४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका तीन विद्यार्थी संगठनले जिशिअलाई ज्ञापन पत्र बुझाए

१५ बैशाख २०७४, शुक्रबार १२:०५

मकरराज धामी/बैशाख १५, बझाङ । बझाङका तीन विद्यार्थी संगठनहरुले जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । 

निजी विद्यालयहरु लगायत सरकारी विद्यालयले पनि अनावश्यक रुपमा भर्ना शुल्क लिने गरेका कारण त्यसको विरोधमा जिल्ला शिक्षा कार्यालयमा ज्ञापन पत्र बुझाएका छन् । तीन मुख्य संगठन नेपाल विद्यार्थि संघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले शैक्षिक माफियाहरुलाई तत्काल कारवाहि गर्न ज्ञापन पत्र बुझएका हुन । 

विद्यार्थी संगठनले निजी विद्यालयहरूले भौतिक तथा शैक्षिक सुविधा नदिने तर अभिभावक बाट चर्को शुल्क लिने गरेको कारण  केन्द्रिय सर्कुलर अनुसार आन्दोलन सुरु गरेको अनेरास्ववियुका अध्यक्ष हरिस बोहराले जानकारी दिनु भयो ।

जिल्लामा अनुमति नलिई निजी विद्यालय संचालन गरि रहेकोमा त्यस्ता विद्यालयलाई कारवाहि हुनु पर्ने, थप कक्षाको अनुमति नलिई कक्षा संचालन गरेको, सरकारी स्कुलहरुले पनि विद्यार्थिहरुबाट मनोमानि भर्ना शुल्क लिने विद्यालय लाई कारवाहि हुनु पर्ने, जिल्ला शिक्षा कार्यालय बाट वितरण भएका भौतिक पुर्वाधारको अनुगमन हुनु पर्ने  र जिल्ला सदरमुकाममै शैक्षिक माफियाहरु फैलिएकाले तत्कालै कारवाहि गरिनु पर्ने लगायतका माग राख्दै ज्ञापन पत्र बुझाएको अखिल क्रान्तिकारीका अध्यक्ष रामचन्द्र रोकायाले बताउनु भयो । 

केन्द्रीय सर्कुलर अनुसार आज जिल्ला शिक्षा कार्यलयमा तालाबन्दी गर्ने भए पनि आईतवार सम्म का लागी अल्टीमेट दिएको र माग सम्बोधन नभए कडा आन्दोलन गर्ने ने.बि संघका अध्यक्ष दिपक भण्डारीले बताउनु भयो । ज्ञापन पत्र बुझ्दै जिल्ला शिक्षा अधिकारी सुरेन्द्र बहादुर सिंहले यसै महिनाको २० गते सम्म सबै मागको सम्बोधन हुने गरि समस्याको समाधान गर्ने बताउनु भयो ।

सार्वजनीक गर्न अभिभावकलाई अपिल गरेको छ । संगठनले १८ गते सोमबारदेखि सरकारी सवारी साधन सञ्चालन गर्न नदिने घोषणा गरेका छन् । संगठनहरूले आज ७५ वटै जिल्ला शिक्षा कार्यालयमा तालाबन्दी गर्ने अनेरास्ववियुका प्रवक्ता आरसी लामिछानेले जानकारी दिनुभयो । 

संगठनले आजै दिउँसो १ बजे शिक्षा विभागमा समेत तालाबन्दी गर्ने कार्यक्रम घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघको केन्द्रीय कार्यालयमा बसेको बैठकले १७ गते शिक्षा मन्त्री लगायतका शिक्षा निकायका सबै कर्मचारीलाई वहिष्कार गर्ने जनाएका छन् । विद्यार्थीले आन्दोलन फिर्ता नहुने संकेत देखिएपछि शिक्षा विभागले आज केन्द्रीय शुल्क अनुगमन समितिको बैठक बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद