वैशाख ३१, कालिकोट । नेत्रविक्रम चन्द विप्लब नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले कालिकोटको एक मतदान केन्द्र कब्जा गरेको छ ।
कम्युनिष्ट पार्टीका कार्यकर्ताले नरहरी गाउँपालिका–६ मा रहेको नन्दादेवी मावि सेरापाटन मतदान केन्द्रमा निर्वाचन अधिकृत तथा प्रहरीलाई घेरा हालेका छन् ।
उनीहरुले मतपेटिका आफूहरुलाई नदिए सुरक्षाकर्मी र मतदान अधिकृतसहित मतपत्र आगो लगाई दिने धम्कि दिएको जिल्ला प्रहरी कार्यालय जनाएको छ । उनीहरुले मतदान सकिएपछि ढुगां मुढा समेत गरेका थिए ।
ढुगांमुढाको प्रतिकार गर्दै प्रहरीले हवाई फायर गरेको थियो । नेपाल कम्यनिष्ट पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप हुँदा ४ जना सर्वसाधरण र दुई जना प्रहरी घाइते भएको बताइएको छ ।