कृष्ण कँडेल | बैशाख ३, बागलुङ | राष्ट्रिय जनमोर्चाको चुनाब केन्द्रित राष्ट्रिय प्रचारात्मक अभियान अन्तरगतको कार्यक्रम बागलुङ ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा भएको छ ।&nb"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | बैशाख ३, बागलुङ | राष्ट्रिय जनमोर्चाको चुनाब केन्द्रित राष्ट्रिय प्रचारात्मक अभियान अन्तरगतको कार्यक्रम बागलुङ ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा भएको छ ।&nb"/>
३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बुर्तिबाङमै पहिलो पटक जनमोर्चाको उम्मेद्वार सहित चुनाब प्रचारात्मक कार्यक्रम

३ बैशाख २०७४, आईतवार १३:०५

कृष्ण कँडेल | बैशाख ३, बागलुङ | राष्ट्रिय जनमोर्चाको चुनाब केन्द्रित राष्ट्रिय प्रचारात्मक अभियान अन्तरगतको कार्यक्रम बागलुङ ढोरपाटन नगरपालिकाको बुर्तिबाङमा भएको छ । 

पार्टीले ढोरपाटन नगरपालिकाको लागि तय गरेको नगर प्रमुखका उम्मेद्वार गौरिश्वर पाण्डे र उपप्रमुखका उम्मेद्वार दुर्गादेबि घर्ती र केन्द्रिय टोलीको उपस्थितीमा सांस्कृतिक प्रश्तुति सहित बुर्तिबाङ बसपार्कमा कार्यक्रम भएको हो । बैसाख ३१ गते हुने स्थानिय तहको निर्वाचनका लागि उम्मेद्वार घोषणा गरि नगरप्रमुख र उपप्रमुखका उम्मेद्वार सहितको पश्चिम बागलुङमै पहिलो कार्यक्रम जनमोर्चाले गरेको हो ।  

‘प्रजातान्त्रिक बिकेन्द्रियता, संबिधानको कार्यान्वय र स्थानिय विकासका लागि राष्ट्रिय जनमोर्चालाई मतदान’ भन्ने नाराका साथ गरिएको कार्यक्रममा अभियानका गण्डकी–धौलागिरी संयोजक तथा सांसद मिना पुनले संविधान संसोधन राष्ट्रको आबश्यकता नभएर विदेशीको स्वार्थ पुर्तिका लागि ल्याईएको भन्दै तत्काल सदनबाट फिर्ता लिन माग गर्नुभयो । उहाँले संयुक्त मधेसी मोर्चाले उठाएका माग पुरा गरे मुलुक बिखण्डन हुने तर्क तर्क गर्दै त्यसले मधेसका जनताको पनि हित नगर्ने दाबि गर्नुभयो ।


संसद पुनले राष्ट्रियताको रक्षा गर्दै मुलुकमा सुसाशन कायम गर्दै विकासको गतिमा अघि बढ्न आफ्नो पार्टिका उम्मेद्वारलाई मतदान गर्न आग्रह गर्नुभयो । 

राष्ट्रिय जनमोर्चाका तर्फबाट ढोरपाटन नगरपालिकाको मेयरका उम्मेद्वार गौरिश्वर पाण्डेले निस्वार्थ भएर स्थानिय विकासको गतिलाई अघि बढाउने स्वच्छ मनसायका साथ जनताको सेवा गर्न आफु प्रतिबद्ध रहेको भन्दै त्यसको लागि आफ्नो पार्टीको चुनाब चिह्नमा मतदान गर्न आग्रह गर्नुभयो । 

कार्यक्रममा नेकपा मसालका प्रबक्ता बिमल शर्मा, अखिल नेपाल ट्रेडयुनियन महासंघका अध्यक्ष नारायण सापकोटा, राष्ट्रिय जनमोर्चा बागलुङका सचिव धर्म कुँवर र पार्टीको तर्फबाट ढोरपाटन नगरपालिकाको उपप्रमुखका उम्मेद्वार दुर्गादेबि घर्तीले आफ्नो पार्टीले मुलुकको राष्ट्रियता र स्वाधिनताको पक्षमा सँधै लडेको भन्दै देश बचाउन आफ्नो पार्टिलाई जिताउन अपिल गर्नुभएको थियो । 


सो अबसरमा राक्तिम सांस्कृतिक अभियानका कलाकाहरुले गित र नृत्य मार्फत नागरिकको जनजिविका, मुलुकको स्वाधिनता तथा स्वतन्त्रताको लागि क्रान्तिको बाटोमा लाग्नुपर्नेमा जोड दिएका थिए । 

कार्यक्रम ढोरपाटन नगरपालिका स्तरिय निर्वाचन परिचालन समितिका संयोजक धनबहादुर अदैको अध्यक्षता, विद्यार्थी नेता शिवलाल चालिसेको स्वागत र अखिल छैठौँका केन्द्रिय महासचिव भिमलाल पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’ तनावबीच इरानमा हवाई क्षेत्र अस्थायी रूपमा बन्द शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति कांग्रेस विशेष महाधिवेशनपछि नयाँ केन्द्रीय कार्यसमितिको बैठक अमेरिकाद्वारा ७५ देशका नागरिकका लागि आप्रवासी भिसामा अस्थाई रोक हप्तामा दश घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन