कालिकोटमा निर्वाचनको लागि सुरक्षा तयारी अन्तिम चरणमा

Posted on: 01 May, 2017


दलसिंह गिरी/बैशाख १८, कालिकोट । स्थानीय तहको निर्वाचनको सुरक्षा तयारी अन्तिम चरणमा पुगेको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । 

जिल्लाभर करिव १ सय ७ वटा मतदान केन्द्रको सुरक्षाका लागि सम्बेदनशिल र अति सम्बेदनशिल क्षेत्र निर्धारण गरी आवश्यक सुरक्षा जनशक्ति ब्यवस्थाप अन्तिम चरणमा पुगेको कार्यालयले जनाएको हो ।

जिल्लाभर करिव ५ सय ९३ जना म्यादी प्रहरीका साथै जिल्ला भित्रको २ सय ४५ प्रहरी र जिल्ला बाहिरबाट ५ सय गरी ७ सय ४५ जना प्रहरी जनशक्ति सुरक्षाका लागि तयारी अवस्थामा रहेको जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत प्रहरी निरिक्षक सूर्यबहादुर बोगटीले बताउनु भएको छ । 

जिल्ला बाहिरबाट आउने प्रहरी जनशक्ति विशेष गरी नवलपरासी, नेपालगंज, सुर्खेत र घनगढीबाट आएको प्रहरी निरेक्षक बोगटीले बताउनु भएको हो । निर्वाचनमा प्रभावकारी सुरक्षाका लागि थप १२ वटा मोबाइल टोली समेत खटाइने तयारी रहेको बोगटीले बताउनु भएको छ । 


यसै गरी शसत्र प्रहरीका प्रहरी नायब उपरिक्षक बसन्त बहादुर बोगटीको कमाण्डमा ४२ सदस्यीय शसत्र पहरीको टोली समेत जिल्ला भित्री सकेको र बाकी भोली नै जिल्ला भित्र आइपुग्ने प्रहरी निरिक्षक बोगटीले बताउनु भएको छ । 

यता निर्वाचनका लागि आवश्यक पर्ने सम्पूर्ण अन्य सामाग्रीहरु जिल्ला भित्रिसकेको जिल्ला निर्वाचन कार्यालय कालिकोटले जनाएको छ । निर्वाचन केन्द्रमा आवश्यक पर्ने क्षेकबार, मतदान परिचय पत्र, निर्देशिका, झोला, टिसट, लगायतका सामाग्री आजै नेपाली सेनाको हेलिकप्टर मार्फत जिल्ला आइपुगेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख जित बहादुर शाहीले बताउनु भएको छ । 

१ सय ७ वटा मतदान केन्द्रमा आवश्यक पर्ने मतपेटीका भने जिल्लामा पहिले नै मौज्दात रहेकाले यो पटक नयाँ मतपेटीका नआएको बताउनु भएको छ । मतदान केन्द्रमा अति आवश्यक पर्ने १२ प्रकारका झटपट सामाग्री समेत जिल्ला निर्वाचन कार्यालयले पहिलेनै खरिद गरिसकेको जनाइएको छ । 

स्थानीय निर्वाचनका लागि आवश्यक निर्वाचन अधिकृतलाई यस अधि नै तालिम दिई सम्बन्धित निर्वाचन अधिकृत कार्यालयमा खटाइ सकिएकाले अब सहायक मतदान अधिकृतहरुका लागि यहि २० र २१ तालिमको आयोजना गरी मतदान केन्द्रमा खटाइने तयारी रहेको शाहीले बताउनु भएको छ । 

यस बिषयमा तपाइको प्रतिक्रिया...!