४ माघ २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

संयमित भएर चुनाव प्रचार गर्न आग्रह

२४ बैशाख २०७४, आईतवार ११:४०

बैशाख २४, गोरखा । चुनाव प्रचारप्रसारका क्रममा नेकपा माओवादी केन्द्र गोरखाले नयाँ शक्ति पार्टीका कार्यकर्तालाई आक्रमण गरेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले दललाई संयमित भएर चुनाव प्रचारप्रसार गर्न आग्रह गरेको छ । 

शनिबार साँझ माओवादीको आक्रमणबाट चारजना नयाँ शक्तिका कार्यकर्ता घाइते भएपछि आज सदरमुकाममा बैठक डाकेर मुख्य निर्वाचन अधिकृत वसन्तराज पौडेलले संयमित भएर आचारसंहिता पालना गर्दै चुनाव प्रचार गर्न आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, “चुनावी प्रचारका लागि उम्मेदवारले चारपाङ्ग्रे एउटा गाडी र दुईवटा मोटरसाइकल अनुमति लिएर प्रयोग गर्न पाइन्छ । अनुमति नलिई प्रयोग गरिएका सवारी फेला पारेमा कानुनअनुसार कारबाही गर्छौं ।”

एउटा पार्टीले अर्को पार्टीको आलोचना गर्न नहुने, साम्प्रदायिक भावना तथा वर्गविशेषको आलोचना गर्न नहुने आचारसंहितामा उल्लेख रहेकाले त्यसो गरेको भेटिएमा रु एक लाखसम्म जरिवाना र उम्मेदवारी नै रद्द गर्न सकिने चेतावनी पनि पौडेलले दिनुभयो । 

प्रजिअ जितेन्द्र बस्नेतले नयाँ शक्तिका कार्यकर्तामाथि आक्रमण र सवारी तोडफोडमा संलग्नमध्ये एकजनालाई प्रहरीले पक्राउ गरिसकेको जानकारी दिनुभयो । यस्तै प्रजिअ बस्नेतले कानुन हातमा लिने जो कोहीलाई नछाड्ने चेतावनी दिनुभयो ।

दुई नगरपालिकासहित नौवटा गाउँपालिकाभित्र रहेका दुई सय १३ निर्वाचनस्थलमा सुरक्षाफौज, निर्वाचन अधिकृतलगायत कर्मचारी, निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामग्री पु¥याएको भन्दै प्रजिअ बस्नेतले सहायक प्रजिअ केशवराज शर्माको संयोजकत्वमा प्रनाउ, मेजर रहेको सुरक्षा सेल गठन गरिसकिएको जानकारी दिनुभयो । गोरखाका सम्पूर्ण नाकामा सुरक्षाको व्यवस्था कडाइ गरिएको छ । अन्य जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाको थप जनशक्ति गोरखा ल्याइएको छ । 

निर्वाचनको सूक्ष्म अनुगमन गर्न खटिनुभएका सहसचिव शिवराम न्यौपानेले एकै स्थान, एकै समय र एकै रुटमा भिन्न दुई पार्टीको कार्यक्रम गर्दा झडप हुनसक्ने भएकाले एकै समयमा दुई पार्टीको कार्यक्रम नराख्न दललाई आग्रह गर्नुभयो । बिनापूर्वाग्रह आफ्नो भूमिका निर्वाह गरेमा निर्वाचन सफल हुने उहाँको भनाइ छ । मैत्रीपूर्ण तवरले दलले चुनावको प्रचारप्रसार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

नयाँ शक्ति पार्टीका तर्फबाट गोरखा नगरपालिकाको प्रमुख पदका उम्मेदवार ज्ञानेन्द्र कुमालले नेकपा ९माओबादी केन्द्र०का वाइसिएलले आफ्ना कार्यकर्तामाथि नियोजितरुपमा आक्रमण गरेको बताउनुभयो । 

उहाँले भन्नुभयो, “म पूर्वमाओवादी कार्यकर्ता भएको हिसाबले मलाई राम्रोसँग थाहा छ कि माओवादीको चुनावी रणनीति कस्तो हुन्छ भन्ने । शनिबार नियोजितरुपमा माओवादीले हामीमाथि आक्रमण गरेका हुन् । उनीहरुले क्षमा माग्नुपर्छ, घाइतेको उपचार र तोडफोड भएका जिप, मोटरसाइलको मर्मत गरिदिनुपर्छ ।” 

नेकपा माओवादी केन्द्रका नेता राजकुमार कोइरालाले आफूहरुले नयाँ शक्तिमाथि नियोजितरुपमा आक्रमण नगरेको बताउनुभयो । “हाम्रा साथीहरुले लालसलाम भनेपछि नयाँ शक्तिका साथीले अश्लील शब्द उच्चारण गर्नुभयो । त्यसपछि सामान्य भनाभन भएको हो”, उहाँले भन्नुभयो । नयाँ शक्तिका जिल्ला संयोजक रमेश पोखरेलले प्रहरी, प्रशासनले दोषी खोज्नमा ढिलाइ गर्दै आएको बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता