५ माघ २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जुम्लाका २ गाउँपालिकामा माओवादि केन्द्र विजयी, हिमा गाँउपालिकामा एमाले ३ मतले पराजित

२ जेष्ठ २०७४, मंगलवार ०५:१३

नन्दराम जैशी | जेठ २, जुम्ला । जुम्लाको दुईवटा गाउँपालिमा नेकपा माओवादि केन्द्र विजयी भएको छ । जुम्लाका सात गाँउपालिका र एक नगरपालिकामा जारी मतगणना अनुसार जिल्लाको गोठिचौर र हिमा गाँउपालिकामा माओबादि केन्द्र विजयि भएको हो । जसमा गोठिचौर गाउँपालिकाको प्रमुख र उपप्रमुखमा माओवादि केन्द्रले विजयी हासिल गरेको छ । गाउँपालिकाको प्रमुखमा माओवादि केन्द्रका हरिवहादुर भण्डारी र उपप्रमुखमा जानदेवि ऐडिले विजयी हासिल गर्नु भएको छ । विजयी भण्डारीले १५ सय ९६ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका क्षेत्र भण्डारीले १४ सय ६७ मत प्राप्त गरेको निर्वाचन अधिकृत मोहनसागर बश्यालले जानकारी दिनुभयो । यसैगरि, जुम्लाको हिमा गाँउपालिकामा माओबादि केन्द्र विजयी भएको छ ।        

एमाले ३ मतले पराजित    

जुम्लाको हिमा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्ष पदमा माओवादीका राजबहादुर शाही र उपाध्यक्ष पदमा माओवादीकै हिमाली रोकाय विजयी हुनु भएको छ । शाहीले १३ सय १७ र रोकायले १३ सय २७ मत पाएको मुख्य निर्वाचन अधिकृत रुद्रप्रसाद आचार्यले जानकारी दिनुभयो । नेकपा एमालेलाइ ३ मतले पछि पार्दै माओबादि केन्द्र विजयी भएको हो । विजयी शाहिका निकटतम प्रतिद्धन्दी नेकपा एमालेका भैबहादुर रोकायाले १३ सय १४ मत प्राप्त गर्नुभएको छ ।    

त्यस्तै उप प्रमुखमा माओबादि केन्द्रकै हिमालि रोकायाले १३ सय २७ मत ल्याएर विजयी हुनु भएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी एमालेकि चुक्की शाहिले ११ सय ८५ मत ल्याउनु भएको छ । माओवादीले यसअघि जुम्लाकै गुठिचौर गाउँपालिकाको अध्यक्षमा पनि जित हात पारेको छ । गुठिचौर गाउँपालिकाको अध्यक्षमा माओवादीका हरिबहादुर भण्डारी विजयी भएका हुन् । माओवादी केन्द्र डोल्पाका मुड्केचुला र जगदुल्ला गाउँपालिकामा पनि विजयी भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या मानसिक सन्तुलन गुमाएका युवकद्वारा आमाको हत्या कांग्रेसलाई एकढिक्का बनाएर अगाडि लैजान्छौँः सभापति थापा छतबाट खसेर वृद्धाको मृत्यु ग्रीनल्याण्ड राष्ट्रिय सुरक्षाका लागि महत्वपूर्ण : राष्ट्रपति ट्रम्प सामाजिक विकासका लागि ३३ वटा संस्थाहरूबाट प्रस्ताव पेस काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै रवि लामिछानेको मुद्दा फिर्ता गर्नेे निर्णयमा बारको आपत्ति भूकम्पलगायत विपद्बाट हुनसक्ने क्षति न्यूनीकरण गर्न एकढिक्का भएर लाग्न गृहमन्त्रीको आह्वान केन्द्रीय कार्यसमितिको अधिकार मिचेर गरिएको भेलालाई आयोगले वैधता दिनेछैन– कार्यवाहक सभापति खड्का बैंक लुटपाटमा संलग्न सात जना पक्राउ चीन–क्यानाडा सम्बन्ध सुधारको सङ्केत मन्त्री चौलागाईंसँग जापानी राजदूतको भेटवार्ता