बैशाख १६,ओखलढुंगा । संविधानसभा निर्वाचन २०७० मा ओखलढुंगाका २ निर्वाचन क्षेत्रबाट विजयी युवा सांसदहरु यज्ञराज सुनुवार र रामहरि खतिवडा बिच प्राय हरेक कुरामा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १६,ओखलढुंगा । संविधानसभा निर्वाचन २०७० मा ओखलढुंगाका २ निर्वाचन क्षेत्रबाट विजयी युवा सांसदहरु यज्ञराज सुनुवार र रामहरि खतिवडा बिच प्राय हरेक कुरामा प"/>

२०८२, ५ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

रामहरिको गाउँमा यज्ञराजको झड्का : कांग्रेसका सचिव सहितका युवा एमालेमा प्रवेश

२०७४, १६ बैशाख शनिबार १५:२२


बैशाख १६,ओखलढुंगा । संविधानसभा निर्वाचन २०७० मा ओखलढुंगाका २ निर्वाचन क्षेत्रबाट विजयी युवा सांसदहरु यज्ञराज सुनुवार र रामहरि खतिवडा बिच प्राय हरेक कुरामा प्रतिस्पर्धा हुने गरेको छ । धेरै जसो विकासे काममा हात्तेमालो गर्ने दुवै सांसद को भन्दा को अघि हुने भन्ने चिन्ताले दौडिरहेका हुन्छन् । निवार्चनमा विजयी भएपछि दुवै सांसदले विकासका खाका सार्वजनिक गरे । १४ वर्ष सम्म नबनेको सुनकोसी पुल बनाउन दुवै मिलेर दवाव दिए । समय अनुसार विकास र परिवर्तनहरु भए तर जस कस्ले लिने भन्ने दुई सांसद बिच होडबाजी चल्छ । कतिपय जिल्लामा हुने कार्यक्रमहरुमा सांसदहरु भाषण गर्दा पनि एकले अर्काको कुरा काट्न पछि पर्दैनन् । 

स्थानीय तहको निर्वाचन घोषणा भएपछि अहिले जिल्लामा पार्टी प्रवेश गर्नेहरुको लहर चलेको छ । रामहरिले केहि समय अघि यज्ञराजले चुनाव जितेको निर्वाचन क्षेत्रका विभिन्न स्थानमा गएर यज्ञराजका नजिक मानिएका रगनीका रविन रोका लगाएतका दर्जनौं युवालाई कांग्रेसमा प्रवेश गराएका थिए,भने यज्ञराजकै गाउँ श्रीचौरमा कार्यक्रम गरेर श्रीचौरका स्थानीयलाई कांग्रेसमा आकर्षित हुनेगरि भाषण गरेर यज्ञराजलाई चुनौती दिएका थिए । उक्त कार्यक्रमका बेला कांग्रेस नेताहरुले यज्ञराजको गाउँमा रामहरि हाईहाई,आफ्नै गाउँमा यज्ञराज वाईवाई भन्ने नारा लगाएका थिए । 

संगठन निर्माणमा निकै सकृय नेता मानिने सांसद सुनुवारले शुक्रबार रामहरिको गाउँमा पुगेर त्यसको जवाफ दिएका छन् । उनले रामहरिको गाउँका कांग्रेस युवाहरुलाई एमालेमा प्रवेश गराउँदै भने,‘थाक्ले अब विस्तारै कांग्रेस मुक्त गाउँ बन्दैछ’ उनले सिधै रामहरिको नाम लिएनन् तर घुमाउरो पारामा रामहरि भन्दा आफु निकै भिजन भएको नेता र कांग्रेस भन्दा एमाले जनप्रिय पार्टी भएको भन्दै थाक्ले क्षेत्रमा एमालेको जित निश्चीत रहेको समेत भन्न भ्याए । 


शुक्रबार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका स्थित थाक्ले क्षेत्रका कांग्रेसका प्रभावशाली   युवाहरु एमालेमा प्रवेश गरेका छन् । साविकको थाक्ले गाविसका कांग्रेस गाउँ कार्यसमिति सचिव बीरबहादुर राई,सहसचिव जिवन सिंहराई गाउँकार्यसमिति सदस्य युवा नेता मन्जीत राई लगाएतका युवाहरु एमालेमा प्रवेश गरेको नेकपा एमाले ओखलढुंगाका प्रचार विभाग प्रमुख तिर्थ सुवेदीले जानकारी दिए । उनका अनुसार थाक्लेमा शुक्रबार दिनभर पार्टी प्रवेश गर्नेहरुको लहर चलेको थियो । 


कांग्रेसबाट सयौं युवा एमालेमा प्रवेश गरेको दावी गर्दै एमालेले मानेभञ्ज्याङ गाउँपालिकामा अध्यक्षको उमेद्वार बनाएका नेता रुपलाल तामाङले आफ्नो जित सुनिश्चीत बन्दै गएको दावी गरे । रामहरिका घरगाउँकै युवाहरु यज्ञराजको पार्टीमा प्रवेश गरेको विषयलाई जिल्लाका सबै पार्टीले महत्वका रुपमा लिएर विविध विश्लेषण गरिरहेका छन् । 

स्थानीय तहमा टिकट दिनुपर्ने माग गरिरहेका थाक्लेका कांग्रेसका युवाहरुले टिकटकै विषयमा विवाद भएपछि पार्टी छाडेको बताईएको छ । थाक्लेका अन्य प्रभावशाली नेताहरु पनि एमालेमा प्रवेश गर्ने र उनिहरुलाई एमाले महासचिव ईश्वर पोख्रेलले स्वागत गर्ने कार्यक्रम रहेको भएपनि कांग्रेसले केहि नेतालाई रोकेपछि कार्यक्रममा प्रमुख अतिथी बनेर एमाले पोलिटब्यूरो सदस्य शेरधन राई आएका थिए । 

सत्तारुढ दलहरु निर्वाचनबाट भाग्न खोजेको एमाले नेता शेरधन राईले आरोप लगाएका छन् । एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री राईले शुक्रबार ओखलढुंगाको थाक्लेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् । नेपाली कांग्रेसको आडमा सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले निर्वाचन घोषणा गरेपनि तोकिएको समाचारमा निर्वाचन गर्न नसकेको बताए । मधेशका मुद्धा मिलाउने नाममा निर्वाचनबाट सत्तारुढ दलहरु भाग्न खोजेको आरोप लगाए ।  जनता मतदान गर्न तयार रहेको र पार्टीका केन्द्र देखि स्थानीय तहसम्मका नेताहरु चुनावी मैदानमा उत्रिन तयार रहेको अवस्थामा निर्वाचन रोकेर देशलाई अन्यौलता तर्फ धकेलेको भन्दै तत्काल विवाद समाधान गरेर निर्वाचन गराउन सरकारलाई आग्रह गरे । एमालेले बहुमत ल्याउने डरले अरु दलहरु चुनावमा जान डराएको नेता राईको तर्कथियो । 

सांसदहरु यज्ञराज सुनुवार,हर्कबोल राई,सकुन्तला राजभण्डारी लगाएतका जिल्ला तहका नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तत्काल निर्वाचनमा खटिनुहोला,पार्टीको जिम्मेवारी पछि तोक्नेछौं : कुलमान घिसिङ मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु नेताहरू भ्रष्ट भए, राजनीतिलाई उनीहरूले कमाई खाने भाँडो बनाए: राजेन्द्र लिङदेन नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट काठमाडौँको फोहोर व्यवस्थापनमासमेत अन्तर्राष्ट्रिय चलखेल हुन्थ्यो: बालेन शाह आगामी निर्वाचनपछि बलियो सरकार बन्छ, जनताको समस्या समाधान हुन्छ : लामिछाने कांग्रेसले बोलायो अनुशासन समितिको बैठक लागू औषध ब्राउन सुगरसहित चार जना पक्राउ सुनचाँदीको मुल्य घट्यो पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने