2026-06-28 05:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पहिलो चरणको निर्वाचनमा ५० हजार उम्मेदवार

2017-05-05

बैशाख २२, काठमाडौँ  । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा विभिन्न पदमा उम्मेदवारी दिनेहरु करिब आधा लाख छन् ।

पहिलो चरणमा निर्वाचन हुने तीन प्रदेशअन्तर्गत ३४ जिल्लाका दुई सय ८३ स्थानीय तहका विभिन्न पदमा ४९ हजार सात सय ५४ जनाले उम्मेदवारी दिएको निर्वाचन आयोगले शुक्रवार आज जनाएको छ ।

उक्त निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् । आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माका अनुसार अध्यक्ष तथा प्रमुखमा हजार नौ सय ४३, उपप्रमुख तथा उपाध्यक्षमा एक हजार चार सय ४५, वडाध्यक्ष १० हजार नौ सय ६०, दुई वडा सदस्यमा १८ हजार छ सय ८४, महिला वडा सदस्य नौ हजार एक सय ३९, दलित महिला वडा सदस्यमा सात हजार पाँच सय ८३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहको १३ हजार पाँच सय ५६ पदका लागि उक्त उम्मेदवारी परेको हो ।

सबैभन्दा बढी काठमाडौँ महानगरपालिकाका आठ सय ८७ र सबैभन्दा कम मनाङ जिल्लाको नारफु गाउँपालिकामा २३ जनाको उम्मेदवारी दर्ता भएको आयोगले जनाएको छ ।

यस्तै पोखरा–लेखनाथ महानगरपालिकामा आठ सय ६५, भरतपुर महानगरपालिकामा सात सय र ललितपुर महानगरपालिकामा छ सय ३८ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ता गराएकामध्ये एक हजार चार सय ९८ जनाले उम्मेदवारी फिर्ता लिएको विवरण हालसम्म आयोगमा प्राप्त भएको जनाइएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी