पढ्न करिब 1 मिनेट लाग्छ

बैशाख २३, रुकुम | रुकुमको चौरजहारीमा निर्वाचन प्रचारको लागि एमाले कार्यकर्ता चढेको गाडी दुर्घटनामा परेको छ |

चौरजहारी नगरपालिकाको वडा नम्बर ३ स्यालखोलामा गाडी दुर्घटना हुँदा एमालेका केहि कार्यकर्ता घाइते समेत भएका छन् |

एमालेको गाडी दुर्घटना हुँदा नजिकै रहेका माओवादी कार्यकर्ताहरुले घाइतेको उद्दार गरेको छ | चुनाबी अभियानका क्रममा प्रयोग गरिएको नेकपा एमाले रुकुमको जीप सडकमा पल्टेको थियो |

सोहि क्रममा नेकपा माओबादी केन्द्र निकट वाईसिएलका कार्यकर्ताहरु पनि निर्वाचन प्रचारकै क्रममा रहेको अवस्थामा एमाले कार्यकर्ताहरु समस्यामा देखेपछी उद्धार गरेर सहयोग गरेका छन ।