दलसिंह गिरी | बैशाख १०, कालिकोट | नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा चुनाबी प्रचार प्रशारको लागि कुनै पनि दलहरुले बालबालिका प्रयोग नगरिदिन बाल अधिकारकर्मी सरोकारवालाहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | बैशाख १०, कालिकोट | नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा चुनाबी प्रचार प्रशारको लागि कुनै पनि दलहरुले बालबालिका प्रयोग नगरिदिन बाल अधिकारकर्मी सरोकारवालाहर"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालबालिकाहरुलाई चुनाबी दलाल नबनाउन अधिकार कर्मिको आग्रह

१० बैशाख २०७४, आईतवार ०९:०३


दलसिंह गिरी | बैशाख १०, कालिकोट | नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा चुनाबी प्रचार प्रशारको लागि कुनै पनि दलहरुले बालबालिका प्रयोग नगरिदिन बाल अधिकारकर्मी सरोकारवालाहरुले आग्रह गरेका छन् । विगत बर्षका निर्वाचन पचार प्रशारमा बालबालिका प्रयोग गरिएको भन्दै आरोप खेपिएका दलहरुलाई अब हुने निर्वाचनको चुनाबी प्रचार प्रशारमा बालबालिका प्रयोग नगरिदिन आग्रह गरेका हुन् ।

केन्द्रीय स्तरका राजनैतिकदल तथा जिल्ला स्तरका दलहरु द्धारा विद्यालय तथा बालबालिका शान्तिक्षेत्र घोषणाका लागि गरिएको लिखित प्रतिवद्धता कार्यान्वयन गर्न जिल्ला स्थित सम्पूर्ण राजनैतिकदल तथा सरोकारवाला निकाय संग आग्रह गरिएको छ । बालबालिका शान्तिक्षेत्र हुन्, विद्यालयलाई शान्ति क्षेत्र बनाऔं भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम मान्ममा आयोजित विद्यालय शान्तिक्षेत्र घोषणा सम्बन्धि सरोकारवाला विच बार्षिक समिक्षा कार्यक्रममा बालबालिकाको सरक्षाका लागि यस्तो आग्रह गरिएको हो ।


जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीको अध्यक्षता माननिय सांसद महेन्द्र बहादुर शाहीको प्रमुख आथित्यता, माननिय जिल्ला न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत केशबराज पाण्डे, प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको विशेष अथित्यतामा आयोजित समिक्षा कार्यक्रममा विद्यालय तथा बालबालिका शान्तिक्षेत्र घोषणाका लागि गरिएका प्रतिवद्धता अनुसार हालसम्म कार्यान्वयनको आवस्था केलाउदै बालबालिका शान्तिक्षेत्र अवधारणा, विकास, यसको अवस्थाबारे विद्यालय शान्तिक्षेत्र राष्ट्रिय अभियान कालिकोट र जिल्ला शिक्षा कार्यालयले गरेको प्रस्तुति माथि छलफल गर्दै, कार्यक्रमका सहभागीहरुले विगत बर्ष गरिएको प्रतिवद्धता अनुसार उल्लेख्य उपलब्धी नदेखिए पनि पछिल्लो चरण केही सुधार हुदै गएको बताएका छन् । हाल जिल्लाभरका २ सय ८० वटा विद्यालयहरु मध्य हाल सम्म ८० वटा मात्र विद्यालय शान्तिक्षेत्र घोषणा भएको प्रशंगलाई कोट्याउदै सहभागिहरुले विद्यालय तथा बालबालिका शान्तिक्षेत्र घोषणाका सुचकहरु मध्यका केही सुचक पुरा भएपनि केही सूचक स्थानीय राजनैतिक स्थानीय समुदायहरुको ब्यावास्थाका कारण चुनौति थपिएको बताएका छन् ।

विशेष गरी हालै नजिकिदै गरेको स्थानीय निर्वाचनको चुनाबी प्रचार प्रशारमा विद्याल तथा बालबालिका बढी प्रयोग भै बालबालिकाको पठनपाठनमा असहजता पैदा हुने भएकाले यसलाई ध्यानमाराखी आयोजना गरिएको जिल्ला स्तरीय समिक्षामा जिल्लाका सम्पूर्ण राजनैतिकदल तथा सरोकार वालाहरुले यस्ता गतिविधि अगाडी बढ्न नदिन पुन लिखित प्रतिवद्धता समेत गरेका छन् । साथै यसको अनुगमनका लागि विद्यालय शान्तिक्षेत्र राष्ट्रिय अभियानका जिल्ला संयोजक दमनराज बमको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति समेत  गठन गरिएको छ । जसमा पत्रकार महासंघको अध्यक्ष तुलाराम पाण्डे, इन्सेक प्रतिनिधि कालिबहादुर मल्ल, सेभ द चिल्ड्रेन कालिकोटका बालअधिकृत बाले विश्वकर्मा, लगायतका सदस्य रहेका छन् ।

जिल्ला सदरमुकामको सनलाईट होटलको सभाहलमा संचालित समिक्षा कार्यक्रम सेभ द चिल्ड्रेनको सहयोग, किर्डाक नेपाल कालिकोट, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान कालिकोटको सहजिकरण तथा जिल्ला शिक्षा कार्यालय कालिकोटको आयोजनामा जिल्ला सदरमुकाम मान्ममो सनलाईट होलटको सभा हलमा संचालन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’