दलसिंह गिरी/बैशाख २८, कालिकोट । राज्यको हरेक निकाय तथा समुदायमा हुने गतिविधिमा महिलाहरुको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने भन्दै नेपालको संविधान २०७२ मा ब्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

दलसिंह गिरी/बैशाख २८, कालिकोट । राज्यको हरेक निकाय तथा समुदायमा हुने गतिविधिमा महिलाहरुको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने भन्दै नेपालको संविधान २०७२ मा ब्य"/>

२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

मतदान अधिकृतहरुमा महिलाको प्रतिनिधित्व छिटफुट

२०७४, २८ बैशाख बिहीबार १३:१०


दलसिंह गिरी/बैशाख २८, कालिकोट । राज्यको हरेक निकाय तथा समुदायमा हुने गतिविधिमा महिलाहरुको अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्ने भन्दै नेपालको संविधान २०७२ मा ब्यवस्था रहे पनि यहि बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि खटिएका मतदान अधिकृतहरु मध्य महिला प्रतिनिधित्व एकदमै न्युन देखिएको छ । 

कालिकोट जिल्लामा रहेका ३ वटा नगरपालिका र ६ वटा गाउपालिकामा रहेका कुल १ सय ७ वटा मतदान केन्द्रमा खटिएका १ सय ७ वटै मतदान अधिकृतहरु मध्य जम्मा ४ जनामात्र महिला कर्मचारीको प्रतिनिधित्व रहेको छ । सरकारी सेवामा कार्यरत महिला शिक्षक तथा निजामती कर्मचारी जिल्लाभर करिव ३५ प्रतिशत रहेपनि धेरैजसो महिला कर्मचारी निर्वाचनमा खटिन अनइच्छा देखाएका कारण महिला प्रतिनिधित्व कम देखिएको हो । 

अर्कोतर्फ मतदान अधिकृतको रुपमा खटिने कर्मचारीहरु सरकारी सेवामा सुब्बा तथा अधिकृत स्तरको हुनुपर्ने ब्यवस्था रहेकाले यसमा महिला जनशक्ति न्युन भएकाले मतदान अधिकृतमा महिलाको संख्या कम देखिएको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधिस केशबराज पाण्डेले बताउनु भएको छ ।

स्थानीय तहको निर्वाचनका लागि चाहिने आवश्यक जनशक्ति ब्यवस्थापनको जिम्मेवारी जिल्ला प्रशासन कार्यालयलाई रहेकाले कर्मचारी ब्यवस्थापन बारे बढी जिम्मेवारी जिल्ला प्रशासन कार्यालय रहेको बताउनु भएको छ । 

मतदान केन्द्रमा खटाइएका स्थानीय कर्मचारीहरु प्राय घर पायक मतदान केन्द्रमा खटाइनु नहुने निर्वाचन आयोगले आचार संहिता जारी गरेपनि जिल्लाका कुनै–कुनै केन्द्रहरुमा कर्मचारी घरपाएकमा खटाईएको भन्ने हल्ला छ नि भन्ने प्रश्नमा मुख्य निर्वाचन अधिकृत पाण्डेले हाल जिल्लामा कार्यरत कर्मचारीहरु मध्य १० प्रतिशत कर्मचारी पनि जिल्ला भित्रका नरहेको बताउनु भएको छ । 

सरकारी सेवामा रहदै गर्दा राज्यबाट उपलब्ध दुर्गम भत्ता पाउने स्वार्थमा समेत प्राय सबै कर्मचारीहरुले जिल्ला बाहिर बसाई सराई गरेका कारण जिल्ला भित्रकै कर्मचारी छुट्याउन नसकिएको बताउनु भएको छ । 

निर्वाचनमा खटिएका कर्मचारी सकभर आफ्नै घरपायकमा नखटिएको हुन सक्ने तर अकलझुकल कोही पर्नु भएको छ भने आफ्नो जिम्मेवारीलाई मध्यनजर गरी काम गर्न आग्रह गर्नु भएको छ । 

निर्वाचनको पूर्ब तयारीबारे जानकारी दिदै मुख्य निर्वाचन अधिकृत पाण्डेले अब आज राती १२ बजेदेखि निर्वाचन अवधि सम्म चुनाव प्रचार प्रशारका कुनैपनि गतिविधि गर्न नपाइने गरी मौन समय सिमा निर्धारण गरेकाले कुनै पनि राजनैतिकदलहरुले भोलिबाट खुलारुपमा प्रचारप्रशार नगर्न आग्रह समेत गर्नु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते