बैशाख २६, काठमाडौँ । पैसठ्ठीऔँ कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले आज आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर प"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बैशाख २६, काठमाडौँ । पैसठ्ठीऔँ कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले आज आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर प"/>

२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राज्यका अङ्गहरुले आ-आफ्नो भूमिका निर्वाह गर्नुपर्छ: प्रधानन्यायाधीश

२०७४, २६ बैशाख मंगलवार १३:३३


बैशाख २६, काठमाडौँ । पैसठ्ठीऔँ कानुन दिवसका अवसरमा सर्वोच्च अदालतले आज आयोजना गरेको जलपान समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुन सहभागी हुनुभएको छ । 

सर्वोच्च अदालत परिसरमा आयोजना भएको सो समारोहमा प्रधानन्यायाधीश सुशीला कार्कीले न्यायलाई छिटोछरितो, गुणस्तरीय र प्रभावकारी बनाउन लागिरहेको बताउनुभयो । 

“न्यायमा सर्वसाधरणको पहुँच बढाउन र वास्तविक अर्थमा कानुनको शासनलाई साकार तुल्याउन कानुन दिवसले थप हौसला प्रदान गरोस्”– उहाँले भन्नुभयो । 

प्रधानन्यायाधीश कार्कीले स्वतन्त्र र सक्षम न्यायपालिका लोकतन्त्रको धरोहर भएको उल्लेख गर्दै जनताको हकअधिकार प्रतिकूल क्रियाकलाप गरिनु कोही कसैको हितमा नहुने बताउनुभयो । 

“न्यायपालिका एउटा मान्यता र पद्धतिमा चल्ने राज्यको एक संवेदनशील निकाय हो, कुनै वर्ग वा व्यक्तिगत स्वार्थका आधारमा न्यायपालिकाको स्थापित मूल्य र मान्यतामा कहीँ कतैबाट अतिक्रमण हुनु कसैको पनि हितमा हुँदैन” उहाँले भन्नुभयो– “न्यायपालिकाको स्वतन्त्रतामा कुठाराघात भएमा कानुनको शासन धरमराउँछ, प्रजातन्त्र डगमगाउँछ, नागरिकका हकअधिकार प्रवद्र्धन कठिन हुन पुग्छन् ।” 

प्रधानन्यायाधीश कार्कीले न्यायपालिकाको स्वतन्त्रता सुनिश्चित गरी सक्षमता अभिवृद्धि गर्नु सबैको साझा कर्तव्य भएको उल्लेख गर्दै न्यायपालिकाको समसामयिक सुधार, न्यायिक प्रक्रियाको सरलीकरण, न्यायिक कम कारबाहीलाई छिटोछरितो एवम् न्यायमा पहुँच बढाउने तथा न्यापालिकाप्रति जनआस्था अभिवृद्धि गर्ने लक्ष्यका साथ न्यायपालिकाले पञ्चवर्षीय रणनीतिक योजना कार्यान्वयनमा ल्याएको छ भन्नुभयो । 

नेपाली जनताको त्याग, समर्पण र बलिदानको परिणामस्वरुप जारी भएको नेपालको संविधानको सफल कार्यान्वयन राष्ट्रिय प्राथमिकताको सर्वाधिक महत्वपूर्ण विषय बनेको बताउँदै उहाँले मानव अधिकार, कानुनको शासन, संविधानवाद र समावेशीतासहितको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्नुपर्नेमा जोड दिनुभयो । 

प्रधानन्यायाधीश कार्कीले शक्ति पृथकीकरणको सिद्धान्तअनुसार राज्यका अङ्गहरु आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिदैं “राज्यका प्रमुख अङ्गहरु एक आपसमा प्रतिस्पर्धी नभएर सहकार्यताको भावनाका साथ आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्नुभयो ।” 

समारोहमा पूर्वप्रधानन्यायाधीशहरु, प्रधान सेनापति, मुख्य सचिव, सर्वोच्च अदालतका न्यायाधीश, उच्च अदालतका न्यायाधीश तथा कानुनव्यवसायीको पनि सहभागिता थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ