सागर शर्मा | बैशाख १ प्युठान | नेकपा एमाले प्युठानले जिल्ला तथा गाउँ स्तरका कार्यक्रमहरु जारी राखेको छ । हाल सम्म एमाले प्युठानले जिल्लाका सरुमारानी गाउँपालिकाको हंसपुर "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

सागर शर्मा | बैशाख १ प्युठान | नेकपा एमाले प्युठानले जिल्ला तथा गाउँ स्तरका कार्यक्रमहरु जारी राखेको छ । हाल सम्म एमाले प्युठानले जिल्लाका सरुमारानी गाउँपालिकाको हंसपुर "/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

प्युठान - PTN

प्यूठानका गाउँ-गाउँमा एमाले यसरी सक्रिय हुँदैछ

२०७४, १ बैशाख शुक्रबार ०८:०४


सागर शर्मा | बैशाख १ प्युठान | नेकपा एमाले प्युठानले जिल्ला तथा गाउँ स्तरका कार्यक्रमहरु जारी राखेको छ । हाल सम्म एमाले प्युठानले जिल्लाका सरुमारानी गाउँपालिकाको हंसपुर पालुथान, प्यूठान नगरपालिका धर्मावती, जुम्रिकाँढा, मल्लरानी गाउँपालिकाको खलंगा, रस्पुरकोट चौरपानी, चुँजाको सोलहाल्ना, गौमुखी गाउँपालिका ठूलावेसी, झिमरुक गाउँपालिका मच्छि, सौतामारे, विड्डाँडाफेदी, बादीकोटको बालुवाखेला र काँसीपोखरामा चुनावी सभा तथा वर्डा भेलाहरु सम्पन्न गरेको छ । 

दोस्रो चरणको अभियान अन्तर्गत गाउस्तरमा भएका कार्यक्रमलाई  नेकपा एमालेका केन्द्रिय सदस्य एवं प्रचार बिभाग उप प्रमुख सुर्य थापाले  सम्वोधन गरेका छन । थापाले कार्यक्रममा सम्वोधन गर्दै हालसम्म सरकारमा रहेका दलहरुले चैते र वैशाखे विकासको आश्वासनमा गाँउ छिरेपनि आफ्नो पार्टीलाई सिन्को असर नपर्ने दावी गरे । साथै चुनावी माहोलमा पार्टीका कार्यकर्ताले एक महिने विकासको झुट्टा भ्रममा नपर्न समेत थापाले मतदाताहरुलाई आग्रह गरेका छन् । 

चुनावको अवसरमा विकासका झुटा नारा बनाएर मतदातालाई आश्वासन दिएर मत नमाग्न पनि उनले सुझाव दिए । ‘निर्वाचनमा मतदातालाई विकासको आश्वासन होईन’, उनले भने , हामीले सपना बाँडेर मत माग्न सिक्नुपर्छ । ’ थापा संगै नेकपा एमाले प्युठानका उपाध्यक्ष हुकुम बहादुर खड्का लगायतले चुनावी सभामा सम्वोधन गरेका थिए । 


नेकपा एमाले प्युठानले गाउपालिका तथा नगरपालिकाका केहिँ ठाउँमा आफ्ना उम्मेद्वार तोकिसकेको र अन्य ठाउमा चयनको प्रक्रियामा रहेको एमाले प्यूठानले जनाएको छ । हाल सम्म करिब वडा स्तरमा उम्मेद्वार अन्तिम चरणमा रहेको बताइएको छ । बाकी रहेका ठाउमा पनि बैशाखको पहिलो हप्ता भित्र उम्मेदवार तोकिने एमाले प्युठानका उपाध्यक्ष हुकुम बहादुर खड्काले बताए । 

नेकपा एमाले जन्ताको  हक हितका लागि लड्ने पाटी भएकाले प्युठानका उम्मेदवारहरु नेकपा एमाले पार्टीलाई मन पराएको उनले वताए । उनले प्युठान जिल्लाका नगरपालिका र गाउपालिकाका  स्थानिय तहको निर्वाचन जित्ने दावी गरे । प्युठान जिल्लामा एक सय ५१ मतदान केन्द्र र एक लाख २७ हजार चार सय ४४ मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय प्युठानले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते