीन सक्ने  मेयर उम्मेदवार चुन्नु फलामे च्यूरा चपाए सरह बन्न पुगेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार