१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् दाङमा चुनाव चिह्न पाउने १६ दल (सुचिसहित)

१४ बैशाख २०७४, बिहीबार ०६:१४

बैशाख १४, दाङ । आसन्न स्थानीय तहको निर्वाचनका लागि यहाँ दर्ता भएका २७ दलमध्ये १६ दलले चुनाव चिह्न पाएका छन् । 

निर्वाचन आयोगले जिल्ला निर्वाचन कार्यालयमा पठाएको विवरणमा जिल्लामा दर्ता भएका २७ दलमध्ये १६ वटाले मात्रै चुनाव चिह्न पाएका हुन् । चुनाव चिह्न पाउने दलमा नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, सङ्घीय समाजवादी फोरम, नेपाल लोकतान्त्रिक फोरम, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहट र सद्भावना पार्टी रहेका छन् । 

त्यस्तै नेकपा (माले), राष्ट्रिय जनमोर्चा, नेपाल परिवार दल, राष्ट्रिय मधेस समाजवादी पार्टी, जनजागरण पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, तराई मधेस सद्भावना पार्टी र थरूहट तराई पार्टी नेपालले चुनाव चिह्न पाएको निर्वाचन कार्यालय दाङका प्रमुख विजयकुमार कार्कीले जानकारी दिनुभएको छ । अन्य दलले चुनाव चिह्न नपाए पनि आयोगले स्वतन्त्र रुपमा लड्न पाउने र सोही अनुसारको चुनाव चिह्न दिने व्यवस्था गरिएको छ । 

त्यसैगरी, सरकारले स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने निर्णय गरेपछि दाङमा निर्वाचनका कार्यक्रम २४ दिनका लागि स्थगित गरिएको छ । प्रदेश नं ५ मा दाङ पर्ने हुँदा यहाँ जेठ ३१ मा निर्वाचन हुने भएकाले हाललाई निर्वाचनको कार्यक्रम स्थगित गरिएको जिल्ला निर्वाचन कार्यालय दाङले जनाएको छ । 

यसअघि यहाँ पनि वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भनिएको हुँदा त्यहीअनुरुप तयारी गरिएको थियो । दुई चरणमा निर्वाचन गर्ने दलीय सहमतिअनुसार प्रदेश नं ५ मा दोस्रो चरणमा निर्वाचन हुने भएपछि निर्वाचन आयोगको निर्देशनअनुसार निर्वाचनका कार्यक्रम स्थगन भएको जिल्ला निर्वाचन कार्यालय दाङका प्रमुख कार्कीले जानकारी दिनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का इरानमा आंशिक छुट, मृतक सङ्ख्या ६४६ पुग्यो निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक भरतपुरमा बृहत् चक्रपथ उद्घाटन जापान–दक्षिण कोरिया शिखर सम्मेलन : अर्थतन्त्र र क्षेत्रीय चुनौतीमा केन्द्रित छलफल कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुनचाँदीको मूल्य आज पनि बढ्यो अत्यधिक चिसो बढेपछि यारी भन्सार कार्यालय तीनमहिनाका लागि बन्द विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव