गोरखा, वैशाख १ गते । जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् । दल दर्ता भए पनि चुनाव चिह्न नपाएपछि निर्वाचनमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोरखा, वैशाख १ गते । जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् । दल दर्ता भए पनि चुनाव चिह्न नपाएपछि निर्वाचनमा"/>
२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा छ दलले निर्वाचन लड्न नपाउने

२०७४, १ बैशाख शुक्रबार ०८:४४

गोरखा, वैशाख १ गते । जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् । दल दर्ता भए पनि चुनाव चिह्न नपाएपछि निर्वाचनमा भाग लिनबाट ती दल वञ्चित हुनुपरेको हो ।

जिल्ला निर्वाचन अधिकारी राजेन्द्र पोखरेलका अनुसार नयाँ शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माले, जनसमाजवादी, युनाइटेड ग्रिन अर्गनाइजेसन, नेपाल गान्धीवादी पार्टी, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले निर्वाचनमा भाग लिन नपाउने भएका हुन् ।

दुईवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखामा एक लाख ६९ हजार ४६ जना मतदाता छन् जसमध्ये ८१ हजार ६२१ पुरुष, ८७ हजार ४२४ महिला र एक तेस्रोलिङ्गी छन् । एघार स्थानीय तहमा गरी ९४ वडा रहेको र यी वडामा वडा सचिवहरु खटाइसकिएको प्रजिअ जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

निर्वाचनका लागि शिक्षक, कर्मचारी गरी दुई हजार १५५ जना कर्मचारी खटाउने गृहकार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिने र वैशाख १२ भित्र सबै स्थानीय तहमा कार्यालय खोल्ने बताइएको छ ।

मतदाता शिक्षा दिन सुरु गरिएको छ । मतदाता परिचयपत्र मतदान केन्द्रमा खटिएका कर्मचारीले निर्वाचन हुनुपूर्व बाँड्नेछन् । निर्वाचनलाई स्वतन्त्र र भयरहित ढङ्गले सम्पन्न गर्न सुरक्षाका हिसाबले पनि तयारी सुरु गरिएको प्रजिअ बस्नेतको भनाइ छ । नगर प्रमुख, उपप्रमुखका साथै गाउँपालिका प्रमुख, उपप्रमुखलगायत वडाका विभिन्न पदमा उम्मेदवार क–कसलाई बनाउने भन्ने गृहकार्यमा दलहरु लागिपरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते