२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

काभ्रेमा राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस

२०७४, ५ बैशाख मंगलवार ०८:०१

बैशाख ५, बनेपा | मुलुकमा आवधिक निर्वाचन नभएका कारण राजनीतिक दललाई उम्मेदवार चयन गर्न सकस भएको छ । 

आगामी वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा काभ्रेपलाञ्चोकबाट खासगरी प्रमुख राजनीतिक दलले निर्वाचनका आकांक्षी धेरै भएकाले उम्मेदवार छनोटमा धेरै समय लागेको बताएका छन् । 

गाउँगाउँमा चुनावी माहोल बनिरहेको र जनतामा पनि उत्साह थपिएको वर्तमान अवस्थामा नेपाली काँग्रेस, नेकपा (एमाले) र माओवादी केन्द्र, राप्रपालगायतले चुनावका लागि सम्पर्क कार्यालय स्थापना गरे पनि दर्जनाँै पटक बसेका बैठकले पनि स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको निर्णय गर्न सकेका छैनन् । 

दलले उम्मेदवारको विषयमा आन्तरिक गृहकार्य भइरहेको दाबी गर्दै वडा तहमा ८५ देखि ९० प्रतिशतसम्म उम्मेदवारको टुङ्गो लागेको बताएका छन् । 

नेपाली काँग्रेस काभ्रेपलाञ्चोकका सभापति मधु आचार्यले स्थानीय निकायमा लामो समयको रिक्तताले पार्टीमा सन्तुलन गर्न गाह्रो महसुस भएको उल्लेख गर्दै नियमित चुनाव हुन सकेको भए अहिलेको अवस्था आउने थिएन भन्नुभयो । 

उहाँले अहिलेको निर्वाचनका लागि पुस्तान्तरणको समस्या देखिएको छ भन्नुहुदैँ अब पार्टीभित्र निश्चित मापदण्ड तय गरेर यही ७ गतेसम्म स्थानीय तहको नेतृत्व टुङ्गो लाग्ने बताउनुभयो । 

माओवादी केन्द्र काभ्रेपलाञ्चोकका अध्यक्ष दिनानाथ गौतमले स्थानीय निकायको लामो समयको रिक्ततापछि चुनाव भएकाले उम्मेदवारका आकांक्षी धेरै भएको उल्लेख गर्दै नयाँ संरचनाको अधिकार र कार्य क्षेत्रले पनि व्यक्तिगत आकांक्षा बढेको बताउनुभयो । 

उहाँले निर्वाचनमा स्थानीय आवश्यक्ताअनुसार जिल्लामा कार्यगत एकताको पनि सम्भावना रहेको उल्लेख गर्दै यही ९ गते स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारको टुङ्गो लाग्ने बताउनुभयो । 

नेकपा (एमाले) काभ्रेपलाञ्चोकका सचिव हरिशरण दाहालले मुलुकमा आवधिक निर्वाचन नभएका कारण उम्मेदवारको आकांक्षी धेरै भएको उल्लेख गर्दै आज बेलुकासम्म उम्मेदवारको टुङ्गो लाग्ने दाबी गर्नुभयो । 

उहाँले भन्नुभयो – तीन पुस्ता नै अहिलेको चुनावमा होमिएको छ । जिल्ला निर्वाचन कार्यालय, धुलिखेलमा दर्ता भएका २५ राजनीतिक दलमध्ये काभ्रेपलाञ्चोकबाट ११ वटा दल संसद्मा प्रतिनिधित्व गर्छन् । जिल्लाको पुनःसंरचना अनुसार काभ्रेपलाञ्चोकमा सात गाउँपालिका र छ नगरपालिका छन् । 

दुई लाख ३० हजार ८४९ मतदाता रहेको काभ्रेपलाञ्चोकमा १८९ मतदानस्थलमा ३०७ मतदान केन्द्र रहने जिल्ला निर्वाचन कार्यालयका अधिकृत मधुकर पोखरेलले जानकारी दिनुभयो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल