2026-09-03 06:51 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आचारसंहिता उल्लङ्घन गर्ने ६ शिक्षकविरुद्ध उजुरी

बैशाख २६, डोल्पा । निर्वाचन आचारसंहिता विपरीत चुनाव प्रचार गरेको भन्दै यहाँका छजना शिक्षकविरुद्ध मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको छ । 

नेकपा (एमाले) समर्थक शिक्षक सङ्गठनका आबद्ध रहेका बलभद्र प्राविका शिक्षक केशव थापा, सोही विद्यालयका चन्द्र बुढा, ज्योति प्राविका गङ्गाबहादुर बुढा, त्रिपुरा माविका प्रअ कृष्णबहादुर बोहोरा र हिमज्योति प्राविका प्रअ तुलबहादुर बिष्ट र धुव्रतारा प्राविका शिक्षक शेरबहादुर बुढाविरुद्ध निर्वाचन कार्यालयमा उजुरी परेको हो । 

नेपाल शिक्षक सङ्गठनमा आबद्ध ती शिक्षकले विद्यालयको समयमा पढाउन छाडेर खुलारुपमा एमालेका उम्मेदवारको पक्षमा भोट माग्दै चुनावी सभामा सहभागी भएको भन्दै कारबाही गरिपाऊँ भनी माओवादी केन्द्रका कार्यकर्ता जयबहादुर रोकायले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यही वैशाख २४ मा किटानी उजुरी दिएका हुन् । रोकाय डोल्पो क्याम्पस डोल्पाका स्ववियु सभापतिसमेत हुन् । 

मुख्य निर्वाचन अधिकृत सनतकुमार लवर्टका अनुसार आरोपित शिक्षकलाई कारबाही किन नगर्ने भन्ने सम्बन्धमा प्रारम्भिक प्रक्रियाअन्तर्गत जिल्ला शिक्षा कार्यालयमार्फत स्पष्टीकरण मागिएको छ । आयोगलाई चित्तबुझ्दो कारण खुलाउन नसकेको खण्डमा तथा निवेदक रोकायले आवाश्यक प्रमाण जुटाउन सकेकामा शिक्षक पदबाट निलम्बनका लागि सिफारिस गरिनेसमेत मुख्य निर्वाचन अधिकृत लवर्टले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धारिलो हतियार प्रहार गरी लुटपाट गर्ने तीन जना पक्राउ उपत्यकामा कुनै पनि व्यवसायीलाई ग्यास वितरण नगर्ने निगमको निर्णय कांग्रेस कार्यसम्पादन समितिको बैठक शनिबार बस्दै देउवा समूहको प्रस्ताव : कांग्रेसको १५औँ महाधिवेशन मंसिर २१–२३ मा प्रधानमन्त्री बालेनको कार्यशैलीप्रति प्रचण्ड असन्तुष्ट, भने– ‘यो घमण्डले समस्या समाधान हुँदैन’ ९६ घण्टापछि रेस्क्युको टिम गयो त्यो पनि सरकारको होइन : ज्ञानेन्द्र शाही सुरुङ उद्धारमा ढिलाइ प्राविधिक जटिलताले भएको हो : प्रधानमन्त्री बालेन मन्त्रीका परिवार सुरुङमा फसेको भए आफैँ खोस्रिन जानुहुन्थ्यो ? : भीष्मराज आङदेम्बे संसदमा बाढीको अवस्थाबारे जानकारी दिएर प्रधानमन्त्री बालेन बाहिरिए संकटमा नेतृत्वले आँसु होइन, हिम्मत र भरोसा दिनुपर्छ : प्रधानमन्त्री शाह प्रतिनिधि सभाको बैठक सुरू बाढीपछि प्रधानमन्त्री बालेन शाहले आज संसदमा सम्बोधन गर्दै नागढुंगा सडक भासिएपछि सुरुङमार्ग खुला, पेट्रोलियम र दुईपाङ्ग्रे सवारीलाई एकतर्फी व्यवस्था भोटेकोशी र त्रिशूलीमा पानीको सतह बढ्ने, आकस्मिक बाढीको उच्च जोखिम भोटेकोशी बाढी प्रभावितको राहतमा संसद् सचिवालयका २० कर्मचारी परिचालन भोटेकोशी–त्रिशुली बाढीमा मृत्यु हुनेको संख्या १,११४ पुग्यो, ३,९१६ अझै बेपत्ता सुनचाँदीको मूल्यमा भारी गिरावट बाढीमा बेपत्ताको खोजीलाई पहिलो प्राथमिकता दिनुपर्छ : कांग्रेस बाढीपीडित उद्धार र राहतका लागि एमालेले गठन गर्‍यो ४० सदस्यीय समिति भोटेकोशी विपद्को क्षतिपूर्तिसहित हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ : ज्ञानेन्द्र शाही