बैशाख २६, काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरकारमा प्रतिनिधित्व गर्ने तीन राज्य मन्त्रीले मंगलबार दिउँसो पद तथा गोपनियताको सपथ लिएका छन् ।

मं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बैशाख २६, काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरकारमा प्रतिनिधित्व गर्ने तीन राज्य मन्त्रीले मंगलबार दिउँसो पद तथा गोपनियताको सपथ लिएका छन् ।

मं"/>

2026-06-28 10:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

यी हुन् सरकारमा थपिएका तीन राज्यमन्त्री

2017-05-09

बैशाख २६, काठमाडौं । मधेशी जनअधिकार फोरम लोकतान्त्रिकबाट सरकारमा प्रतिनिधित्व गर्ने तीन राज्य मन्त्रीले मंगलबार दिउँसो पद तथा गोपनियताको सपथ लिएका छन् ।

मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा आयोजित औपचारिक समारोहमा राज्य मन्त्रीहरुले सपथ लिएका हुन् । नवनियुक्त राज्य मन्त्रीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सपथ गराएका छन् ।

सपथ लिने राज्य मन्त्रीहरुमा भूमिसुधार तथा व्यवस्था राज्य मन्त्रीमा यशोदा कुमारी लामा, संघीय मामिला तथा स्थानीय विकास राज्य मन्त्रीमा जनकराज चौधरी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्रीमा सुमित्रा थरुनी हुन् ।

सोमबार विजयकुमार गच्छदारको नेतृत्वमा फोरम लोकतान्त्रिक सरकारमा सहभागी भएको थियो । पार्टी अध्यक्षसमेत रहेका गच्छदारले उपप्रधान तथा स्थानीय विकास, जितेन्द्र देवले पर्यटन र गोपाल दहिले भूमिसुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जेनजी आन्दोलनसम्बन्धी छानबिन प्रतिवेदन उपलब्ध गराउन मानवअधिकार आयोगमा केपी ओलीले दिए निवेदन उदयपुरमा टिपर दुर्घटनामा परेर ७ जना घाइते पेस्तोल र पाँच राउन्ड गोलीसहित दुई जना पक्राउ सुकुम्बासी र भूमिहीनहरुले गरे माइतीघरमा प्रदर्शन अरनिको राजमार्गमा १५ दिन राति सवारीसाधन आवागमनमा रोक ३५–३६ वर्षको हुनेबित्तिकै सबै बालेन शाह हुँदैनन्: राजेन्द्र लिङ्देन छोराको कुटपिटबाट आमाको मृत्यु टिपरको ठक्करबाट एक जना मजदुरको मृत्यु कांग्रेस नेता अभिषेक गिरी पक्राउ काठमाडौँमा बर्डफ्लु संक्रमण बढ्दै, ११ जिल्लाका ८२ स्थानमा संक्रमण पुष्टि एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते हुने वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने ४ जना पक्राउ सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी रास्वपाको पदाधिकारी निर्वाचन अन्तर्गत मतदान जारी प्रतिनिधि सभा बैठक फेरि सूचना टाँसेर स्थगित सुनको मूल्य बढ्दा चाँदीको घट्यो ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी