पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/274df5d15d3ea66da48d66c66f831b0e1493236828.jpg" style="width: 1059px;"></p><p>वैशाख १३, काठमाडौं | मन्त्रिपरिषद्को बैठकले रुकुम र नवलपरासीको केही भाग हेरफेर गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज साँझ बसेको बैठकले रुकुमका सिस्ने र उत्तरगङ्गा गाविससहित ११ गाविसलाई ५ नम्बर प्रदेशमा राख्ने र बाँकी गाविसलाई ६ नं प्रदेशमा राख्ने निर्णय भएको बैठकपछि सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । <br></p><p>त्यस्तै, बैठकले नवलपरासीको त्रिवेणी गाविसका ६ र ७ लाई विनयी गाविसमा मिलाउने र त्यसलाई ४ नं प्रदेशमा राख्ने निर्णय गरेको मन्त्री कार्कीले जानकारी दिनुभयो । </p>

