२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

म्याग्दीमा काँग्रेस–माओवादीबीच चुनावी तालमेल

२०७४, १४ बैशाख बिहीबार ०८:५९

बैशाख १४, म्याग्दी । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले आसन्न स्थानीय तह निर्वाचनमा म्याग्दीका चारवटा स्थानीय तहमा चुनावी तालमेल गर्ने भएका छन् । 

काँग्रेस र माओवादी केन्द्रले दुई÷दुईवटा स्थानीय तहमा प्रमुख र उपप्रमुख पदमा तालमेल गरेर उम्मेदवारी दिनेलगायत सातबुँदे सहमति गरेका हुन् । काँग्रेसले बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकाको प्रमुख र अध्यक्ष तथा माओवादी केन्द्रले मङ्गला र धौलागिरि गाउँपालिकाको अध्यक्ष पद लिने सहमति गरेका दुई दलले प्रमुख पद पाएको ठाउँमा उपप्रमुख पद एक अर्कालाई छोड्ने सम्झौता गरेका छन् । 

दुई दलद्वारा गठित वार्ता टोलीले गरेको सहमतिको बारेमा जानकारी गराउन मङ्गलबार साँझ आयोजित पत्रकार भेटघाटमा नेपाली काँग्रेसका पूर्व सभापति तथा सांसद रेशमबहादुर बानियाँले राप्रपालाई समेत सहमतिमा ल्याउन पहल भइरहेको बताउनुभयो । 

दुवै दलले उम्मेदवार चयन गरिसकेको मालीका गाउँपालिकामा तालमेलको विषयमा उम्मेदवारका आकाङ्क्षीसँग संयुक्त छलफल गर्ने र तालमेल नभए स्वच्छ प्रतिस्पर्धा गर्ने सहमति गरेका छन् । ४५ वटा वडामा तालमेल गर्ने अधिकार स्थानीय तह र वडा कमिटीलाई दिएको नेकपा (माओवादी केन्द्र)का संयोजक गोविन्द पौडेलले बताउनुभयो । 

स्थानीय तहको प्रभावकारी कार्यान्वयनका लागि सामाजिक र राजनीतिक एकताको वातावरण बनाउन चुनावी तालमेल गरेको काँग्रेस र माओवादी केन्द्रका नेताहरुले बताएका छन् । काँग्रेसले बेनी नगरपालिकाको मेयरको उम्मेदवारमा हरिकुमार श्रेष्ठ र अन्नपूर्णको अध्यक्षमा डमबहादुर पुनलाई उम्मेदवार चयन गरेको छ । 

मङ्गला गाउँपालिकामा चन्द्रप्रसाद बुढाथोकी, धौलागिरिको प्रमुखमा खुमनाथ सुवेदी र रिमप्रकाश थापालाई उम्मेदवार बनाउन सिफारिस गरेको माओवादी केन्द्रले बेनी नगरपालिकाको उपमेयरमा ज्योति लामिछाने र अन्नपूर्णमा लालमाया पुनलाई उपाध्यक्षको उम्मेदवार चयन गरेको छ । 

काँग्रेसले मङ्गला र धौलागिरि गाउँपालिकाको उपाध्यक्षका उम्मेदवार चयन गर्न बाँकी छ । विसं २०७० को संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा (एमाले) विजयी भएको म्याग्दीका चारवटा स्थानीय तहमा दोस्रो र तेस्रो शक्तिबीचको तालमेलले चुनावी प्रतिस्पर्धा रोचक हुने विश्लेषण गरिएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते