२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

एमाले गलकोट नगरका मेयर उम्मेद्वार माओवादी केन्द्रमा प्रवेश

२०७४, ८ बैशाख शुक्रबार १२:४२


कृष्ण कँडेल/बैसाख ८, बागलुङ । नेकपा एमालेले गलकोट नगरपालिकाको मेयरमा उठाउने तयारी गरेका नेता यमबहादुर श्रीस माओवादी केन्द्रमा प्रवेश गरेका छन् । 

बिहिबार माओवादीको केन्द्रिय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा नेता रामबहादुर थापा बादलले उनलाई माओवादीमा स्वागत गरे । एमालेको बैसाख ३ गते भएको नगर कमिटि बैठकबाले नगरपालिका प्रमुख बनाउन एक जनाको नाम सिफारिस गर्दा श्रीस सर्बसम्मत भएका थिए । 

नेकपा माओवादीले जनयुद्ध सुरु गर्ने बेला माओवादीको बागलुङ जिल्ला सेक्रेटरी रहेका श्रीस पार्टीका तत्कालिन पश्चिमाञ्चल क्षेत्रीय ब्युरो ईन्चार्ज डाक्टर बाबुराम भट्टराई र ा जिल्ला ईन्चार्ज हरिभक्त कँडेलको व्यबहार प्रति असन्तुष्टि जनाउँदै १० पेजको राजिनामा पत्र पार्टीलाई बुझाएर पार्टी भित्र त्यसको समिक्षा हुनुपर्ने माग गरेका थिए । 

उनि २०४८ सालको निर्वाचनमा बाबुराम नेतृत्वको तत्कालिन संयुक्त जनमोर्चाबाट बागलुङको निर्वाचन क्षेत्र–१ मा चुनाब लडेका नेता हुन् । आफ्नो राजिनामाको बिषयमा पार्टी भित्र सहि समिक्षा हुन नसकेको गुनसो गर्दै आएका उनले माओवादी शान्ति प्रक्रियामा आएपछि २०६४ सालको सुरुमै एमालेको सदस्यता लिएका थिए । 

पदबाट राजिनामा दिएपनि आफु माओवादीकै शुभचिन्तक रहेको अबस्थामा द्वन्द्व चर्किदैजाँदा प्रहरी प्रशासनले माओवादी भनेर दुःख दिने र पार्टीले वेवास्ता गरेपछ एमाले नजिक हुनु आफ्नो बाध्यता भएको श्रीसको भनाई छ । 

आफुलाई पार्टीमा फर्काउन  माओवादीको उच्च तहबाट पटक–पटक प्रयास भएपनि राजिनाम दिने बेलाको सहि समिक्षा नभएसम्म नफर्कने अडान राख्दै आएको उनले बताए ।  पछिल्लो पटक पार्टी र आफु बिच बुझाईमा एक रुपता भएपछि आफु नवप्रवेशी नभई पुरानै पार्टीमा फर्किएको उनको दाबि छ । 

नेता श्रीसको आस्था माओवादीमै रहेपनि प्रविधिक कारणले एमाले बन्नुपरेको दुवैपक्षबाट महसुस भएपछि पार्टीमा नयाँ सदस्यता नदिई पुरानै सदस्यताको नबिकरण गरिएको पोलिटब्युरो सदस्य तथा बागलुङका ईन्चार्ज लिलबहादुर थापाले बताए ।  

स्थानिय निर्वाचनको पुर्वसन्ध्यामा एमालेबाट मेयरका लागि सिफारिस भएका पुराना नेता श्रीस माआवादीमा फर्किएपछि त्यसले चुनाबि नतिजामा समेत प्रभाब पर्ने आँकलन गरिएको छ ।  उनि अब माओवादीबाटै मेयरको उम्मेद्वार बन्न सक्ने चर्चा छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी