कृष्ण कँडेल | बैसाख १२, बागलुङ | बागलुङ जिल्लाका ९ वटा स्थानिय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला स्तरमा यसअघि बैसाख ३ गते नै मुख्य निर्वाचन अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... कृष्ण कँडेल | बैसाख १२, बागलुङ | बागलुङ जिल्लाका ९ वटा स्थानिय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला स्तरमा यसअघि बैसाख ३ गते नै मुख्य निर्वाचन अ"/>
४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुङका १० वटै स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

१२ बैशाख २०७४, मंगलवार १६:४४

कृष्ण कँडेल | बैसाख १२, बागलुङ | बागलुङ जिल्लाका ९ वटा स्थानिय तहमा आज निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्ला स्तरमा यसअघि बैसाख ३ गते नै मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भईसकेका छ ।

आज बागलुङ नगरपालिका बाहेक अरु ३ वटा नगरपालिका र ६ वटा गाउँपालिकामा निर्वाबचन अधिकृतको कार्यालय स्थापना भएको मुख्य निर्वाचन अधिकृत हिमलाल बेल्बासेले जानकारी दिनुभयो । बागलुङ नगरपालिकामा भने मुख्य निर्वाचन अधिकृतको कार्यालयले नै नगरको निर्वाचन कार्यक्रम पनि सञ्चालन गर्नेछ । 

कार्यालय स्थापनासँगै निर्वाचन अधिकृतको कार्यालयबाट मानोनयन दर्ता, चुनाब चिह्न प्रदान लगायत कार्यकोे विबरण सहित बैसाख १९ गते देखिको निर्वाचन कार्यतालिका र मदतान केन्द्रको विवरण पनि आजै प्रकाशन गरिएको छ । 

पश्चिम बागलुङका ढोरपाटन नगरपालिका, वडिगाड गाउँपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकामा पनि कार्यालयको बोर्ड राखेर औपचारिक कार्यक्रम गरि कार्यालय स्थापना गरिएको छ ।

ढोरपाटन नगरपालकाको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन अधिकृत केदारनाथ पौडेलले बोर्ड अनावरण गरेर गर्नुभयो । 

कार्यक्रममा उहाँले निर्वाचन आयोगको केन्द्रिय कार्यतालिका अनुसार यहि बैसाख ३१ गते हुने स्थानिय तहको निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, शान्तिपुर्ण रुपमा भयरहित वातावरणमा सम्पन्न गर्नका लागि सहयोग गर्न राजनितिक दल, मतदाता, सञ्चारमाध्यम लगायत सम्पुर्ण सरोकारवालालाई आग्रह गर्नुभयो । 

उहाँले निर्वाचन आचारसंहिताको पालना गर्दै निर्वाचनको गतिविधिमा जुट्न सवैलाई आग्रह गर्नुभयो । सवैसँग सहकार्य गरेर शान्तिपुर्ण निर्वाचन गराउन आफु प्रतिबद्ध रहेको उहाँको भनाई थियो । कार्यक्रममा राजनितिक दलका नेता, सरकारी कार्यालयका प्रमुखहरु, पत्रकार लगायत सरोकारवालाको सहभागीता रहेको थियो ।

कार्यक्रम ढोरपाटन नगरपालिकाका निमित्त कार्याकारी अधिकृत तथा सहायक निर्वाचन अधिकृत रामप्रसाद आचार्यको अध्यक्षता, नायब सुब्बा चण्डीराज पौडेको स्वागत र चुडामाणी भुषालको सञ्चालनमा सम्पन्न भएको थियो । 

यसैविच निसीखोला गाउँपालिकाको निर्वाचन अधिकृतको कार्यालय निर्वाचन अधिकृत बिष्णुभक्त रञ्जितले जुग्जाखोलामा गर्नुभयो । 

कार्यक्रम निर्वाचन अधिकृत रञ्जितको अध्यक्षता, निसीखोला गाउँपालिकाका कार्यकारी अधिकृत तथा सहायक निर्वाचन अधिकृत  संजय अधिकारीको स्वागत र नायब सुब्बा नन्दराम भुषालको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद प्रधानमन्त्री कार्कीसँग घेदुङको प्रतिनिधिमण्डल भेट भूकम्पीय क्षति घटाउन पूर्वतयारी आवश्यक छः गृहमन्त्री अर्याल विगतका निर्णय र नजिरका आधारमा कांग्रेसको विवाद समाधान गर्न कार्यवाहक सभापति खड्काको आग्रह अन्तर्राष्ट्रिय लगानी र कूटनीतिक संवादतर्फ भेनेजुएलाको नयाँ दृष्टिकोण प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै