2026-06-28 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बागी उम्मेदवारलाई साथ दिएको भन्दै माओवादी नेता पार्टीबाट निष्कासन

2017-05-04

वैशाख २०, काठमाडौं । स्थानीय चुनावमा उम्मेदवारीलाई लिएर विवाद भएपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वर्तमान सांसद योगेन्द्र घिसिङलाई पार्टीले निष्कासन गरेको छ ।

पूर्व माओवादी नेता बाबुराम भट्टराई नेतृत्वको संवाद समिति र अहिले लेखा समिति सदस्य रहेका घिसिङका अनुसार पार्टीमा बागी उम्मेदवारलाई साथ दिएको आरोपमा उनलाई कुनै स्पष्टीकरणसमेत नलिई निष्कासन गरिएको हो ।

‘आज अमुक नेताको खल्तीको चिट र सनकबाट यो पार्टी चल्दै आएको छ, देशको राजनीतिक दलभित्रको लोकतान्त्रिक प्रणालीको धज्जी उडाउँदै जंगबहादुर शैलीबाट पार्टी चल्दै आएको छ भनेर गम्भीर आपत्ति र मतभेद राख्दै आएको थिएँ,’ घिसिङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज २०७० सालको दोश्रो संविधानसभा निर्वाचनमा उम्मेदवारको गाडी जलाउनेहरु र बम हान्ने तथा अराजक अवसरवादी गिरोहद्वारा निष्कासन गरेको विज्ञप्ति निकालेको पाएँ ।’ 

घिसिङका अनुसार उनलाई ललितपुर जिल्लामा पार्टीविरुद्ध दुई पूर्व लडाकुलाई बागी उम्मेदवार बनाएको आरोप लागेको छ । 

घिसिङले माओवादी पार्टीले पुराना स्वच्छ छविका मानिसलाई उम्मेदवार बनाउनुको साटो ‘जाली फटाहा’ लाई उम्मेदवार बनाएको भन्दै पार्टी नेता वर्षमान पुनलाई आरोप लगाएका छन् । 

उनले विज्ञप्तिमा भनेका छन्, ‘नेकपा मावोवादी केन्द्र मुठ्ठीभरको माफिया र ठेकेदारको ग्रयाण्ड डिजाइनबाट चलिरहेको विषय दुनियालाई छर्लंग छ ।’ 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी