दलसिंह गिरी/बैशाख १५, कालिकोट । मुख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटले आज जिल्लाका सम्पूर्ण राजनैतिक दलहरुलाई निर्वाचनका आचार संहिता, निर्वाचनको निर्देश"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख १५, कालिकोट । मुख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटले आज जिल्लाका सम्पूर्ण राजनैतिक दलहरुलाई निर्वाचनका आचार संहिता, निर्वाचनको निर्देश"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मुख्य निर्वाचन अधिकृतद्धारा १६ दललाई कोच

१५ बैशाख २०७४, शुक्रबार १२:५७


दलसिंह गिरी/बैशाख १५, कालिकोट । मुख्य निर्वाचन अधिकृतको कार्यालय कालिकोटले आज जिल्लाका सम्पूर्ण राजनैतिक दलहरुलाई निर्वाचनका आचार संहिता, निर्वाचनको निर्देशिकाबारे जानकारी गराएको छ । 

स्थानीय निर्वाचनको समयसिमा नजिकिदै गर्दा स्थानीय निर्वाचनका खास विषय बस्तु र यसबारे जिल्लाका राजनैतिक दलहरुले बुझ्न नसकेका केही अइस्पष्टताबारे प्रकाश पार्दै नीति निर्देशिका बारे जानकारी गराईएको हो । 

कालिकोट जिल्ला मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिश केशबराज पाण्डेको संयोजकत्वमा आयोजित अन्तरक्रियामा जिल्लामा निर्वाचन प्रक्रिया, तयारी, सजकता, र सम्भावब्यबारे छलफल गरीएको छ । 


जिल्ला सदरमुकामको मिलनकेन्द्रमा आयोजित अन्तरक्रियामा मुख्य निर्वाचन अधिकृत पाण्डेले जिल्लाका सम्पूर्ण दलहरुलाई अहिले हुने मतदानमा मतपत्र अलि ठूलो र फरक भएकाले बदरहुने समस्या बढी देखिन सक्ने भन्दै यसलाई न्यूनिकरण गर्न तथा मतदातालाई मतदान प्रक्रिया र तरिकाबारे आआफ्नो क्षेत्रबाट मतदाता शिक्षा अभियान अगाडी बढाउन विशेष आग्रह गर्नु भएको छ । 

जिल्ला निर्वाचनमा दर्ता भएका १६ वटा दलहरुका प्रमुख तथा प्रतिनिधि पत्रकारहरुको उपस्थीतिमा संचालित अन्तरक्रियामा प्रमुख जिल्ला अधिकारी गिरधारी सुबेदीले जिल्लामा सुरुक्षाको अवस्था र यसबारे सबै राजनैतिक दलहरुले गर्नु पर्ने सहयोग र सपोटबारे जानकारी समेत दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ गाजा शान्ति परिषद् गठन गर्ने ट्रम्पको घोषणा सुशासनको सुरुआत आफूबाटै हुनुपर्छः मन्त्री इङ्नाम युनलाई पाँच वर्ष कैद