दलसिंह गिरी | बैशाख १०, कालिकोट | नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा चुनाबी प्रचार प्रशारको लागि कुनै पनि दलहरुले बालबालिका प्रयोग नगरिदिन बाल अधिकारकर्मी सरोकारवालाहर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | बैशाख १०, कालिकोट | नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा चुनाबी प्रचार प्रशारको लागि कुनै पनि दलहरुले बालबालिका प्रयोग नगरिदिन बाल अधिकारकर्मी सरोकारवालाहर"/>

२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

बालबालिकाहरुलाई चुनाबी दलाल नबनाउन अधिकार कर्मिको आग्रह

२०७४, १० बैशाख आईतवार ०९:०३


दलसिंह गिरी | बैशाख १०, कालिकोट | नजिकिदै गरेको स्थानीय तहको निर्वाचनमा चुनाबी प्रचार प्रशारको लागि कुनै पनि दलहरुले बालबालिका प्रयोग नगरिदिन बाल अधिकारकर्मी सरोकारवालाहरुले आग्रह गरेका छन् । विगत बर्षका निर्वाचन पचार प्रशारमा बालबालिका प्रयोग गरिएको भन्दै आरोप खेपिएका दलहरुलाई अब हुने निर्वाचनको चुनाबी प्रचार प्रशारमा बालबालिका प्रयोग नगरिदिन आग्रह गरेका हुन् ।

केन्द्रीय स्तरका राजनैतिकदल तथा जिल्ला स्तरका दलहरु द्धारा विद्यालय तथा बालबालिका शान्तिक्षेत्र घोषणाका लागि गरिएको लिखित प्रतिवद्धता कार्यान्वयन गर्न जिल्ला स्थित सम्पूर्ण राजनैतिकदल तथा सरोकारवाला निकाय संग आग्रह गरिएको छ । बालबालिका शान्तिक्षेत्र हुन्, विद्यालयलाई शान्ति क्षेत्र बनाऔं भन्ने मुल नाराका साथ जिल्ला सदरमुकाम मान्ममा आयोजित विद्यालय शान्तिक्षेत्र घोषणा सम्बन्धि सरोकारवाला विच बार्षिक समिक्षा कार्यक्रममा बालबालिकाको सरक्षाका लागि यस्तो आग्रह गरिएको हो ।


जिल्ला शिक्षा अधिकारी विष्णु प्रसाद तिवारीको अध्यक्षता माननिय सांसद महेन्द्र बहादुर शाहीको प्रमुख आथित्यता, माननिय जिल्ला न्यायाधिस तथा मुख्य निर्वाचन अधिकृत केशबराज पाण्डे, प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीको विशेष अथित्यतामा आयोजित समिक्षा कार्यक्रममा विद्यालय तथा बालबालिका शान्तिक्षेत्र घोषणाका लागि गरिएका प्रतिवद्धता अनुसार हालसम्म कार्यान्वयनको आवस्था केलाउदै बालबालिका शान्तिक्षेत्र अवधारणा, विकास, यसको अवस्थाबारे विद्यालय शान्तिक्षेत्र राष्ट्रिय अभियान कालिकोट र जिल्ला शिक्षा कार्यालयले गरेको प्रस्तुति माथि छलफल गर्दै, कार्यक्रमका सहभागीहरुले विगत बर्ष गरिएको प्रतिवद्धता अनुसार उल्लेख्य उपलब्धी नदेखिए पनि पछिल्लो चरण केही सुधार हुदै गएको बताएका छन् । हाल जिल्लाभरका २ सय ८० वटा विद्यालयहरु मध्य हाल सम्म ८० वटा मात्र विद्यालय शान्तिक्षेत्र घोषणा भएको प्रशंगलाई कोट्याउदै सहभागिहरुले विद्यालय तथा बालबालिका शान्तिक्षेत्र घोषणाका सुचकहरु मध्यका केही सुचक पुरा भएपनि केही सूचक स्थानीय राजनैतिक स्थानीय समुदायहरुको ब्यावास्थाका कारण चुनौति थपिएको बताएका छन् ।

विशेष गरी हालै नजिकिदै गरेको स्थानीय निर्वाचनको चुनाबी प्रचार प्रशारमा विद्याल तथा बालबालिका बढी प्रयोग भै बालबालिकाको पठनपाठनमा असहजता पैदा हुने भएकाले यसलाई ध्यानमाराखी आयोजना गरिएको जिल्ला स्तरीय समिक्षामा जिल्लाका सम्पूर्ण राजनैतिकदल तथा सरोकार वालाहरुले यस्ता गतिविधि अगाडी बढ्न नदिन पुन लिखित प्रतिवद्धता समेत गरेका छन् । साथै यसको अनुगमनका लागि विद्यालय शान्तिक्षेत्र राष्ट्रिय अभियानका जिल्ला संयोजक दमनराज बमको संयोजकत्वमा ७ सदस्यीय अनुगमन समिति समेत  गठन गरिएको छ । जसमा पत्रकार महासंघको अध्यक्ष तुलाराम पाण्डे, इन्सेक प्रतिनिधि कालिबहादुर मल्ल, सेभ द चिल्ड्रेन कालिकोटका बालअधिकृत बाले विश्वकर्मा, लगायतका सदस्य रहेका छन् ।

जिल्ला सदरमुकामको सनलाईट होटलको सभाहलमा संचालित समिक्षा कार्यक्रम सेभ द चिल्ड्रेनको सहयोग, किर्डाक नेपाल कालिकोट, बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान कालिकोटको सहजिकरण तथा जिल्ला शिक्षा कार्यालय कालिकोटको आयोजनामा जिल्ला सदरमुकाम मान्ममो सनलाईट होलटको सभा हलमा संचालन भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने