४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

जुम्ला - JML

विप्लप नेतृत्वको नेकपा कर्णाली व्युरो सदस्य तथा जुम्ला इन्चार्ज रविकरण प्रहरी नियन्त्रणमा

१९ बैशाख २०७४, मंगलवार १३:४४

नन्दराम जैशी | बैशाख १९, जुम्ला | जिल्ला प्रहरी कार्यालय जुम्लाले नेपाल कम्युनिष्ट पार्टीका कर्णाली व्युरो सदस्य तथा जुम्ला इन्चार्ज चन्द्रविर तिरुवा रविकरणलाई नियन्त्रणमा लिएको छ । वैशाख ३१ गते हुने स्थानिय निर्वाचनको आचारसहिंता उल्लघंन गरेको आरोपमा तिरुवालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय जुम्लाले जानकारी दिएको छ । 

तिरुवालाई आज विहान साढे नौ वजे कोठाबाट नियन्त्रणमा लिईएकोे जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख गुरुविष्णु काँफ्लेले जानकारी दिनु भएको छ । वैसाख ३१ गते हुने स्थानिय निर्वाचनलाई खलल पुग्ने क्रियाकलाप र निर्वाचन आचारसंहिता विपरित कोही कसैलाई  क्रियाकलाप गरेमा कानुनमा तोकिएको अनुसार कारवाही गरिने उहाँले बताउनुभो । यता नेपाल कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी विर्ष बहादुर शाहीले जिल्ला प्रशासन कार्यालय जुम्ला र जिल्ला प्रहरी कार्यालय जुम्लाले विना कारण रविकिरणलाई प्रहरीले नियन्त्रणमा लिनु आफ्नो कायरता देखाएको बताउनु भयो । 

सेक्रेटरी शाहीका अनुसार प्रहरी नियन्त्रणमा लिएका चन्द्रविर तिरुवा (रविकिरण) लाई आज नै रिहाइको माग गरिएको र माग सम्बोधन नभएमा आफ्ना क्रियाकलाप अगाडी बढाउने चेतवानी दिनु भएको छ । स्थानिय निर्वाचनमा आफ्नो पार्टीले भाग समेत नलिने शाहीको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता