२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङमा मतदाता शिक्षा कार्यक्रम सुरु

२०७४, ७ बैशाख बिहीबार १३:०६

कृष्ण कँडेल/बैसाख ७, बागलुङ । जिल्ला निर्वाचन कार्यालय बागलुङले १० वटै स्थानिय तहमा मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । 

बागलुङ एक मतदान स्थाल एक मतदाता शिक्षा सहजकर्ता हुने गरि जिल्लाभर १ सय ९२ जना मतदाता शिक्षा सहजकर्ता छनोट गरेर चैत्र २९ गतेदेखि स्थानिय स्तरमा पठाईएको जिल्ला निर्वाचन अधिकारी विकासचन्द्र शर्माले जानकारी दिनुभयो । 

बैसाख ३१ गतेका लागि तय भएको स्थानिय तहको निर्वाचनमा सहज रुपमा मतदान गर्ने वातावरण बनाउन र मतदान बदर हुन नदिन सामाजिक परिचालक, महिला स्वास्थ्य स्वयं सेविका र बालविकाश केन्द्रका सहजकर्तालाई तालिम दिएर स्थानिय स्तरमा पठाईएको हो । 

कतिपय मतदाता शिक्षा सहजकर्ता गाउँटोलमा पुगेर यसअघि नै अभियान सुरु गरिसकेको र केहि कार्यक्षेत्र पुग्दै गरेको जिल्ला निर्वाचन अधिकारी शर्माको भनाई छ । 

उनिहरुलाई नमुना मतपत्र, मतादाता शिक्षा हाते पुस्तिका, निर्वाचन आचार सहिंता, मतपत्रमा छाप लगाउने सहि तरिका, मतदान बदर हुनसक्ने अबस्था जस्ता विषयमा तयार परिएका मतदाता शिक्षा सामग्री सहित पठाईएको छ । 

जिल्ला स्तरमा भएको तालिम लिएर स्थानिय स्तरमा आई बुधबारदेखि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको ढोरपाटन नगरपालिका अन्तरगत साविकको बुर्तिबाङ गाविसका सामाजिक परिचालक तथा मतदाता शिक्षा सहजकर्ता विष्णु विसीले जानकारी दिनुभयो । 

उहाँले नगरिक जम्मा हुने सार्वजनिक स्थल, पार्टी कार्यालय, गाउँटोल र बजारमा पुगेर  मतदाता शिक्षाको बारेमा नागरिकहरुलाई सहजिकरण गरिरहेको जानकारी दिनुयभो । 

अभियानको क्रममा पोष्टर, पम्पप्लेट वितरण समेत गरिएको उहाँको भनाई छ । गाउँगाउँमा पुगेर मतदाता शिक्षा प्रभावकारी रुपमा दिन नसकिए बदरमत बढ्न सक्ने चर्चा स्थानिय स्तरमा हुने गरेको छ । 

नगरप्रमुख–उपप्रमुख र गाउँपालिका अध्यक्ष–उपाध्यक्ष १, १ जाना, वडा अध्यक्ष १ जना, वडा सदस्य महिला १, दलित महिला १ र खुल्ला वडा सदस्य २ गरि एकैजना मतदाताले ७ वटा चिन्हमा मतदान गर्नुपर्ने भएकाले कम सचेतना भएका मतदाता झुक्किन सक्ने सम्भावना धेरै रहेको बताईन्छ ।  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी