माधव बेल्वासे | चैत ३०, (चन्द्रौटा) कपिलवस्तु | नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्रि कृष्ण वहादुर महराले नेकपा एमाले यसपटकको स्थानिय तहको चुनावमा हार्ने वताएका छन । न"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माधव बेल्वासे | चैत ३०, (चन्द्रौटा) कपिलवस्तु | नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्रि कृष्ण वहादुर महराले नेकपा एमाले यसपटकको स्थानिय तहको चुनावमा हार्ने वताएका छन । न"/>
२५ मंसिर २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

‘यसपटक एमाले हार्छ’: अर्थमन्त्रि महरा

३० चैत्र २०७३, बुधबार १६:३३

माधव बेल्वासे | चैत ३०, (चन्द्रौटा) कपिलवस्तु | नेपाल सरकारका उपप्रधान तथा अर्थमन्त्रि कृष्ण वहादुर महराले नेकपा एमाले यसपटकको स्थानिय तहको चुनावमा हार्ने वताएका छन । नेकपा एमाले लगाएतका पार्टिहरुको भोट माग्ने कुनै एजेण्डा नै नरहेकोले चुनावमा जनताले भोट नदिने वताए ।अहिले माओवादि केन्द्रको एजेण्डा मा अन्य पार्टिहरुले  भोट मागिरहेकोले अव जनताले ति पार्टिहरुलाई विश्वास नगर्ने मा मन्त्रि महतले जोड दिए । कपिलवस्तुको चन्द्रौटामा शिवराज नगरपालिकाको पार्टि कार्यलय उद्दघाटन गर्दै महतले यस्तो वताएका हुन ।

माओवादि केन्द्रका प्रभावसालि नेता समेत रहेका मन्त्रि महतले वैसाख ३१ गते स्थानिय तहको निर्वाचन हुनेमा कुनै संका नर्गन समेत अपिल गरेका छन । माओवादि केन्द्रका एजेण्डलाई जनताले विश्वास गरेकोले चुनावमा पनि माओवादि केन्द्रलाई जिताउने पक्षमा जनता रहेको दावि गरे । अन्य पार्टिहरु पैसा लगेर जनता माझ गई रहेको तर माओवादि ले जनताको काम गरिरहेको वताए ।नेपालको तेस्रो पार्टि रहेको माओवादिले अहिले देशको नेतृत्व गरिरहेकोले पार्टि कमजोर नरहेको वताए । 

नेता महतले  स्थानिय निकायको चुनावमा सक्षम र योग्य व्याक्तिलाई पार्टिले उठाउने र त्यसमा आपसमा विवाद नर्गन समेत कार्यकता निर्देशन दिए ।कार्यक्रमकै अवशरमा अहमद हुसेन,सकिल अहमदको नेतृत्वमा नेकपा एमाले लगाएतका पार्टि परित्याग गरि माओवादि केन्द्रमा प्रवेश गरेका छन ।

वार्षिक उत्सव सम्पन्न

त्यस्तै मन्त्रि महतले प्रदेश न ५ को नमुना विद्यालय समेत रहेको नेपाल आर्दश माविको ४२ वार्षिक उत्सवलाई सम्वोधन गर्दै शिक्षालाई सरकारले मुख्य रुपमा हेरिरहेको वताए । विद्याललाई आवश्यक पर्ने ई लाइवेरि र भवन निमार्ण मा आफुले सहयोग गर्ने आश्वासन दिए ।सरकारले अव नया वजेट ल्याउने तयारिमा रहेकोले त्यस वजेट मार्फत शिक्षालाई प्राथमिकता साथ राख्ने प्रतिवद्धता समेत जनाए ।कार्यक्रम मा वोल्दै कपिलवस्तु जिल्लाका प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालले कपिलवस्तु जिल्ला शिक्षामा केहि पछि रहेता पनि प्रदेशको नमुना वन्न सफल भएको वताए । प्रजिअ ढकालले विद्यालयको उत्तर उत्तर प्रगतिको कामना गरे ।

२०३१ सालमा स्थापना भएको विद्यँलयमा अहिले २२ सय भन्दा धेरै विद्यार्थि हरुले अध्यान गरिरहेका छन । विद्यार्थि चाप रहेको विद्यालयमा सरकारले दरवन्दि वढाउनु पर्ने  विद्यालय व्यावस्थापन समितिका अध्यक्ष वालकराम वुढाले वताए ।विद्यालय सन्चालनमा अभिभावकको ठुलो सहयोग रहेको वुढाले वताए । विद्यालयका प्र अ मुक्तिनाथ पोख्रेलले विद्यालयको आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

विद्यालय व्यावस्थापन समितिका अध्यक्ष बालकराम वुढाको अध्यक्षता ,नेपाल सरकारका उपप्रधानमन्त्रि तथा अर्थमन्त्रि कृष्ण वहादुर महराको प्रमुख आतिथ्यता,प्रमुख जिल्ला अधिकारि विष्णु प्रसाद ढकालको विशिष्ट अतिथ्यतामा रहेको कार्यक्रममा जिल्ला शिक्षा अधिकारि,प्रहरि उपरिक्षक,विभिन्न संघ सस्था प्रतिनिधि,अभिभावक विद्यार्थि लगाएतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल नागरिकको अपेक्षा र आवश्यकताअनुसार प्रदेश सरकारले काम गर्छ : मुख्यमन्त्री कँडेल ‘स्वस्थ मन, स्वस्थ जीवनः मानसिक स्वास्थ्य सचेतना अभियान’ शुभारम्भ एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने आफ्नो अनुभवलाई प्राधिकरणको हितमा खर्चिने कार्यकारी निर्देशक शाक्यको प्रतिबद्धता निर्धारित समयमा निर्वाचन सम्पन्न गराउन सहयोगका लागि प्रधानमन्त्रीको अनुरोध प्रतिनिधिसभा निर्वाचनलाई अझ मितव्ययी, पारदर्शी र प्रविधिमैत्री बनाउन सरकार लागिरहेको छ :प्रधानमन्त्री कार्की चीनको आवासीय भवनमा आगलागी, १२ जनाको मृत्यु भन्सार एजेन्टको आन्दोलनले जाँच‘पास’ रोकियो बढ्दो भ्रष्टाचारले मानव अधिकार सुनिश्चित गर्ने मार्गमा गम्भीर चुनौती थपेको छः उपसभामुख राना सुनचाँदीको मूल्य बढ्यो