२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

एमाले बझाङमा मेयरका आकांक्षी बढेपछि नाम सिफारिस गर्न मतदान

६ बैशाख २०७४, बुधबार ०६:०५

बैशाख ६, बझाङ । स्थानिय तहको निर्वाचनको मिति घोषणा संगै विभिन्न पार्टीमा गाउपालिका र नगरपालिकाको प्रमुख तथा उपप्रमुखका लागी आकाक्षीहरुको संख्याा बढदै गएको छ । 

नेकपा एमालेमा जयपृथ्वी नगरपालिकाको मेयर र उप मेयरका आकाक्षीहरु बढेपछि नाम सिफारिसका लागी सहमति हुन नसक्दा आज मतदान भएको छ । मेयरका लागी ६ जना र उपमेयरका लागी ४ जनाले आकांक्षा राखे पछि सहमति हुन सकेको थियन । सहमति नहुँदा नाम सिफारिसका लागी मतदान प्रक्रिया अपनाईएको थियो । 

आकाक्षीहरु बढे संगै सहमति हुन नसकेपछि नाम सिफारिसका लागी मतदान भएको हो । मेयरमा कलक धामी,सुरत बहादुर सिंह,विरेन्द्र खडका,जन्मजय जोशी,सोनु सिंह र खडक बहादुर खडका ले आकांक्षा राखेका थिय भने उपमेयरमा विना केसी, जुना जाग्री,आसा वि.क र पार्वति जोशीले आकांक्षा राखेका थिय । 

नाम सिफारिसमा कुरा नमिल्दा आज मतदान भएको हो । नगर कमिटिका सदस्यहरुले मात्र मतदान गर्न पाउने गरि भएको मतदानमा १ जनाले दुई जना उम्मेदवारलाई मतदान गर्ने व्यवस्था मिलाईएको थियो । दुबै पदका लागी बढि मत ल्याउनेको नाम सिफारिस गरिने भएको छ । 

सो अनुसार मेयरमा कलक धामी र विरेन्द्र खडका तथा उपमेयरमा विना केसी र जुना जाग्रीको नाम सिफारिस गरिने भएको छ । मेयरका आकाक्षी कलक धामी १३, विरेन्द्र खडकाले १६ तथा उपमेयरका आकाक्षी विना केसी र जुना जाग्रीले बराबर १६ मत प्राप्त गर्नु भएको थियो । 

सहमतिका लागी हरदम प्रयास गर्दा पनि सफल नहुने भए पछि मतदानको प्रक्रिया अपनाईएको नेकपा एमाले जयपृथ्वीनगर कमिटिका अध्यक्ष केशब रोकायाले जानकारी दिनु भयो । -मकरराज धामीको सहयोगमा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’