बैशाख २०, काठमाडौँ । संवैधानिक परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २०, काठमाडौँ । संवैधानिक परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।"/>

2026-06-28 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

महालेखा परीक्षकमा नियुक्तिका लागि शर्मा सिफारिस

2017-05-03


बैशाख २०, काठमाडौँ । संवैधानिक परिषद्ले महालेखा परीक्षकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव टङ्कमणि शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा आज बसेको परिषद्को बैठकले सचिव शर्मालाई सो पदमा नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार विगत केही समयदेखि खाली रहेको महालेखा परीक्षक पदमा नियुक्तिका लागि शर्मालाई सिफारिस गरिएको हो । व्यवस्थापिका–संसद्को सार्वजनिक सुनुवाइ समितिमा सुनुवाइका लागिसमेत परिषद्ले पत्र पठाएको छ । 

सार्वजनिक सुनुवाइपछि राष्ट्रपतिले महालेखा परीक्षकमा नियुक्त गर्ने संवैधानिक व्यवस्था रहेको छ । रासससँग संक्षिप्त कुराकानी गर्नुहुँदै महालेखा परीक्षकमा सिफारिस हुनुभएका प्रधानमन्त्री कार्यालयका सचिव शर्माले मुलुकमा वित्तीय अनुशासन कायम गर्न आफूले पहल गर्ने बताउनुभयो । 

उहाँले भन्नुभयो – “वित्तीय अनुशानसन कायम गर्न मेरो तर्फबाट प्रयास रहनेछ । बेरुजु फछ्र्योटमा विशेष ध्यान दिनेछु ।” अर्थ मन्त्रालयका सहसचिवका रुपमा लामो समय काम गर्नुभएका शर्मा नेपालको आर्थिक क्षेत्रका जानकार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी