२०८२, २ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

भोटको विषयलाई लिएर परिवारभित्रै कुटाकुट, आठ घाइते, छ जना पक्राउ

२०७४, २८ बैशाख बिहीबार १५:१९

दलसिंह गिरी/बैशाख २८, कालिकोट । भोट कसलाई हाल्ने भन्ने बिषयलाई लिएर परिवारभित्रै कुटाकुट हुदा ८ जना घाइते भएका छन् । 

तिलागुफा नगरपालिका वडा नं. ५ का रोकाया परिवारमा भोट कलाई हाल्ने भन्ने विषयमा  विवाद भै झडप हुदा परिवारका ८ जना सदस्य घाइते भएका हुन् । 

स्थानीय प्रेम रोकायाको घरमा भोटको विषयमा झडप हुदा प्रेम रोकाया, शिव रोकाया, मायादेबी रोकाया, दानबहादुर रोकाया, पदम रोकाया, नैना रोकाया, मनबहादुर रोकाया र अली रोकाया घाइते भएका छन् । 

घाइने सबैलाई आजै जिल्ला अस्पतालमा उपचारको लागि ल्याई गम्भीर घाइते प्रेम रोकाया र शिव रोकायालाई सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज तिर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । अन्य अली रोकायाको जिल्ला अस्पतालमै उपचार भैरहेको र बाकी सामान्य उपचारपछि घर फर्किएका छन् । 

झडप गराउन संलग्न रहेको आरोपमा स्थानीय विरेन्द्र रोकाया, सूर्य रोकाया, धनराम रोकाया, कमल रोकाया, कल रोकाया र धर्म रोकायालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्याल्य प्रहरी उपरिक्षक सूर्य बहादुर बोगटीले जानकारी दिनु भएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ प्रधानमन्त्री कार्कीद्वारा जिल्ला प्रशासन कार्यालयको निरीक्षण इन्धनको मूल्यवृद्धिसँगै गाडी भाडा बढाउन माग महाकाली नदीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट सिकार खेल्न गएका ५ जना बेपत्ता काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहाेरको मात्रा घटाउँदै नवलपरासी कारागारबाट भागेका १८० कैदी अझै फरार दुई फरार प्रतिवादीहरु पक्राउ इनिशा विक हत्याका दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै विरोध प्रदर्शन आँखामा कालोपट्टी बाँधेर सडकमा उत्रिए जेनजी रवि लामिछानेको अभियोग संशोधन फिर्ता विरुद्धको रिटमा सुनुवाइ हुँदै सीके राउतले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गरे भारतकाे एक अस्पतालमा भीषण आगलागी, १० जना बिरामीको मृत्यु सुनको मूल्य सामान्य बढ्दा चाँदीको घट्यो फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन एमालेमा नेतृत्व परिवर्तन हुँदैन: महेश बस्नेत प्रतिनिधिसभा निर्वाचनमा ४.७ प्रतिशत मत बदर