२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्थानीय तहको निर्वाचन भएर छाड्ने सभापति देउवाको उद्घोष

२०७४, ५ बैशाख मंगलवार १३:०१

बैशाख ५, दमक | नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुक निर्वाचनमय भएकाले अब कुनै पनि हालतमा स्थानीय तहको निर्वाचन नरोकिने बताउनुभएको छ । 

नेपाली काँग्रेसले झापाको कमल गाउँपालिकास्थित आदिवासी रङ्गशालामा आयोजना गरेको निर्वाचन लक्षित १ नम्बर प्रादेशिक सभालाई सम्बोधन गर्दै सभापति देउवाले आन्दोलनरत मधेसवादी दललाई समेत समेटेर संविधान कार्यान्वयन गर्न निर्वाचन हुने विश्वास दिलाउनुभयो । 

सभापति देउवाले वर्तमान सरकारले संसदमा पुनः संविधान संशोधनको प्रस्ताव दर्ता गरेर मधेसका भावनालाई समेट्न चाहेको र त्यसलाई मधेसवादी दल र एमालेले समेत सहयोग गरेर निर्वाचनको माहोल थप बनाउनुपर्नेमा जोड दिनुभयो । 

घोषित मितिमा नै निर्वाचन हुने उल्लेख गर्दै सभापति देउवाले दुई दशक जनप्रतिनिधिविहीन स्थानीय तहमा जनताको प्रतिनिधि चुन्ने अवसरलाई सदुपयोग गरेर जानु नै सबैको राष्ट्रिय दायित्व भएको जोड दिनुभयो । 

नेता रामचन्द्र पौडेलले जनताका सबैखाले हकअधिकारलाई संस्थागत गर्न निर्वाचनबाट संविधान कार्यान्वयन हुने भएकाले निर्वाचनमा सबैको सहभागिता हुनुपर्छ भन्नुभयो । 

महामन्त्री शशाङ्क कोइरालाले मधेसवादी दललाई समेटेर गएमात्र निर्वाचनले सार्थकता पाउने भन्दै त्यसका लागि दलीय सहमति निर्माण गर्न ढिलाइ गर्न नहुने बताउनुभयो । 

नेता कृष्णप्रसाद सिटौलाले वैशाख ३१ मा नै स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि मुलुकले आर्थिक, सामाजिक प्रगति हासिल गर्ने बताउनुभयो । 

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले २०७४ माघ ७ गतेभित्रमा तीनवटै तहको निर्वाचन गराउनु वर्तमान सरकारको प्रमुख कार्यभार भएको जोड दिनुभयो । 

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यहरू शेखर कोइराला, मीन विश्वकर्मा, भीष्मराज आङदम्बे, नेवि सङ्घका सभापति नैनसिंह महर, तरुण दलका सभापति जीतजङ बस्नेत, महिला सङ्घकी सभापति उमा रेग्मी, प्रदेश १ का १४ वटै जिल्ला सभापतिलगायतले स्थानीय तहको निर्वाचनमा पार्टीलाई विजयी बनाउन कार्यकर्तालाई आग्रह गर्नुभयो । 

सोही अवसरमा विभिन्न जिल्लाबाट अन्य पार्टी परित्याग गरी नेपाली काँग्रेसमा प्रवेश गरेका नेता, कार्यकर्तालाई स्वागत गरिएको थियो । रासस  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते