गोरखा, वैशाख १ गते । जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् । दल दर्ता भए पनि चुनाव चिह्न नपाएपछि निर्वाचनमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गोरखा, वैशाख १ गते । जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् । दल दर्ता भए पनि चुनाव चिह्न नपाएपछि निर्वाचनमा"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

गोरखामा छ दलले निर्वाचन लड्न नपाउने

१ बैशाख २०७४, शुक्रबार ०८:४४

गोरखा, वैशाख १ गते । जिल्ला निर्वाचन कार्यालय गोरखामा दर्ता भएका १६ दलमध्ये छवटा दलले वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन नपाउने भएका छन् । दल दर्ता भए पनि चुनाव चिह्न नपाएपछि निर्वाचनमा भाग लिनबाट ती दल वञ्चित हुनुपरेको हो ।

जिल्ला निर्वाचन अधिकारी राजेन्द्र पोखरेलका अनुसार नयाँ शक्ति पार्टी, नेपाल कम्युनिस्ट पार्टी माले, जनसमाजवादी, युनाइटेड ग्रिन अर्गनाइजेसन, नेपाल गान्धीवादी पार्टी, देशभक्त पर्यावरणीय सामाजिक मोर्चा र पूर्व राष्ट्रसेवक लोकतान्त्रिक पार्टीले निर्वाचनमा भाग लिन नपाउने भएका हुन् ।

दुईवटा नगरपालिका र नौवटा गाउँपालिका रहेको गोरखामा एक लाख ६९ हजार ४६ जना मतदाता छन् जसमध्ये ८१ हजार ६२१ पुरुष, ८७ हजार ४२४ महिला र एक तेस्रोलिङ्गी छन् । एघार स्थानीय तहमा गरी ९४ वडा रहेको र यी वडामा वडा सचिवहरु खटाइसकिएको प्रजिअ जितेन्द्र बस्नेतले जानकारी दिनुभयो ।

निर्वाचनका लागि शिक्षक, कर्मचारी गरी दुई हजार १५५ जना कर्मचारी खटाउने गृहकार्य भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । वैशाख ३ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिने र वैशाख १२ भित्र सबै स्थानीय तहमा कार्यालय खोल्ने बताइएको छ ।

मतदाता शिक्षा दिन सुरु गरिएको छ । मतदाता परिचयपत्र मतदान केन्द्रमा खटिएका कर्मचारीले निर्वाचन हुनुपूर्व बाँड्नेछन् । निर्वाचनलाई स्वतन्त्र र भयरहित ढङ्गले सम्पन्न गर्न सुरक्षाका हिसाबले पनि तयारी सुरु गरिएको प्रजिअ बस्नेतको भनाइ छ । नगर प्रमुख, उपप्रमुखका साथै गाउँपालिका प्रमुख, उपप्रमुखलगायत वडाका विभिन्न पदमा उम्मेदवार क–कसलाई बनाउने भन्ने गृहकार्यमा दलहरु लागिपरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’