2026-09-14 11:49 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हुम्लामा माओवादी केन्द्र १ र एमाले १ ठाउँमा विजयी

वडा पालिकामा माओवादी केन्द्रको अग्रता

रेशम राज रोकाया | हुम्लाका ७ वटा गाउँपालिका मध्ये ६ वटा गाउँपालिकामा तिव्र गतीमा मतगणना जारी रहेको छ । हाल सम्म गणना भएको मतमा ताँजाकोट गाउँपालिकामा माओवादी केन्द्रको प्रमूख बाघदल छत्याल र उपप्रमूख मञ्जु बुढा विजयी भएका छन् । सोही पालिकाको वडा नं. १ मा माओवादी केन्द्रको अध्यक्ष विरमान खड्काको पुरा प्यानल विजयी भएको छ भने नेपाली काँग्रेसका अध्यक्ष अजमल बुढा सदस्य एमालेका विजयी भएका छन् । वडा नं. ३, ४, ५ मा सबै माओवादी केन्द्रका प्यानलनै विजयी भएका छन् ।

उता एमालेले पनि विजयी उद्घाटन गरेको छ । जिल्लाको दक्षिणी भेग अदानचुली गाउँ.पालिकामा गाउँपालिका प्रमूखमा दल रावल र उपप्रमूखमा सौमती ऐडी विजयी हुनु भएको छ । सोही गाउँपालिकाको वडा नं. १ मा माोवादी केन्द्रका रग थापाको पुरै प्यानल, २ मा एमालेको दल बुढाको पुरै प्यानल, ३ मा एमालेको अध्यक्ष दत्त विष्टको पुरै प्यानल, ४ मा माओवादी केन्द्रका विष्ण्ु थापाको पुरै प्यानल विजयी भएका छन् । त्यसै गरी सिमिकोट गाउँपालिकाको वडा नं. १ मा नेपाली काँग्रेसका तारा ब. लामा सहित १ सदस्य माओवादी, ३ सदस्य एमालेले विजयी भएको छ । २ नं. मा भने माओवादीका नर भण्डारी विजयी हुनु भएको छ । उता वडा नं. ४ मा काँग्रेसका कृष्ण रोकायाको पुरै प्यानल, ५ मा स्वतन्त्र उम्मेद्वार छविचन्द्र लामा, माओवादी सदस्य १, स्वतन्त्र सदस्य १ र काँग्रेस २ सदस्य, वडा नं. ६ मा जयचन्द्र रोकाया माओवादी केन्द्रका विजयी भएका छन् । गाउँपालिका प्रमूखमा अहिले काँग्रेसका पदम लामाले अग्रता लिईरहनु भएको छ हाल साविक सिमिकोट गाविसका वडा, ठेहे  बरगाउँको वडामा मतगणना सकिएको छ, डाँडाफया र स्याँडा २ साविक गाविसको मतगणना बाँकी रहेको छ । अघि राती साढे ९ बजे सम्मको मत अनुसार नेपाली काँग्रेसका पदम लामा १००४, नेकपा एमालेका नर ब. रोकायाको ७२८, माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीको ६३० मत रहेको छ ।

त्यसै गरी जिल्लाको मध्य भागको सर्केगाड गाउँपालिकामा वडा नं. ८ मा माओवादी केन्द्रका ट्यारे रोकायाको पुरै प्यानल, ४ मा एमालेका बलवीर थापा, ५ मा स्वतन्त्र उम्मेद्वार विजयी भएका छन् भने गाउँपालिकाको प्रमूखमा माओवादी केन्द्रका कृष्ण रोकाया र उपप्रमूखमा एमालेका जोशी धामीको अग्रता कायम रहेको छ । 

चंखेली गाउँपालिकाकामा वडा नं. १ मा माओवादी केन्द्रका नन्द ब. बोहोरा अध्यक्षमा विजयी भएका छन्  भने गाउँपालिका अन्तरगत माओवादी केन्द्रले अग्रता लिएको छ । जिल्लाका वडा अनि गाउँपालिकामा विजयी उम्मेद्वारले विजयी र्याली निकाली रहेको छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ