३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्युठानमा एमालेको चुनावी अभियान जारी

३१ चैत्र २०७३, बिहीबार १५:५५

सागर शर्मा/चैत ३१, प्युठान । झिमरुक गाउँपालिका १ सौतामारेमा नेकपा एमालेले आज चुनावी कार्यक्रम गरेको छ । 

सौतामारे लाकुरी रुखमा भएको कार्यक्रममा वडा कमिटीका अध्यक्ष निम बहादुर सुनारको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सदस्य सुर्य थापाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथी सुर्य थापाले राजमो परित्याग गरि एमालेमा प्रवेश गरेका कार्यकर्तालाई स्वागत गर्नुभएको थियो । 

उहाँले एमालेको नीति विचार, आफनो मातृभुमीप्रति गरेका कामको बारेमा प्रकाश पार्दै आउने निर्वाचनमा एमाले पहिलो शक्ति बन्ने दावी गुर्नभयो । उहाँले चैते र बैशाखे विकास लिएर गाउँमा पुग्ने दलहरुभन्दा बाह्रमासे विकासको काम गर्ने, रााष्ट्र र राष्ट्रियताको लागि एमालेलाई विजयी गराउन समेत आग्रह गर्नुभएको थियो ।

कार्यक्रममा जिल्ला कमिटी उपाध्यक्ष हुकुम बहादुर खड्का,  जिल्ला कमिटी सदस्य धुर्वराज खनाल, समाजसेवी क्याप्टेन राम बहादुर जिसीले मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा एमालेका जेष्ठ कलाकार ७७ वर्षीय रमेश अर्यालले सांगेतिक प्रस्तुती राख्नुभएको थियो । कार्यक्रममा स्वागत गाउँ कमिटीका सदस्य काशिराम विक र सञ्चालन क्षेत्रिय कमिटी सदस्य सुर्य जिएमले गर्नुभएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’