२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लाका २ गाउँपालिकामा माओवादि केन्द्र विजयी, हिमा गाँउपालिकामा एमाले ३ मतले पराजित

२०७४, २ जेष्ठ मंगलवार ०५:१३

नन्दराम जैशी | जेठ २, जुम्ला । जुम्लाको दुईवटा गाउँपालिमा नेकपा माओवादि केन्द्र विजयी भएको छ । जुम्लाका सात गाँउपालिका र एक नगरपालिकामा जारी मतगणना अनुसार जिल्लाको गोठिचौर र हिमा गाँउपालिकामा माओबादि केन्द्र विजयि भएको हो । जसमा गोठिचौर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादि केन्द्रले विजयी हासिल गरेको छ । गाउँपालिकाको प्रमुखमा माओवादि केन्द्रका हरिवहादुर भण्डारी र उपप्रमुखमा जानदेवि ऐडिले विजयी हासिल गर्नु भएको छ । विजयी भण्डारीले १५ सय ९६ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका क्षेत्र भण्डारीले १४ सय ६७ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोहनसागर बश्यालले जानकारी दिनुभयो । यसैगरि, जुम्लाको हिमा गाँउपालिकामा माओबादि केन्द्र विजयी भएको छ ।        

एमाले ३ मतले पराजित    

जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादीका राजबहादुर शाही र उपाध्यक्ष पदमा माओवादीकै हिमाली रोकाय विजयी हुनु भएको छ । शाहीले १३ सय १७ र रोकायले १३ सय २७ मत पाएको मुख्य निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले जानकारी दिनुभयो । नेकपा एमालेलाइ ३ मतले पछि पार्दै माओबादि केन्द्र विजयी भएको हो । विजयी शाहिका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका भैबहादुर रोकायाले १३ सय १४ मत प्राप्त गर्नुभएको छ ।    

त्यस्तै उप प्रमुखमा माओबादि केन्द्रकै हिमालि रोकायाले १३ सय २७ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी एमालेकि चुक्की शाहिले ११ सय ८५ मत ल्याउनु भएको छ । माओवादीले यसअघि जुम्लाकै गुठिचौर गाउँपालिकाको अध्यक्षमा पनि जित हात पारेको छ । गुठिचौर गाउँपालिकाको अध्यक्षमा माओवादीका हरिबहादुर भण्डारी विजयी भएका हुन् । माओवादी केन्द्र डोल्पाका मुड्केचुला र जगदुल्ला गाउँपालिकामा पनि विजयी भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित