३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लामा नगरपालिकाको मेयर, उपमेयर छनौटमा सकस, को को छन् आकांक्षी

८ बैशाख २०७४, शुक्रबार ०४:२५

नन्दराम जैशी | बैशाख ८, जुम्ला | स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा जुम्लामा राजनीतिक दलहरु उम्मेदवार छनौटका लागि बाक्लो छलफलमा जुटि रहेका छन् । जुम्लाका सबै राजनीतिक दलका नेता, कार्यकर्ता गाउँ र नगरपालिका केन्द्रित भएका छन् । तर दलहरुले अहिलेसम्म कुनै पनि प्रमुख, उपप्रमुख र मेयर, उपमेयरको टुंगो भने लगाउन सकिरहेका छैनन् । तर, जुम्ला सदरमुकाममा रहेको चन्दननाथ नगरपालिकाको मेयरका लागि धेरैले आकांक्षा देखएका छन् ।

मुख्य ठुला तिन दलबाट मेयरका आकांक्षाहरु बढी देखिएका छन् । एकैपार्टीबाट करिब ५ जना जतिले मेयरको लागि आकांक्षा देखाएका छन् । नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि कान्तिका सेजुवाल चन्दननाथ नगरपालिकाको मेयरका लागि आफ्नो दाबी रहेको बताउदै आउनु भएको छ । शिक्षक पेशा छोडेर दुई वर्षदेखि राजनीतिमा क्रियाशिलमा रहनु भएको छ ।

पार्टी सचिव कार्मा बुढाले पार्टीमा विभिन्न पदका लागि विभिन्न व्यक्तिहरुले आकांक्षा देखाए पनि पार्टीको आधिकारीक धाराणा भने बनी नसेकेको बताउनुभयो । उम्मेदवारीका लागि पार्टीका आधिकारिक आधारणा बन्न अझै समय लाग्ने उहाँले बताउनुभयो । १० वटा वडा रहेको चन्दननाथ नगरपालिकामा काँग्रेसबाट मेयरका लागि नेतृ सेजुवालसँगै नेता दीपक शाही, देवेन्द्र बहादुर शाही, गौरीनन्द आचार्य, पदमबहादुर शाही, राजुसिंह कठायत आकांक्षी छन् ।

नेकपा एमाले पार्टी सचिव आदिप्रसाद न्यौपानेले उम्मेदवारीका लागि पार्टीको आधिकारिक धाराणा बनि नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, मेयर उपमेयर र प्रमुख उपप्रमुखको उम्मेदवारीका लागि धेरै नेता तथा कार्यकर्ताहरुको आकांक्षा भए पनि पार्टीको आधिकारिक धाराणा बन्दैछ । एमालेबाट मेयरका लागि शान्तिलाल महत, कालिबहादुर रोकाया, धिरेन्द्र गिरी मेनका रेग्मी, देवि सेजुवाल लगायत आकांक्षी छन् । नेकपा माओवादी केन्द्रबाट मेयरका लागि ललिजंग महत, मनोज बुढाथोकि मगर, अशोक श्रेष्ठ र जीवन बुढ्थापा लगायतका नामहरु चर्चामा रहेका छन् ।

यसैगरि राष्ट्यि प्रजातन्त्र पार्टीका सचिव बेदबहादुर शाहीले उम्मेदवारीका लागि एक हप्ता भित्र पार्टीको आधिकारिक धारणा आउने बताउनुभयो । उहाँले भन्नुभयो अहिले हामी व्यक्ति भन्दा पनि पार्टीको चर्चामा छौँ । नेपाल मजदुर किसान पार्टी जुम्लाका अध्यक्ष शिवलाल डागीले प्रमुख पदका लागि इच्छा जाहेर गर्ने को हुदैनन् र अहिले पार्टीका आधिकारिक धाराणा बनिसकेको छैन । उहाँले भन्नुभयो २÷४ दिनमै हामी पार्टीको आधिकारिक धाराणा सर्वजनिक गर्दै छौँ । ९ हजार ७ सय ४२ जना मतदाता रहेको चन्दननाथ नगरपालिकामा प्रमुख राजनीतिक दलहरुको बढी प्रतिष्पर्धा हुने देखिन्छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’