बैशाख १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको प्राणवायु निर्वाचनलाई जसरी पनि सफल पारेर संविधान कार्यान्वयन र गणतन्त्रका उपलब्धिलाई संस्था"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको प्राणवायु निर्वाचनलाई जसरी पनि सफल पारेर संविधान कार्यान्वयन र गणतन्त्रका उपलब्धिलाई संस्था"/>
७ कार्तिक २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारको अर्जुनदृष्टि निर्वाचन र संविधान संशोधन: प्रधानमन्त्री

१६ बैशाख २०७४, शनिबार ११:२७

बैशाख १६, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लोकतन्त्रको प्राणवायु निर्वाचनलाई जसरी पनि सफल पारेर संविधान कार्यान्वयन र गणतन्त्रका उपलब्धिलाई संस्थागत गर्न अहोरात्र खटिइरहनुभएको छ । 

पछिल्ला एक साताभित्र उहाँले गरेको उच्चस्तरीय राजनीतिक भेटवार्ता, छलफल र बहसले गणतन्त्रप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित मात्रै गरेनन्, तराई मधेश पहाड र त्यहाँका नेतृत्व पङ्क्तिलाई चुनावमा होमिन अभिपे्ररित गर्दै सहमति, सहकार्य र संवादका माध्यमबाटै सबै समस्याको समाधान खोज्न लागिपरेको स्पष्ट हुन्छ । 

वितेका सात दिनमा उहाँले पटक पटक मधेस केन्द्रीत दलका शीर्ष एवम् दोस्रो तहका नेताहरुसँग छलफल गर्नुभएको छ । प्रधानमन्त्रीले सत्तापक्ष र प्रतिपक्षसहितको बैठक आयोजना गरेर संविधान जारी भएपछि देखिएको विवादको घेरालाई साँघुरो बनाउने प्रयास गरिरहनुभएको छ । 

संविधानलाई सर्वस्वीकार्य बनाउँदै मुलुकलाई निर्वाचनमा लगेर सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने एकमात्र अर्जुनदृष्टिका साथ प्रधानमन्त्री अगाडि बढिरहनुभएको हो । 

पछिल्लो एक सातामा मात्रै प्रमुख प्रतिपक्षी दलसँग पटक पटक संवाद एवम् छलफल भएको छ । मधेस केन्द्रित दललाई सहमतिमा ल्याए आफूहरु पनि सहमतिमा आउँछाँै भन्ने प्रमुख प्रतिपक्षी दलको धारणालाई विश्वास मानेर प्रधानमन्त्री प्रचण्डले व्यवस्थापिका–संसद्मा संविधान संशोधनको प्रस्ताव समेत दर्ता गर्न लगाउनुभयो । 

उहाँले आगामी आर्थिक वर्षको बजेट, चरणबद्ध निर्वाचन, मतगणना जस्ता विषयमा सहमति जुटाएर मुलुकलाई निर्वाचनमा लैजाने पवित्र उद्देश्य राख्नुभएको छ । पटक–पटकको छलफल र बहसपछि मधेस केन्द्रित दल निर्वाचनमा जान तयार भएका छन् । उनीहरुले आफ्नो अडानको रुपमा राख्दै आएको सीमाङ्कनको विषयलाई समेत पछाडि सार्न सहमत भएका छन् । 

संविधान निर्माणदेखि नै असन्तुस्टि राख्दै आएका मधेस केन्द्रित दल सहमतिका लागि तयार रहनुका पछाडि प्रधानमन्त्रीको सार्थक बहस एवम् छलफलले नै काम गरेको देखिन्छ । प्रधानमन्त्रीको यो उदारतालाई प्रमुख प्रतिपक्षी दल र आन्दोलतरत मधेस केन्द्रित दलले नजरअन्दाज गर्न मिल्दैन र सक्दैनन् पनि । 

प्रधानमन्त्रीले पछिल्लो सात दिनमा व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने सबै दलसँगको बैठक, प्रमुख प्रतिपक्षी दल एमालेसँगको पटकपटकको छलफल, मधेसी मोर्चासँगको बैठक, प्रमुख पाँच राजनीतिक दलसँगको बैठक, सरकारमा सहभागी दल र मोर्चासँगको छलफल, निर्वाचन आयोगसँगको निरन्तरको छलफल र आफ्नै पार्टी नेकपा (माओवादी केन्द्र) भित्रको छलफलमा संविधान संशोधन र स्थानीय तहको निर्वाचनलाई नै केन्द्रित गर्नुभएको देखिन्छ । 

त्यसखालको सक्रियता कार्यकारी प्रमुखमा देखिनु मुलुक र जनताका लागि सकारात्मक पक्ष हो । तर प्रधानमन्त्रीको यस खालको सक्रियताको नतिजा ननिस्कनुको पछाडि राजनीतिमा ‘इगो’ त होइन भन्ने आशङ्का सर्वत्र पैदा भएको छ । 

उहाँले जनयुद्ध, जनआन्दोलन, शाािन्तप्रक्रिया, सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान, भूकम्पपछिको पुनः निर्माणमा खेल्नुभएको नेतृत्वदायी भूमिका र हाल संविधान कार्यान्वयनमा लिनुभएको जिम्मेवारीबाट अन्य राजनीतिक दलको अस्तित्व सङ्कटमा पर्ने त्रासका कारण त होइन कतिपयको बुझाइ छ । 

प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यकाअनुसार प्रधानमन्त्री मुलुकलाई एकताबद्ध बनाउँदै, सिङ्गो मुलुकलाई निर्वाचनमा लैजाने लक्ष्यका साथ दैनिक जसो क्रियाशील हुनुहुन्छ । आचार्यले भन्नुभयो, “प्रधानमन्त्री रात दिन नै संविधान कार्यान्वयन र स्थानीय तहको निर्वाचनलाई नै सफल बनाउन केन्द्रित हुनुहुन्छ ।” 

विज्ञान तथा प्रविधिमन्त्री प्रेमबहादुर सिंह न्यूनतम माग सम्बोधन भए मात्रै पनि निर्वाचनमा आउने मधेस केन्द्रित दलको प्रतिबद्धता सकारात्मक रहेको र सरकार त्यसैका लागि प्रतिबद्ध रहेको बताउनुभयो । रासससँग कुरा गर्दै उहाँले भन्नुभयो –“सरकारमा रहेका र प्रतिपक्षमा रहेका दलबीच संविधान संशोधनका विषयलाई लिएर बुँदागत छलफल हुनु, प्रधानमन्त्रीले त्यसका लागि पहल गर्नु नै सकारात्मक रहेको र यसबाट कुनै न कुनै रुपमा निकास निस्कनेमा आफू विश्वस्त रहेको छु ।” 

सहरी विकासमन्त्री एवम् नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले जनता निर्वाचनका लागि उत्सुक रहेकाले निर्वाचन गर्ने, गराउने र सहभागी हुने सबैलाई एकताबद्ध गरेर अगाडि बढ्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सबै राजनीतिक दलले जनताको आकङ्क्षा बुझेर सहमति गर्नुको विकल्प छैन । समस्या खडा गरेर कोही कसैको पनि हित हुँदैन । सबैसँग सहमति गरेर एउटा मिलनबिन्दु तत्काल निकाल्नैपर्छ ।” रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विपक्षी दलका नेताहरूले भेटे राष्ट्रपति पौडेललाई ओलीको पुतला दहन रोक्न नसकेका चितवनका सीडीओ र एसपी तानिए बचतकर्ताको बचत फिर्ता गर्नको लागि सहकारी प्राधिकरण ऐन तर्जुमा गरिने छ : प्रधानमन्त्री हामीले बिग्रेको हालतबाट सम्हालेको सरकार, धेरै राम्रो काम गरेका छौं : परराष्ट्रमन्त्री राणा राष्ट्रपति भेट्न शीतल निवास पुगे प्रचण्ड युवक मृत भेटिएको घटनाः भारतीय नागरिक गुप्ता पक्राउ, श्रीमती पनि प्रहरी हिरासतमै सवारी दुर्घटनामा एकको मृत्यु सरकारका सय दिने उपलब्धि सुनाउँदै ओलीले के भने ? (पूर्णपाठ) कुशलको ब्याटिङ वरियतामा ३१ स्थान सुधार, अरुको कति? एमालेलाई मीनबहादुरको जग्गादान प्रकरण सर्वोच्चमा, भोलि पेसी गठबन्धन बैठकमा अध्यादेशबारे प्रधानमन्त्री ओली- आवश्यक परे ल्याउन सकिन्छ, तर अहिले तयारी छैन श्रम मन्त्रालयमा भण्डारीको १०० दिनः के–के भए काम ? सत्तारुढ दलको बालुवाटार बैठकमा कसले के भने ? रवि लामिछानेको बयान : “सूर्यदर्शन सहकारीबाट ऋण लिएको छैन, मेरो नामको खाताबारे अनभिज्ञ छु” पोखरेलीको घरदैलोमा रास्वपा, आफूहरूलाई धम्काएको बचतकर्ताको आरोप (विज्ञप्तिसहित) लगातार सातौँ दिन पनि सुनको मूल्यमा ऐतिहासिक रेकर्ड, आज कतिमा भइरहेको छ किनबेच ? उपराष्ट्रपति रामसहायप्रसाद यादव अस्पताल भर्ना भारतको स्याटेलाइट इन्टरनेट बजारमा एलन मस्क र मुकेश अम्बानीबीच प्रतिस्पर्धा वेस्ट इण्डिजका एन्डरसन फिलिप पोखरा एभेन्जर्समा अनुबन्ध बुधबारको विदेशी मुद्राको विनिमय दर कति ?