२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा केन्द्र विवादले स्थानीय तहको कार्यालय सञ्चालनमा आएन

२०७३, २८ चैत्र सोमबार ०७:४५

चैत २८, नुवाकोट । फागुन २७ गते राजपत्रमा सूचना जारी गर्दै स्थानीय निकाय भङ्ग भएको एक महिना पूरा भए पनि नुवाकोटको बेलकोटगढी नगरपालिकाको कार्यालय अझै सञ्चालनमा आएको छैन । 

कार्यालय शुभारम्भ नहुँदा सर्वसाधारणले राज्यले प्रवाह गर्ने सेवा पाउनबाट वञ्चित भएका छन् । स्थानीय निकाय भङ्ग भएसँगै विभिन्न ६ गाविस मिलेर निर्माण भएको बेलकोटगढी नगरपालिकाले प्रवाह गर्ने सेवा एक महिना हुँदा पनि सुरु नहुँदा नागरिक यसअघिको जस्तै राज्यले प्रवाह गर्ने सेवा लिन सदरमुकाम विदुर धाउन बाध्य छन् । 

सरकारले नगरपालिकाको कार्यकारी अधिकृत चयन गरेको हरिप्रसाद चापागाईं जिल्लामा ढिला गरी आएको र तोकिएको केन्द्रमा भौतिक पूर्वाधार पर्याप्त नभएको भन्दै जान अस्वीकार गर्दा बेलकोटगढी नगरपालिकाका नागरिक सदरमुकाम विदुरमा रहेको साबिकको गाविस तथा अहिले रुपान्तरण भएको वडा कार्यालयमा धाउन बाध्य भएका छन् । नगरपालिकाको कार्यालय सञ्चालन नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि प्रभावकारी नभएको दुई पिपलका रामप्रसाद नेपालले बताउनुभयो । 

“वडा कार्यालय अधिकांश समय बन्द हुने र फोनमार्फत जानकारी लिँदा पनि नयाँ कार्यालय सञ्चालन नहुँदा काम प्रभावित भएको जवाफ आउँछ”, नेपालले भन्नुभयो, “स्थानीय तह स्थापना भएको एक महिना हँुदासमेत सर्वसाधारण यसअघिको जस्तै सदरमुकाम नै धाउनुपर्ने झन्झटिलो बाध्यतामा छन् ।” 

जिल्लाको अन्य स्थानको कार्यालय स्थापना भइसकेको लामो समय भइसक्दा बेलकोटगढी नगरपालिकाको कार्यालय सुरु गर्न केन्द्र कहाँ राख्ने भन्ने विवादले समस्या भएको जिल्ला समन्वय समिति नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताउनुभयो । “कार्यालय सञ्चालनका लागि सरोकारवालासँग छलफल भइरहेको छ”, स्थानीय विकास अधिकारी पण्डितले भन्नुभयो, “जनतालाई सेवा सहज बनाउन सम्पर्क कार्यालय मात्र भनेपनि सुरु गर्न लागिरहेका छाँै ।” 

कार्यालय सञ्चालनका लागि केन्द्र तोकिएको स्थान बाघाखोरमा ३२ कोठे सामुदायिक आवास भवन भए पनि विद्युत्, सञ्चार, बजारीकरण, व्यवस्थित सडक नभएको भन्दै कार्यकारी अधिकृत जान अस्वीकार गर्दै आएका छन् । 

विकासको पर्याप्त सम्भावना रहेको कुमारी, दुईपिपल, रातमाटे, जिलिङ, बेलकोट र मदानपुरको वडा नम्बर ७ र ८ बाहेकको बाँकी भूभाग मिलाएर बेलकोटगढी नगरपालिकाका र त्यसको केन्द्र जिलिङको बाघाखोर कायम गरी बेलकोटगढी नगरपालिकाको स्थापना गरिएको छ ।

नुवाकोटमाा १२ वटा स्थानीय तह रहेकामा ११ वटा सुरु भइसकेको छ । सञ्चालनमा भएका मध्ये पाँचवटा कार्यालयले मात्र सेवा सञ्चालनलाई तिरन्तरता दिइरहेका छन् भने बाँकी कार्यालय बोर्डमा मात्र सीमित छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार