बैशाख ९, नुवाकोट । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलबीच एकताको खाँचो रहेको बताउनुभएको छ । 

प्रजातान्त्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख ९, नुवाकोट । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलबीच एकताको खाँचो रहेको बताउनुभएको छ । 

प्रजातान्त्र"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संबिधान कार्यान्वयन गर्न एकताको खाँचो: मन्त्री केसी

९ बैशाख २०७४, शनिबार ११:४०

बैशाख ९, नुवाकोट । सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले संविधान कार्यान्वयनका लागि सबै राजनीतिक दलबीच एकताको खाँचो रहेको बताउनुभएको छ । 

प्रजातान्त्रिक विचार मञ्च नुवाकोटले विदुरमा आज आयोजना गरेको ‘स्थानीय निर्वाचन र नेपाली काँग्रेस’ विषयक अन्तरक्रियामा उहाँले भन्नुभयो –“सबै दल मिलेर जारी गरेको संविधानको कार्यान्वयनका लागि पनि सबै दल एक भएर अगाडी बढ्नुको विकल्प छैन् ।” 

मन्त्री केसीले संविधान कार्यान्वयनमा अहिले केहि जटिलता देखिएकाले तीन ठूला दल मात्र नभई बाँँकी सबै मिलेर अघि बढ्नुपर्नेमा जोड दिदैं स्थानीय तहको निर्वाचन निष्पक्षरुपमा सबैको सहभागितामा सम्पन्न गर्न सरकार दृढ रहेको बताउनुभयो । 

“सिंहदरबारमा रहेको अधिकार अहिले गाउँ गाउँमा आइपुगेको छ”, उहाँले भन्नुभयो, “व्यवस्थापिका, कार्यपालिका र न्यायपालिकासहित गाउँको विकासको योजना गाउँमै निर्माण गर्ने अवसर नयाँ संविधानले दिएको छ ।” 

सांसद बहादुरसिंह लामा तामाङले महामानव विपी कोइरालाको एकता र मेलमिलापको आदर्श तथा समाजवादको सिद्धान्त पूरा गर्न स्थानीय तहको निर्वाचनमा काँग्रेसको उम्मेदवार विजयी हुनुपर्नेमा जोड दिनुभयो । 

काँग्रेसका जिल्ला सभापति एवम् सांसद् जगदीश्वरनरसिंह केसीले स्थानीय तहको निर्वाचनमा काँग्रेसका तर्फबाट गुट–उपगुटभन्दा पनि जनताले रुचाएका व्यक्ति उम्मेदवार बन्ने विश्वास व्यक्त गर्नुभयो । 

प्रजातान्त्रिक विचार मञ्चका केन्द्रीय अध्यक्ष डा केदारनरसिंह केसीले स्थानीय तहको चुनाव ठूलो अवसर र महत्वको पर्व रहेकाले सक्षम व्यक्तिको हातमा शक्ति प्रदान गर्न मतदाता सचेत हुनुपर्ने सुझाब दिनुभयो । 

समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले काँग्रेसले जारी गर्न लागेको घोषणापत्रमा परराष्ट्र नीति, सामाजिक न्याय, ज्येष्ठ नगारिक आवासगृह, समाजवादी चिन्तन, प्रजातन्त्रको नारा र समाजवादको मूल्य एवम् मान्यतालाई समावेश गर्न सुझाव दिनुभयो । 

कार्यक्रममा समाजका नुवाकोट अध्यक्ष शम्भुप्रसाद शर्मा, काँग्रेसका पूर्व जिल्ला सभापति धुव्र अधिकारी, सचिव सुरेन्द्र अधिकारी, महासमिति सदस्य हरिकृष्ण श्रेष्ठ, रामकृष्ण थापा, शिक्षक ताराप्रसाद पाठक, रामबहादुर थापा, बाबुराम लामिछानेलगायतले काँग्रेसको नीति र आदर्श कार्यान्वयनका लागि प्रजातान्त्रिक विचार मञ्चको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’