बैशाख ६, काठमाडौँ । आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख पाँ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख ६, काठमाडौँ । आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख पाँ"/>

2026-06-28 09:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

समसामयिक विषयमा छलफल गर्न ५ दलको बैठक

2017-04-19


बैशाख ६, काठमाडौँ । आसन्न निर्वाचनलगायत समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख पाँच दलको बैठक बोलाउनुभएको छ । 

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान माओवादी केन्द्रसहित नेपाली काँग्रेस, नेकपा (एमाले), राष्ट्रिय प्रजातन्त्र पार्टी र मधेसी जनाधिकार फोरम (लोकतान्त्रिक)का शीर्ष नेतासहितको बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । 

बैठकमा शान्तिपूर्ण एवम् निष्पक्षरुपमा निर्वाचन सफल बनाउने र निर्वाचनप्रति असन्तुष्ट दललाई सहमतिमा ल्याउने विषयमा छलफल हुने बताइएको छ । करिब २० वर्षपछि मुलुकमा यही वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हँुदैछ । 

निर्वाचनप्रति असन्तुष्ट संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले निर्वाचनमा सहभागी नहुने अडान राख्दै विरोधका कार्यक्रम सार्वजनिक गरिसकेको छ । अर्काेतिर मुलुकभर एउटै चुनाव चिह्नमा निर्वाचनमा भाग लिन नपाउने भएपछि व्यवस्थापिका–संसद्बाहिरका साना दलले अनशन सुरु गरेका छन् । 

त्यस्तै, संसद्को सबैभन्दा ठूलो दल काँग्रेसले मोर्चा निर्वाचनमा सहभागी हुने गरी सहमतिमा आए निर्वाचन दुई चरणमा गर्न सकिने जनाएको छ । आजको बैठकमा यिनै विषयमा गम्भीररुपमा छलफल हुने बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी