कृष्ण कँडेल/बैसाख २२, बागलुङ । नेकपा एमाले ढोरपाटन नगर संगठन समितिको अयोजनामा विहिबार बुर्तिबाङ बसपार्कमा उम्मेद्धार सहितको चुनाबि सभा भएको छ । 

"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कृष्ण कँडेल/बैसाख २२, बागलुङ । नेकपा एमाले ढोरपाटन नगर संगठन समितिको अयोजनामा विहिबार बुर्तिबाङ बसपार्कमा उम्मेद्धार सहितको चुनाबि सभा भएको छ । 

"/>

२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

ढोरपाटन नगरको बुर्तिबाङ बसपार्कमा एमालेको पहिलो चुनाबि सभा

२०७४, २२ बैशाख शुक्रबार ०१:५७


कृष्ण कँडेल/बैसाख २२, बागलुङ । नेकपा एमाले ढोरपाटन नगर संगठन समितिको अयोजनामा विहिबार बुर्तिबाङ बसपार्कमा उम्मेद्धार सहितको चुनाबि सभा भएको छ । 

वडा नम्बर–१ को चुनाबि सभामा नगर मेयरका उम्मेद्धार देबकुमार नेपाली, उपमेयरका उम्मेद्धार करमती पुन, वडा अध्यक्ष तथा सदस्यका उम्मेद्वार सहित एमाले नेता कार्याकर्ता सहभागी थिए । 

कार्यक्रममा बोल्दै नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य गोविन्द नेपालीले नेकपा एमालले मुलुकको स्वाभिमान बचाउने भन्दै राष्ट्रिय स्वाधिनताका लागि एमालेका उम्मेद्धार विजयी हुनुपर्नेमा जोड दिनुभयो  । 

उहाँले समाजिक सुरक्षा भत्ता, स्थानिय विकासका लागि तल्लो तहमा बजेट विनियोजन जस्ता जनमुखि कार्यको थालने एमालेले गरेको बताउनुभयो । नेपालीले दलित समुदायको बाहुल्यता रहेको ढोरपाटन नगरमा एमालेले समाबेशी सिद्धान्तका आधारमा दलित समुदायकै उम्मेद्वार बनाएको बताउनुयभो । बैकल्पिक केन्द्रिय सदस्य नेपालीले देशैभर र ढोरपाटन नगरपालिकामा पनि एमाले उम्मेद्वारको बिजय सुनिष्चित रहेको दाबि गर्नुभयो । 

कार्यक्रममा ढोरपाटन नगरपालिकाको मेयर पदका उम्मेद्धार देबकुमार नेपालीले स्थानिय विकास र समृद्धिको लागि व्यक्तिगत तथा राजनितिक स्वार्थबाट माथि उठेर काम गर्नुपर्ने बताउनुभयो । 

उहाँले आफुले अहिलेसम्म कुनै सरकारी पद धारण नगरे पनि निजी लगानीबाट पश्चिम बागलुङको दुर्गमा ठाउँको विकास र सुधारमा निरन्तर काम गर्दै आएको भन्दै त्यसको निरन्तरताको लागि आफुलाई विजयी बनाउन आब्हान गर्नुभयो । 

कार्यक्रममा अखिल नेपाल किसान महासंघका स्थायि समिति सदस्य मोहनलाल शर्मा, बेगबहादुर पुन, कम्युनिष्ट अगुवा दलिराम शर्मा, ढोरपाटन नगर संगठन समितिका सहसंयोजक केसर छन्त्याल लगायतले मन्तव्य राख्नुभएको थियो । 

सभासुरु हुनु अघि बाजागाजा सहित उम्मेद्वारको अगुवाईमा भएको ¥याली बुर्तिबाङ बजारको विभिन्न ठाउँमा पुगेर बसपार्क पुगेको थियो । कार्यक्रम नेकपा एमाले ढोरपाटन नगरसंगठन समितिका संयोजक लक्ष्मण पुनको अध्यक्षता र सुनिलकुमार घर्तीको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर स्वदेश फर्कन चाहने नेपालीहरूलाई आवेदन दिन कतारस्थित दूतावासको अनुरोध श्रम संस्कृति पार्टीले टुंग्यायो चार जना समानुपातिक सांसदकाे नाम सभापति थापालाई ३० बढी नेताहरूले पदबाट राजीनामा नदिन आग्रह ग्याँस र इन्धनको कृतिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्नेमाथि महानगरपालिकाको निगरानी