बैशाख १८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार सरकार छोड्ने निर्णय गरेको छ । 

सोमबार साँझ केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बसेर सरकार "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख १८, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार सरकार छोड्ने निर्णय गरेको छ । 

सोमबार साँझ केन्द्रीय कार्य समितिको आकस्मिक बैठक बसेर सरकार "/>

2026-06-28 03:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सरकारबाट बाहिरिने राप्रपाको निर्णय

2017-05-01

बैशाख १८, काठमाडौं ।  राष्ट्रिय प्रजातन्त्र पार्टीले सोमबार सरकार छोड्ने निर्णय गरेको छ । 

सोमबार साँझ पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको आकस्मिक बैठकले सरकार छोड्ने निर्णय गगरेको हो । 

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का दुई सय ४९ सांसदको हस्ताक्षरसहित संसद् सचिवालयमा महाअघियोगको प्रस्ताव दर्ता गरे लगत्तै राप्रपाले सरकारबार बाहिरिने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाइएको विषयमा राप्रपा असन्तुष्ट छ । प्रधान न्यायाधीश विरुद्ध महाअभियोग प्रस्ताव अनुचित, अनैतिक र न्यायिक स्वतन्त्रतामाथिको हस्तक्षेप भन्दै राप्रपाले यस्तो प्रस्ताव ल्याउने दलहरुसँग सहकार्य हुन नसक्ने जनाएको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा राप्रपाबाट उपप्रधान, संघीय मामिला तथा स्थानीय विकास मन्त्री कमल थापासहित चार मन्त्री सहभागी भएका थिए ।

संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव दर्ता भएलगत्तै असन्तुष्टि जनाउदै गृहमन्त्री बिमलेन्द्र निधिले भने राजीनामा दिइसकेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी