बैशाख १६,ओखलढुंगा । संविधानसभा निर्वाचन २०७० मा ओखलढुंगाका २ निर्वाचन क्षेत्रबाट विजयी युवा सांसदहरु यज्ञराज सुनुवार र रामहरि खतिवडा बिच प्राय हरेक कुरामा प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख १६,ओखलढुंगा । संविधानसभा निर्वाचन २०७० मा ओखलढुंगाका २ निर्वाचन क्षेत्रबाट विजयी युवा सांसदहरु यज्ञराज सुनुवार र रामहरि खतिवडा बिच प्राय हरेक कुरामा प"/>

४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ओखलढुङ्गा - OKL

रामहरिको गाउँमा यज्ञराजको झड्का : कांग्रेसका सचिव सहितका युवा एमालेमा प्रवेश

१६ बैशाख २०७४, शनिबार १५:२२


बैशाख १६,ओखलढुंगा । संविधानसभा निर्वाचन २०७० मा ओखलढुंगाका २ निर्वाचन क्षेत्रबाट विजयी युवा सांसदहरु यज्ञराज सुनुवार र रामहरि खतिवडा बिच प्राय हरेक कुरामा प्रतिस्पर्धा हुने गरेको छ । धेरै जसो विकासे काममा हात्तेमालो गर्ने दुवै सांसद को भन्दा को अघि हुने भन्ने चिन्ताले दौडिरहेका हुन्छन् । निवार्चनमा विजयी भएपछि दुवै सांसदले विकासका खाका सार्वजनिक गरे । १४ वर्ष सम्म नबनेको सुनकोसी पुल बनाउन दुवै मिलेर दवाव दिए । समय अनुसार विकास र परिवर्तनहरु भए तर जस कस्ले लिने भन्ने दुई सांसद बिच होडबाजी चल्छ । कतिपय जिल्लामा हुने कार्यक्रमहरुमा सांसदहरु भाषण गर्दा पनि एकले अर्काको कुरा काट्न पछि पर्दैनन् । 

स्थानीय तहको निर्वाचन घोषणा भएपछि अहिले जिल्लामा पार्टी प्रवेश गर्नेहरुको लहर चलेको छ । रामहरिले केहि समय अघि यज्ञराजले चुनाव जितेको निर्वाचन क्षेत्रका विभिन्न स्थानमा गएर यज्ञराजका नजिक मानिएका रगनीका रविन रोका लगाएतका दर्जनौं युवालाई कांग्रेसमा प्रवेश गराएका थिए,भने यज्ञराजकै गाउँ श्रीचौरमा कार्यक्रम गरेर श्रीचौरका स्थानीयलाई कांग्रेसमा आकर्षित हुनेगरि भाषण गरेर यज्ञराजलाई चुनौती दिएका थिए । उक्त कार्यक्रमका बेला कांग्रेस नेताहरुले यज्ञराजको गाउँमा रामहरि हाईहाई,आफ्नै गाउँमा यज्ञराज वाईवाई भन्ने नारा लगाएका थिए । 

संगठन निर्माणमा निकै सकृय नेता मानिने सांसद सुनुवारले शुक्रबार रामहरिको गाउँमा पुगेर त्यसको जवाफ दिएका छन् । उनले रामहरिको गाउँका कांग्रेस युवाहरुलाई एमालेमा प्रवेश गराउँदै भने,‘थाक्ले अब विस्तारै कांग्रेस मुक्त गाउँ बन्दैछ’ उनले सिधै रामहरिको नाम लिएनन् तर घुमाउरो पारामा रामहरि भन्दा आफु निकै भिजन भएको नेता र कांग्रेस भन्दा एमाले जनप्रिय पार्टी भएको भन्दै थाक्ले क्षेत्रमा एमालेको जित निश्चीत रहेको समेत भन्न भ्याए । 


शुक्रबार ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका स्थित थाक्ले क्षेत्रका कांग्रेसका प्रभावशाली   युवाहरु एमालेमा प्रवेश गरेका छन् । साविकको थाक्ले गाविसका कांग्रेस गाउँ कार्यसमिति सचिव बीरबहादुर राई,सहसचिव जिवन सिंहराई गाउँकार्यसमिति सदस्य युवा नेता मन्जीत राई लगाएतका युवाहरु एमालेमा प्रवेश गरेको नेकपा एमाले ओखलढुंगाका प्रचार विभाग प्रमुख तिर्थ सुवेदीले जानकारी दिए । उनका अनुसार थाक्लेमा शुक्रबार दिनभर पार्टी प्रवेश गर्नेहरुको लहर चलेको थियो । 


कांग्रेसबाट सयौं युवा एमालेमा प्रवेश गरेको दावी गर्दै एमालेले मानेभञ्ज्याङ गाउँपालिकामा अध्यक्षको उमेद्वार बनाएका नेता रुपलाल तामाङले आफ्नो जित सुनिश्चीत बन्दै गएको दावी गरे । रामहरिका घरगाउँकै युवाहरु यज्ञराजको पार्टीमा प्रवेश गरेको विषयलाई जिल्लाका सबै पार्टीले महत्वका रुपमा लिएर विविध विश्लेषण गरिरहेका छन् । 

स्थानीय तहमा टिकट दिनुपर्ने माग गरिरहेका थाक्लेका कांग्रेसका युवाहरुले टिकटकै विषयमा विवाद भएपछि पार्टी छाडेको बताईएको छ । थाक्लेका अन्य प्रभावशाली नेताहरु पनि एमालेमा प्रवेश गर्ने र उनिहरुलाई एमाले महासचिव ईश्वर पोख्रेलले स्वागत गर्ने कार्यक्रम रहेको भएपनि कांग्रेसले केहि नेतालाई रोकेपछि कार्यक्रममा प्रमुख अतिथी बनेर एमाले पोलिटब्यूरो सदस्य शेरधन राई आएका थिए । 

सत्तारुढ दलहरु निर्वाचनबाट भाग्न खोजेको एमाले नेता शेरधन राईले आरोप लगाएका छन् । एमाले पोलिटब्यूरो सदस्य तथा पूर्व सञ्चारमन्त्री राईले शुक्रबार ओखलढुंगाको थाक्लेमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो आरोप लगाएका हुन् । नेपाली कांग्रेसको आडमा सत्ताको नेतृत्व गरिरहेको माओवादी केन्द्रले निर्वाचन घोषणा गरेपनि तोकिएको समाचारमा निर्वाचन गर्न नसकेको बताए । मधेशका मुद्धा मिलाउने नाममा निर्वाचनबाट सत्तारुढ दलहरु भाग्न खोजेको आरोप लगाए ।  जनता मतदान गर्न तयार रहेको र पार्टीका केन्द्र देखि स्थानीय तहसम्मका नेताहरु चुनावी मैदानमा उत्रिन तयार रहेको अवस्थामा निर्वाचन रोकेर देशलाई अन्यौलता तर्फ धकेलेको भन्दै तत्काल विवाद समाधान गरेर निर्वाचन गराउन सरकारलाई आग्रह गरे । एमालेले बहुमत ल्याउने डरले अरु दलहरु चुनावमा जान डराएको नेता राईको तर्कथियो । 

सांसदहरु यज्ञराज सुनुवार,हर्कबोल राई,सकुन्तला राजभण्डारी लगाएतका जिल्ला तहका नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता निर्वाचन तोकिएकै समयमा हुन्छः संयोजक दाहाल लागूऔषध खैरो हेरोइन सहित एक जना पक्राउ