३ माघ २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ट्रकको ठक्करबाट महिलाको मृत्यु

९ बैशाख २०७४, शनिबार ०७:३१

बैशाख ९, राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–११ मा ट्रकको ठक्करबाट आज एकजना महिलाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा सोही नगरपालिका–२ बस्ने २५ वर्षीया अनिता चौधरी रहेको इलाका प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना५ख ८५५९ नंको ट्रकले सोही दिशातर्फ जाँदै गरेका मे७प ४३७ नंको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । 

मोटरसाइकलको पछाडि सवार चौधरी सो ठक्करबाट घाइते हुनुभएको थियो । घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिँह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । ट्रक, त्यसका चालक र मोटरसाइकललाई इलाका प्रहरी कार्यालयले नियन्त्रणमा लिएको छ । 

यस्तै पूर्व पश्चिम राजमार्गमा पर्ने रुपनी गाउँपालिका–१ स्थित पश्चिमतर्फ जाँदै गरेको मारुती भ्यानको ठक्करबाट सोही ठाउँका अकबर मियाँको ५ वर्षीया छोरी कलिम मियाँ घाइते भएका छन् । ती बालिकालाई बाटो काट्ने क्रममा स१च ८६५ नंको भ्यानले ठक्कर दिएको थियो । 

ठक्करबाट घाइते बालिकाको उपचारका लागि सगरमाथा अञ्चल अस्पताल राजविराज पठाइएको प्रहरीले जनाएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’