ललित बोहरा | चैत २९, डडेल्धुरा | स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सात ओटा स्थानीय तह भएको डडेल्धुरा जिल्लामा राजनितिक दलहरूलाई उम्मेदवार छान्न सकस भइरहेको छ ।
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... ललित बोहरा | चैत २९, डडेल्धुरा | स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सात ओटा स्थानीय तह भएको डडेल्धुरा जिल्लामा राजनितिक दलहरूलाई उम्मेदवार छान्न सकस भइरहेको छ ।
२०८२, १ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डडेलधुरा - DDL

डडेल्धुराका ७ स्थानिय तहको प्रमुख पदका लागी को-को छन् चर्चामा ? (नामावाली सहित)

२०७३, २९ चैत्र मंगलवार ०७:११

ललित बोहरा | चैत २९, डडेल्धुरा | स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा सात ओटा स्थानीय तह भएको डडेल्धुरा जिल्लामा राजनितिक दलहरूलाई उम्मेदवार छान्न सकस भइरहेको छ ।

डडेल्धुराका ठूला तीन राजनीतिक दललाई नगरपालिका तथा गाउँपालिका प्रमुख तथा उपप्रमुखमा उम्मेदवार चयन गर्न निकै सकस भएको हो । झण्डै दुई दशक सम्म स्थानीय तहमा निर्वाचन नभएपछि आकांक्षीको संख्या बढी रहेकाले ठूला दलहरुलाई उम्मेदवार घोषणा गर्न सकस भइरहेको हो ।

जिल्लामा सक्रिय राजनीतिक दलमध्ये नेपाली काङ्ग्रेस, नेकपा एमाले र माओवादी केन्द्रका जिल्लाका नेताहरु नगरपालिकाका तथा गाँउपालिका प्रमुख पदका लागि आकांक्षी देखिएपछि उम्मेदवार छनोट गर्न दलहरूलाई निकै कठिन हुँदै गएको छ ।

एमालेबाट नगर अध्यक्ष विपिन ओझा र पूर्व जिल्ला कमिटी सचिव यज्ञराज अवस्थी अमरगढी नगरपालिकाको मेयरका लागि उम्मेदवार बन्ने तयारीमा जुटेका छन् । भने काङ्ग्रेसबाट पूर्व मेयर मोहनराज पाठक, महाधिवेशन प्रतिनिधि हरिप्रसाद भट्ट, तारख बुढाऐर र डिल्लीराज जोशी मेयरको दावी गरिरहेका छन् । यसैगरि कांग्रेस बाट उपमेयरका लागि पद्मा गुरुङ, बसन्ती भण्डारी र नारु देवी ओझा उम्मेदवार बन्ने कोसिसमा छन् । त्यस्तै, माओवादी केन्द्रबाट नगर ईन्चार्ज करुणकर ओझा र नगर संयोजक यज्ञराज जोशी मेयरका उम्मेदवार बन्ने तयारीमा छन् ।

उता जिल्लाको ठूलो भूगोल तथा जिल्लाको सवैभन्दा ठूलो नगरपालिकामा काङ्ग्रेसका बाट  वर्तमान नगर सभापति तारीसिंह बोहरा र नेपाली कांग्रेस पूर्व जिल्ला उपभापति कैलाश कुमार पाण्डेय र धर्मानन्द धट्टको चर्चा रहेको छ ।

एमालेबाट एमाले नगर अध्यक्ष बहादुर सिंह महता, जिल्ला कमिटी सदस्य हरिप्रसाद भट्ट, पुर्व अञ्चल कमिटी सदस्य चक्र प्रसाद स्नेही र पत्रकार महासंघ डडेल्धुराका पूर्व अध्यक्ष तथा एमाले डडेल्धुरा प्रचार विभाग प्रमुख केशब बोहरा लगायतको चर्चा छ ।

माओवादी केन्द्रबाट नगर अध्यक्ष शेरसिंह माल संभावित मेयरको उमेदवारका रुपमा रहेका छन् भने लालबहादुर धामीको समेत चर्चा रहेको छ ।

यसैगरि आलिताल गाउँपालिकामा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य जगत् पार्की एमाले बाट तुलाराम बोहराको चर्चा छ भने एमालेकै मिन बहादुर बोगटी समेत तयारीमा जुटेका छन् ।

कांग्रेस बाट पूर्व शिक्षक धन बहादुर देउवा, चन्द्रदेव बोहरा र बल बहादुर गुरुङ्गको चर्चा रहेको छ ।

यसैगरि गन्यापधुरा गाउँपालिकामा माओवादी केन्द्रबाट चेतराज भट्ट(हिमाल) र  गणेश सार्की चर्चामा रहेका छन् ।

एमालेबाट विरेन्द्र मल्ल, नरबहादुर बिष्ट र गजेन्द्र शाहीको चर्चा छ भने काङ्ग्रेसबाट नवलसिंह मल्ल, शेरबहादुर भण्डारी, सुरेन्द्र माली, रोहित देउवा र इन्द्र कार्कीको समेत टीकट पाउँने चर्चा छ ।

यस्तै नवदुर्गा गाउँपालिकामा काङ्ग्रेसबाट धेरैको दाबी भएको छ । कांगे्रस वर्तमान जिल्ला उपसभापति करुणकर भट्ट, वर्तमान सचिव लक्ष्मी अवस्थी, युवा नेता तथा तरुणदल जिल्ला सभापति शेरबहादुर साउद, तरुणदल जिल्ला उपसभापति तथा पार्टी जिल्ला सदस्य गोकुल शाही, धनबहादुर साउद, हर्कबहादु बिष्ट र र निर्मला बोगटीको चर्चा छ ।

त्यस्तै, एमालेबाट टेकबहादु शाही, कविन्द्र बिष्ट, राजबहादुर साउदको पनि चर्चा छ । माओवादी केन्द्रबाट लक्ष्मी धिक्त र भक्त कठायतको चर्चा छ ।

यस्तै अजयमेरु गाउँपालिकामा काङ्ग्रेसबाट कांगे्रस लोकराज भट्ट, कमला विष्ट, अर्जुन मल्ल, कमलसिंह भाट, तारक खड्का र किश्वोर बिष्ट चर्चामा छन् । त्यस्तै, एमालेबाट वर्तमान सचिव धनबहादुर साउँद र पदम पालको चर्चा छ । माओवादी केन्द्रबाट उमेशप्रसाद भट्ट (विकास) र नवराज भाट शिरिशको चर्चा छ ।

त्यस्तै भागेश्वर गाउँपालिकामा काङ्ग्रेसबाट पूर्व कोषाध्यक्ष गुणाकर चटौत र पूर्व महाधिवेशन प्रधिनिधि हेमराज चटौत र नरबहादुर ठकुराठीको चर्चा छ । त्यस्तै, एमाले बाट पे्रम साउँद, दिपक महता र विष्णु ठकुराठीका चर्चा रहेको छ ।

माओवादी केन्द्रबाट पूर्व संसद नन्दसिंह सार्की, विद्यार्थी नेता ओमप्रकास साउँद र चन्द्रसिंह ठकुराठीको चर्चा छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार