४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोटमा केन्द्र विवादले स्थानीय तहको कार्यालय सञ्चालनमा आएन

२८ चैत्र २०७३, सोमबार ०७:४५

चैत २८, नुवाकोट । फागुन २७ गते राजपत्रमा सूचना जारी गर्दै स्थानीय निकाय भङ्ग भएको एक महिना पूरा भए पनि नुवाकोटको बेलकोटगढी नगरपालिकाको कार्यालय अझै सञ्चालनमा आएको छैन । 

कार्यालय शुभारम्भ नहुँदा सर्वसाधारणले राज्यले प्रवाह गर्ने सेवा पाउनबाट वञ्चित भएका छन् । स्थानीय निकाय भङ्ग भएसँगै विभिन्न ६ गाविस मिलेर निर्माण भएको बेलकोटगढी नगरपालिकाले प्रवाह गर्ने सेवा एक महिना हुँदा पनि सुरु नहुँदा नागरिक यसअघिको जस्तै राज्यले प्रवाह गर्ने सेवा लिन सदरमुकाम विदुर धाउन बाध्य छन् । 

सरकारले नगरपालिकाको कार्यकारी अधिकृत चयन गरेको हरिप्रसाद चापागाईं जिल्लामा ढिला गरी आएको र तोकिएको केन्द्रमा भौतिक पूर्वाधार पर्याप्त नभएको भन्दै जान अस्वीकार गर्दा बेलकोटगढी नगरपालिकाका नागरिक सदरमुकाम विदुरमा रहेको साबिकको गाविस तथा अहिले रुपान्तरण भएको वडा कार्यालयमा धाउन बाध्य भएका छन् । नगरपालिकाको कार्यालय सञ्चालन नहुँदा वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि प्रभावकारी नभएको दुई पिपलका रामप्रसाद नेपालले बताउनुभयो । 

“वडा कार्यालय अधिकांश समय बन्द हुने र फोनमार्फत जानकारी लिँदा पनि नयाँ कार्यालय सञ्चालन नहुँदा काम प्रभावित भएको जवाफ आउँछ”, नेपालले भन्नुभयो, “स्थानीय तह स्थापना भएको एक महिना हँुदासमेत सर्वसाधारण यसअघिको जस्तै सदरमुकाम नै धाउनुपर्ने झन्झटिलो बाध्यतामा छन् ।” 

जिल्लाको अन्य स्थानको कार्यालय स्थापना भइसकेको लामो समय भइसक्दा बेलकोटगढी नगरपालिकाको कार्यालय सुरु गर्न केन्द्र कहाँ राख्ने भन्ने विवादले समस्या भएको जिल्ला समन्वय समिति नुवाकोटका स्थानीय विकास अधिकारी केशरबहादुर पण्डितले बताउनुभयो । “कार्यालय सञ्चालनका लागि सरोकारवालासँग छलफल भइरहेको छ”, स्थानीय विकास अधिकारी पण्डितले भन्नुभयो, “जनतालाई सेवा सहज बनाउन सम्पर्क कार्यालय मात्र भनेपनि सुरु गर्न लागिरहेका छाँै ।” 

कार्यालय सञ्चालनका लागि केन्द्र तोकिएको स्थान बाघाखोरमा ३२ कोठे सामुदायिक आवास भवन भए पनि विद्युत्, सञ्चार, बजारीकरण, व्यवस्थित सडक नभएको भन्दै कार्यकारी अधिकृत जान अस्वीकार गर्दै आएका छन् । 

विकासको पर्याप्त सम्भावना रहेको कुमारी, दुईपिपल, रातमाटे, जिलिङ, बेलकोट र मदानपुरको वडा नम्बर ७ र ८ बाहेकको बाँकी भूभाग मिलाएर बेलकोटगढी नगरपालिकाका र त्यसको केन्द्र जिलिङको बाघाखोर कायम गरी बेलकोटगढी नगरपालिकाको स्थापना गरिएको छ ।

नुवाकोटमाा १२ वटा स्थानीय तह रहेकामा ११ वटा सुरु भइसकेको छ । सञ्चालनमा भएका मध्ये पाँचवटा कार्यालयले मात्र सेवा सञ्चालनलाई तिरन्तरता दिइरहेका छन् भने बाँकी कार्यालय बोर्डमा मात्र सीमित छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ