दलसिंह गिरी | बैशाख ३१, कालिकोट | नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृह गाउ कालिकोटको मालकोटमा रहेको सेराप"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... दलसिंह गिरी | बैशाख ३१, कालिकोट | नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृह गाउ कालिकोटको मालकोटमा रहेको सेराप"/>
१७ पुष २०८१, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रकाण्डको गृह गाउमा मतपेटीका कब्जा

३१ बैशाख २०७४, आईतवार १५:३५

दलसिंह गिरी | बैशाख ३१, कालिकोट | नेपाल कम्युनिष्ट पार्टीका प्रबक्ता एवं सचिवालय सदस्य खड्क बहादुर विश्वकर्मा (प्रकाण्ड)को गृह गाउ कालिकोटको मालकोटमा रहेको सेरापाटा मतदान केन्द्रमा नेकपाले मतपेटीका कब्जा गरेका छन् । करिव ८ सय ७९ मतदाता रहेको नरहरीनाथ गाउपालिका वडा नं. ६ मा पर्ने नन्दादेवी मा.वि सेरापाटा केन्द्रमा आज दिनभर मतदान गरिएको मतपेटिका  विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिले अपरान्न ५ बजेपछि ढुंगामुडा गरी कब्जा गरेका हुन् ।

मतपेटिका कब्जाका लागि गरिएको ढुंगामुडाका कारण ४ जना सर्बसाधार र २ जना सुरक्षाकर्मी घाइते भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ । जिल्ला प्रहरीले दिएको जानकारी अनुसार आज दिनभर शान्तिपूर्ण तरिकाले मतदान भएपनि मतदान सकिए लगतै मतपेटीका सिलबन्दी गरेर नरहरीनाथ गाउपालिकाको केन्द्र कुमालगाउ आउनै लाग्दा नेकपाले गरेको ढुंगामुडामा भागदौड मच्चिएको र अहिले सबै कर्मचारी तथा सुरक्षाकर्मी सम्पर्कमा आइसकेको जनाइएको छ । 

यसैगरी कालिका गाउपालिका वडा नं. २ बालाचौर भर्ता मतदान केन्द्रमा पनि आज दिनभर विवाद भएको छ । विहान ७ बजेबाट मतदान सुरु भएको केन्द्रमा दिउसो १२ बजेसम्म शान्तिपूर्ण मतदान भै करिव ३ सय ५६ वटा मत खसिसकेपछि राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा माओवादी केन्द्र विच मत खसाल्ने विषयमा विवाद भएको हो । विवाद पछि मतदान तोडफोड भई साझ ५ बजे सम्म पनि मतदान हुन नसकेपछि जम्मा खसेको मतलाई सदरमानी मतदान सम्पन्न भएको मतदान अधिकृत इन्द्र प्रसाद न्यौपानेले जानकारी दिनु भएको छ । करिव ८ सय ४२ मतदाता रहेको केन्द्रमा मत खसाल्ने विषयमा विवाद भएको थियो । विवाद हुदा खसेका मतपत्रको अर्धकट्टी समेत हराएको र मतदान अधिकृतले हस्ताक्षर गरेको १ सय ३० मतपत्र हराए पनि पछि भेटिएको मतदान अधिकृत न्यौपानेले जानकारी दिनु भएको छ । आज दिनभरजसो विवाद रहेको बालाचौर मतदान केन्द्रको मतपेटीका भने भोलि विहान मात्र कालिका गाउपालिकाको केन्द्रमा लगिने जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्लाका कुल जम्मा १ सय ७ वटा मतदान केन्द्रहरु मध्य कतिपय केन्द्रहरुमा प्रभावकारी संचार नभएका कारण यथार्थ विवरण आइनसके पनि प्राय सबै मतदान केन्द्रमा शान्तिपूर्ण मतदान सम्पन्न भई करिव ७० देखि ८० प्रतिशत जति मत खसेको जिल्ला प्रशासन कार्यालय कालिकोटले अनुमान जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आजको मौसम, तराई र पहाडी भागमा हुस्सु र कुहिरो लाग्ने चितवनको रत्ननगरमा गैँडाको आक्रमणबाट एकको मृत्यु, पाँच घाइते विदेश पठाउँछु भनेर २४ लाख ठगेको आरोपमा एक महिलासहित दुई जना पक्राउ प्रहरी हौँ भन्दै किशोरीको अपहरण, दुई जना पक्राउ इजरायलमा पहिलो चरणमा १ हजार केयर गिभर लैजान स्वास्थ्य परीक्षण सुरु सूर्यदर्शन सहकारी प्रकरण : पहिलो दिनको थुनछेक बहस सकियो आमाको शोकमा विक्षिप्त बनेकी छोरीको पनि मृत्यु नेपालमा पहिलो पटक स्तन क्यान्सरको वंशाणुगत परीक्षण सफल परीक्षा बिग्रिएपछि एकै साथ तीन छात्राले गरे विष सेवन: एकको मृत्यु, २ जना घाइते आगामी निर्वाचनमा विप्लवको पार्टीले पनि भाग लिने, आयोगमा दल दर्ता गराउने निर्णय कांग्रेसको महाधिवेशन आम निर्वाचनपछि गर्नु उपयुक्त : शशांक कोइराला मोरङमा दाउरा लिन जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु मन्त्रिपरिषद्को बैठक बस्दै प्रदीप खड्का अभिनित चलचित्र ‘एक्टरः टेक वन’को पोस्टर सार्वजनिक सहकारी ठगी प्रकरणमा पक्राउ परेकाको बयान अन्तिम चरणमा, आजैबाट थुनछेक बहस २ लिटर पेट्रोलले केपी ओलीको आलोचना ! एसिया तथा इस्ट एसिया प्यासेफिक छनोट चरणमा‌ शीर्ष ३ मा परे नेपालले तेस्रो विश्व कप खेल्ने काठमाडौँमा मापसे गरी चलाएको तीव्र गतिको मोटरसाइकल बिजुलीको पोल ठोकिँदा एक युवकको मृत्यु काठमाडौँमा कोठाभित्र किशोरीको शव फेला: जबरजस्ती करणीपछि पोल खुल्ने डरले घाँटी थिचेर हत्या ओली प्रधानमन्त्री भए पनि नीतिगत निर्णय कांग्रेसले गरिरहेको छ: कृष्ण सिटौला