थम्मन थापा सन्देश | वैशाख ४, गल्कोट | आगामी वैशाख ३१ गते हुन लागेको स्थानिय निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मको विशेष भेला आज सम्पन्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... थम्मन थापा सन्देश | वैशाख ४, गल्कोट | आगामी वैशाख ३१ गते हुन लागेको स्थानिय निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मको विशेष भेला आज सम्पन्"/>
२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

स्थानिय निर्वाचनलाई लक्षित गर्दै माओवादी केन्द्रद्वारा मल्ममा भेला

२०७४, ४ बैशाख सोमबार ०४:१५

थम्मन थापा सन्देश | वैशाख ४, गल्कोट | आगामी वैशाख ३१ गते हुन लागेको स्थानिय निर्वाचनलाई लक्षित गर्दै नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका ७ मल्मको विशेष भेला आज सम्पन्न भएको छ । 

भेलामा बोल्दै प्रमुख अतिथि नेकपा माओवादी केन्द्र गलकोट नगरपालिकाका अध्यक्ष तिलक उप्रेतीले देश अहिले माओवादीको एजेन्डामा आईसकेको र अब ति उपलब्धीको संरक्षण गर्न स्थानिय निर्वाचनमा नेकपा माओवादी केन्द्र लाई मतदान गर्नु पर्ने बताउनु भएको छ । सो अवसरमा नेकपा माओवादी केन्द्र केन्द्रिय महाधिवेशन आयोजक समिति सदस्य डिल बहादुर परियार र नेकपा माओवादी केन्द्र गलकोट नगरपालिका सहसचिव राज थापाले   प्रशिक्षण मन्तव्य राख्नु भएको थियो । 

भेलामा वडा भित्रका विभिन्न जनवर्गीय संगठनका १ सय ५३ जना माओवादी कार्यकर्ताको सहभागिता रहेको थियो । भेलाले वैशाख ३१ गते हुन लागेको स्थानिय तहको निर्वाचनमा गलकोट नगरपालिका वडा नं ७ मा वडा अध्यक्षको उम्मेदवारमा सुवेदार टिका बहादुर थापालाई सर्वसम्मत चयन गरेको छ । महिला सदस्य मन कुमारी चोखाल 'सरिता', मिना दर्जी, पदमा नेपाली अनि पुरुष सदस्यमा राज थापा, डिल बहादुर परियार, दल बहादुर थापा र लोक बहादुर थापालाई नगरमा सिफारिस गरेको छ । त्यस्तै निर्वाचन सफल पार्दै माओवादी केन्द्रको पोल्टामा चुनाव लाई केन्द्रित गर्न १५१ सदस्यीय निर्वाचन परिचालन कमिटि गठन गरिएको छ । जस अन्तरगत झिर्कामा शिवलाल दर्जी संयोजक, टोकरीमा विष्णु थापा संयोजक, अरबेदी, खालीमा दल बहादुर थापा संयोजक, भल्साङ, कोल, फलाटेमा सुरेश थापा संयोजक, गैराखर्क, आरानटोल, मल्मडाडामा प्रेम बहादुर दर्जी संयोजक, खोलापारी, साहनीडाडा, बतासेडाडामा लोक बहादुर थापा संयोजक, सिरबारेमा धन बहादुर दर्जी, मिन बहादुर दर्जी, छबिलाल दर्जी, र विष्णु नेपाली संयोजक, आंगाखेत, बामियाँ  र तल्लो सिरबारेमा ललित मरासिनी संयोजक रहेको समिति गठन गरेको छ । 

भेला नेकपा माओवादी केन्द्र मल्मका अध्यक्ष छुम बहादुर थापाको अध्यक्षता, छबिलाल दर्जीको स्वागत र प्रेस सेन्टर नेपाल गलकोट नगरपालिकाका अध्यक्ष थम्मन थापा सन्देशको सञ्चालनमा सम्पन्न भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी एमालेको सचिवालय बैठक जारी इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै विरोध प्रदर्शन मध्यपूर्वको द्वन्द्वप्रति सरकार गम्भीर छ : परराष्ट्रमन्त्री शर्मा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलायो भैरहवामा ग्यासको अभाव हुँदा उपभोक्ता मारमा रास्वपाको सचिवालय बैठक सर्यो निर्वाचन समीक्षा र समानुपातिक सांसदको टुंगो लगाउन एमाले सचिवालय बैठक बस्दै साउदीमा इरानको भीषण आक्रमण, पाँच अमेरिकी विमान क्षतिग्रस्त कांग्रेस उठ्नेछ, जित्नेछ र देशलाई फेरि नेतृत्व गर्नेछ: देवराज चालिसे ज्ञानेन्द्र शाहीको चुनावी खर्च विवरण सार्वजनिक, खर्च २० लाख ५५ हजार इरानी नागरिकलाई आगमन भिसा नदिने गृह मन्त्रालयको निर्णय ऋषि धमलाको चुनावी खर्च विवरण सार्वजनिक, १२ लाख ६५ हजार खर्च कम्बोडियाबाट २१ नेपालीको उद्धार