भोटको विषयलाई लिएर परिवारभित्रै कुटाकुट, आठ घाइते, छ जना पक्राउ

Posted on: 11 May, 2017

दलसिंह गिरी/बैशाख २८, कालिकोट । भोट कसलाई हाल्ने भन्ने बिषयलाई लिएर परिवारभित्रै कुटाकुट हुदा ८ जना घाइते भएका छन् । 

तिलागुफा नगरपालिका वडा नं. ५ का रोकाया परिवारमा भोट कलाई हाल्ने भन्ने विषयमा  विवाद भै झडप हुदा परिवारका ८ जना सदस्य घाइते भएका हुन् । 

स्थानीय प्रेम रोकायाको घरमा भोटको विषयमा झडप हुदा प्रेम रोकाया, शिव रोकाया, मायादेबी रोकाया, दानबहादुर रोकाया, पदम रोकाया, नैना रोकाया, मनबहादुर रोकाया र अली रोकाया घाइते भएका छन् । 

घाइने सबैलाई आजै जिल्ला अस्पतालमा उपचारको लागि ल्याई गम्भीर घाइते प्रेम रोकाया र शिव रोकायालाई सामान्य उपचार पछि थप उपचारका लागि नेपालगञ्ज तिर रिफर गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । अन्य अली रोकायाको जिल्ला अस्पतालमै उपचार भैरहेको र बाकी सामान्य उपचारपछि घर फर्किएका छन् । 

झडप गराउन संलग्न रहेको आरोपमा स्थानीय विरेन्द्र रोकाया, सूर्य रोकाया, धनराम रोकाया, कमल रोकाया, कल रोकाया र धर्म रोकायालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्याल्य प्रहरी उपरिक्षक सूर्य बहादुर बोगटीले जानकारी दिनु भएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!