दलसिंह गिरी/बैशाख १२, कालिकोट । प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले चेतनशिल प्रणालीको रुपमा लिइने मानिसले सचेतनाको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ ।  Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी/बैशाख १२, कालिकोट । प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले चेतनशिल प्रणालीको रुपमा लिइने मानिसले सचेतनाको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ । 
४ माघ २०८२, शनिबार
कालिकोट - KLK

सचेतनाको दुरुपयोग किन ?

१२ बैशाख २०७४, मंगलवार ११:२३

दलसिंह गिरी/बैशाख १२, कालिकोट । प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले चेतनशिल प्रणालीको रुपमा लिइने मानिसले सचेतनाको दुरुपयोग गरेको आरोप लगाउनु भएको छ । 

सब्य समाजको निर्माणको लागि मानिसले सिकेका सचेतनशिल ज्ञान ब्यवहारमा लागु नगरी दुरुपयोग गरेको भन्दै यस्तो आरोप लगाउनु भएको हो । हरेक ब्यक्तिले सभ्य समाज निर्माणको लागि हरेक क्षेत्र तथा निकायबाट जानकारी तथा ज्ञान पाएपनि उसले ब्यवहारत प्रयोगमा ल्याउन ब्यवास्था गर्ने गरेको बताउनु भएको छ । 

उदाहरण सहित बताउदै सुबेदीले बच्चाहरुलाई सुर्तिजन्य, मदिरा, लागुपदार्थ खानु हुन्न यसले शारीरिक तथा मानसिक असर गर्छ भन्ने पूर्ण ज्ञान हुदाहुदै बालबालिका नै प्रयोग गरेर पोसारपोसार गर्ने, सेवन गर्न अभिप्रेरित गराउने जस्ता काम गर्ने गरेको बताउनु भएको छ ।

जिल्ला प्रशासनमा नागरिकता बनाउने प्रशंगलाई जोड्दै प्रजिअ सुवेदीले कुनैपनि बालक जन्मिएको ४८ घण्टा भित्र जन्मदर्ता गराई सक्नु पर्छ भन्ने पूर्ण ज्ञान हुदाहुदै पनि मानिस प्रशासनमा नागरिकता बनाउन आउदा उतिखेरै जन्मदर्ता गराएर आउने गरेको बताउनु भयो । 


जिल्ला बालकल्याण समितिको आयोजना सेभ द चिल्ड्रेनको सहयोग किर्डाक नेपाल कालिकोटको सहजिकरणमा “बाल अधिकार सबैको सरोकार” भन्ने मुल नाराका साथ संचालित बाल संरक्षण तथा मामला ब्यवस्थापन सम्बन्धि २ दिने अनुशिक्षण कार्यक्रममा सहजिकरण गर्दै सुबेदीले हरेक अधिकार, जिम्मेवारी, ब्यवहार, दायित्व, कर्र्तब्य जस्ता हरेक शैद्धान्तिक कुरामा मानिस पूर्ण सचेत भएपनि यसको ब्यवास्थापनका कारण चुनौति थपिदै गएको बताउनु भएको छ ।

जिल्ला बालकल्याण समितिका पदाधिकारी र सम्बन्धित सरोकारवाला विच बाल अधिकार संरक्षण, सवाल र जोखिम क्षेत्रको पहिचान, नीतिगत तथा कानुनी प्राब्धान लगायतका शैद्धान्तिक ज्ञान आदान प्रदानका लागि आयोजित अनुशिक्षणमा तत्काल जिल्लाका प्रमुख बजार केन्द्रमा सडक तथा होटल बालबालिकाको तथांक तथा उनीहरुको अवस्था पहिचान गर्ने, बालबिवाह न्यूनिकरण, जोखिममा रहेकाको अवस्था पहिचान, त्रैमासिक रुपमा बालसंरक्षणका सवालमा बहस लगायतका १७ बुदे कार्ययोजना पत्र समेत तयार पारिएको छ । 

प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदी, सेभ द चिल्ड्रेनका जिल्ला संयोजक विजय विश्वकर्मा, बाल अधिकृत बाले विश्वकर्मा, प्रहरी इन्सपेटर सूर्य बहादर बोगटी, महिला तथा बालबालिका कार्यालयका धन बहादुर मल्ल, किर्डाक नेपाल कालिकोटका बाल अधिकृत धनिराम न्यौपानेले अनुशिक्षणको सहजिकरण गर्नु भएको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै यस्तो रहने छ आजको मौसम सुनचाँदीको मूल्य वृद्धि धरान उपमहानगर प्रमुख राई सम्मानित ‘भाषा, लिपी, कला र संस्कृतिको संरक्षणमा सहकार्य र समन्वय आवश्यक छ’