दलसिंह गिरी | बैशाख १५, कालिकोट | तत्कालिन २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा मालेतर्फ कालिकोटबाट निर्वाचित सांसद एवं संचार सहायक मन्त्रि यज्ञराज न्यौपाने दुई दशक पछि एकाएक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी | बैशाख १५, कालिकोट | तत्कालिन २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा मालेतर्फ कालिकोटबाट निर्वाचित सांसद एवं संचार सहायक मन्त्रि यज्ञराज न्यौपाने दुई दशक पछि एकाएक"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

दुई दशक पहिले हराएका नेता एकाएक देखिएपछी …

२०७४, १५ बैशाख शुक्रबार ००:२२

दलसिंह गिरी | बैशाख १५, कालिकोट | तत्कालिन २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा मालेतर्फ कालिकोटबाट निर्वाचित सांसद एवं संचार सहायक मन्त्रि यज्ञराज न्यौपाने दुई दशक पछि एकाएक कालिकोटमा देखिनु भएको छ । जिल्लाको समग्र विकासको लागि केही गर्न सक्ने सक्षम नेतृत्वको रुपमा विजय गराई संसदमा पठाएपछि कालिकोट नफर्किनु भएका न्यौपाने यहि बैशाख ३१ गते हने स्थानीय निकाय निर्वाचनको समयावधि नजिकिएसंगै एकाएक जिल्लामा देखिनु भएको हो ।

तत्कालिन एमाले नेता मनमोहन अधिकारीको नेतृत्वमा संचालित सरकारमा संचार सहायक मन्त्री समेत बन्नु भएका न्यौपाने मन्त्री भएपश्चात कालिकोटमा एक पटक पनि फिर्ती नहुनु भएको भन्दै कालिकोटे जनताबाट आरोप खेप्दै आउनु भएको छ । करिब ९ महिनासम्म सहायक मन्त्रिका रुपमा संचार मन्त्रालयमा रहेपनि कालिकोटको समग्र विकासमा विशेष पहल गर्न नसक्नु भएको आरोप समेत खेपिनु भएका न्यौपाने नजिकिदै गरेको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेबाट रास्कोट नगरपालिकाको मेहेर उम्मेदारलाई जिताउन गृहजिल्ला कालिकोटमा आउनु भएको एमाले श्रोतले जनाएको छ ।  १३ गते साझमात्र जिल्ला सदरमुकाममा पुग्नु भएका न्यौपाने आजै विहान नेकपा एमालेले भब्य स्वागत गरेसंगै जन्मस्थान रास्कोट तर्फ लाग्नु भएको छ ।

तत्कालिन २०५१ को मध्यावधि निर्वाचनमा यज्ञराज न्यौपानेले ९ हजार ७ सय, वहाका प्रत्यसी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धर्मधक्त उपाध्यायले ९ हजार ५ सय र नेपाल मजदुर किसान पार्टीबाट हिक्मत बहादुर विष्टले ९ हजार ३ सय मतल्याएको तथ्य पाईन्छ ।

सांसदको कार्यकाल समाप्ती संगै पार्टीमा निस्कृय देखिनु भएका न्यौपाने नेपालगंज तिर घर बसाएर उतै रहनु भएको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते