दलसिंह गिरी/बैशाख २८, कालिकोट । राज्यको हरेक निकाय तथा समुदायमा हुने गतिविधिमा महिलाहरुको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने भन्दै नेपालको संविधान २०७२ मा ब्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख २८, कालिकोट । राज्यको हरेक निकाय तथा समुदायमा हुने गतिविधिमा महिलाहरुको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने भन्दै नेपालको संविधान २०७२ मा ब्य"/>

२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मतदान अधिकृतहरुमा महिलाको प्रतिनिधित्व छिटफुट

२८ बैशाख २०७४, बिहीबार १३:१०


दलसिंह गिरी/बैशाख २८, कालिकोट । राज्यको हरेक निकाय तथा समुदायमा हुने गतिविधिमा महिलाहरुको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने भन्दै नेपालको संविधान २०७२ मा ब्यवस्था रहे पनि यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि खटिएका मतदान अधिकृतहरु मध्य महिला प्रतिनिधित्व एकदमै न्युन देखिएको छ । 

कालिकोट जिल्लामा रहेका ३ वटा नगरपालिका र ६ वटा गाउपालिकामा रहेका कुल १ सय ७ वटा मतदान केन्द्रमा खटिएका १ सय ७ वटै मतदान अधिकृतहरु मध्य जम्मा ४ जनामात्र महिला कर्मचारीको प्रतिनिधित्व रहेको छ । सरकारी सेवामा कार्यरत महिला शिक्षक तथा निजामती कर्मचारी जिल्लाभर करिव ३५ प्रतिशत रहेपनि धेरैजसो महिला कर्मचारी निर्वाचनमा खटिन अनइच्छा देखाएका कारण महिला प्रतिनिधित्व कम देखिएको हो । 

अर्कोतर्फ मतदान अधिकृतको रुपमा खटिने कर्मचारीहरु सरकारी सेवामा सुब्बा तथा अधिकृत स्तरको हुनुपर्ने ब्यवस्था रहेकाले यसमा महिला जनशक्ति न्युन भएकाले मतदान अधिकृतमा महिलाको संख्या कम देखिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिस केशबराज पाण्डेले बताउनु भएको छ ।

स्थानीय तहको निर्वाचनका लागि चाहिने आवश्यक जनशक्ति ब्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई रहेकाले कर्मचारी ब्यवस्थापन बारे बढी जिम्मेवारी जिल्ला प्रशासन कार्यालय रहेको बताउनु भएको छ । 

मतदान केन्द्रमा खटाइएका स्थानीय कर्मचारीहरु प्राय घर पायक मतदान केन्द्रमा खटाइनु नहुने निर्वाचन आयोगले आचार संहिता जारी गरेपनि जिल्लाका कुनै–कुनै केन्द्रहरुमा कर्मचारी घरपाएकमा खटाईएको भन्ने हल्ला छ नि भन्ने प्रश्नमा मुख्य निर्वाचन अधिकृत पाण्डेले हाल जिल्लामा कार्यरत कर्मचारीहरु मध्य १० प्रतिशत कर्मचारी पनि जिल्ला भित्रका नरहेको बताउनु भएको छ । 

सरकारी सेवामा रहदै गर्दा राज्यबाट उपलब्ध दुर्गम भत्ता पाउने स्वार्थमा समेत प्राय सबै कर्मचारीहरुले जिल्ला बाहिर बसाई सराई गरेका कारण जिल्ला भित्रकै कर्मचारी छुट्याउन नसकिएको बताउनु भएको छ । 

निर्वाचनमा खटिएका कर्मचारी सकभर आफ्नै घरपायकमा नखटिएको हुन सक्ने तर अकलझुकल कोही पर्नु भएको छ भने आफ्नो जिम्मेवारीलाई मध्यनजर गरी काम गर्न आग्रह गर्नु भएको छ । 

निर्वाचनको पूर्ब तयारीबारे जानकारी दिदै मुख्य निर्वाचन अधिकृत पाण्डेले अब आज राती १२ बजेदेखि निर्वाचन अवधि सम्म चुनाव प्रचार प्रशारका कुनैपनि गतिविधि गर्न नपाइने गरी मौन समय सिमा निर्धारण गरेकाले कुनै पनि राजनैतिकदलहरुले भोलिबाट खुलारुपमा प्रचारप्रशार नगर्न आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य